काठमाडौं,
लेवननमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सैनिकहरुलाई पठाउने गरिएको छ ।
युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेवनन (युएनएफआइएल), लेवननमा रहेको ईन्द्रध्वज गण (शान्ति सेना) ६५ औँ डफ्फा फर्किएको छ । भने उनीहरुको सट्टामा सेनानी सुमन सिलवालको नेतृत्वमा श्री सबुज गण (शान्ति सेना) ६६ औँ डफ्फाका १९३ जना नेपाली शान्ति सैनिकहरूको टोली ३ चैत सोमबार लेवननतर्फ प्रस्थान गरेका छन् ।
आफ्नो कार्यकाल सम्पन्न गरी ६५ औँ डफ्फामा कार्यरत प्रमुख सेनानी अर्जुन विक्रम थापा नेतृत्वको १९३ जना शान्ति सैनिकहरू सोमबार नै स्वदेश फर्किएका छन् । स्वदेश फिर्ता भएका थिए । लेवनन शान्ति मिसनमा नेपाली सेनाबाट डेपुटी फोर्स कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र एकवटा गण गरी कुल ८७६ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
Discussion about this post