esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

फरक समुदायबीच तनाव उत्पन्न भएपछि वीरगञ्जमा कर्फ्यु

ईसनेश ईसनेश
प्रकाशित २०८१ चैत्र ३०, शनिबार २१:४८ बजे
फरक समुदायबीच तनाव उत्पन्न भएपछि वीरगञ्जमा कर्फ्यु
0
SHARES
0
VIEWS

वीरगञ्ज,
स्थानीय प्रशासनले वीरगञ्जको शहरी क्षेत्रमा  आदेश जारी गरेको छ । शनिबार बेलुकी ७.३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

पूर्वमा वीरगञ्ज–१५ भेडियाही चोक, उत्तरमा वडा नं १४ गण्डक चोक,पश्चिममा वडा नं २५ सिर्सिया पुल र दक्षिणमा वडा नं १६ शंकराचार्य गेट गरी चार किल्ला तोकेर कफ्र्यू लगाइएको छ । सो सीमाना भित्र आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने प्रजिअ अर्याल जारी कर्फ्युआदेशमा उल्लेख छ ।

प्रशासनद्वारा जारी कर्फ्यु आदेश

अत्यावश्यक काम परेको खण्डमा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै निस्कन प्रशासनले सूचना मार्फत आग्रह गरेको छ । सूचनामा सम्पर्क गर्नका लागि अधिकारीहरुको नम्बर पनि सार्वजनिक गरिएको छ ।

छपकैयाको इदगाह चोकमा शनिबार बेलुकी ८ बजेसम्म प्रहरी र स्थानीयबीच झडप जारी थियो । स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि नेपाली सेना परिचालन समेत गरेको छ । ‘बेलुकीसम्म स्थिती नियन्त्रणमा नआएपछि कर्फ्युलगाउनुपर्ने बाध्यता आयो, अब नेपाली सेनाले पनि गस्ती गर्छ, स्थिती नियन्त्रणमा आउन थालेको छ ।’ प्रजिअ अर्यालले भने ।
बेलुकी ८ बजेसमम प्रहरीले दुई राउण्ड हवाई फायर र १ सय ३० राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

अपरान्ह भएको झडपका क्रममा प्रहरी र स्थानीय गरी ४० जना घाइते भएका छन् । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रसिंह सहित २५ जना सुरक्षाकर्मी घाइते छन् ।

प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । घाइतेहरुको वीरगञ्जको नारायणी अस्पताल र अन्य निजी अस्पतालहरुमा उपचार भइरहेको छ ।

के भएको थियो घटना ?

शनिबार हिन्दु परिषद नेपालले अपरान्ह हनुमान जन्मोत्सवको अवसरमा वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । शोभायात्रामा बाजागाजा सहित सयौं भक्तजनहरु पहेंलो बस्त्रमा सहभागी थिए । नगर परिक्रमाको क्रममा छपकैयामा पुगेपछि दुई फरक धार्मिक समुदायबीच झडप भएको थियो । छपकैया मुस्लिम समुदायको बाहुल्य भएको क्षेत्र हो ।
छपकैयाको श्रीरामहल नजिक पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

आक्रोशित भिडले छपकैयाका दुुई वटा बिरियानी हाउस, केहि मासु पसल, एउटा औषधि पसल तथा निजी घरमा तोडफोड गेको थियो ।

बिरयानी हाउसका फर्निचर, फ्रिज, चुल्हो, काउण्टरको फर्नीचर लगायतका सामान सडकमा ल्याएर आगजनी गरेका थिए । ८ वटा भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको थियो ।

स्थिति तनावपूर्ण भएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन प्रयास गरेका थिए । झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज, अश्रु ग्यास प्रहार गर्नुको साथै हवाई फायर समेत गर्नुपरेको थियो ।

प्रजिअ अर्यालका अनुसार, घण्टाघर चोकबाट निस्किएको शोभायात्रा छपकैया स्थित श्रीराम हल नजिक पुग्दासम्म सौहार्दपूर्ण नै थियो । त्यहाँ शोभायात्रामा सहभभागी एक जनाले बोकेको जय श्रीरामको झण्डा एक अपरिचित युवाले खोसेपछि विवाद सुरु भएको थियो । त्यसपछि तनाव बढ्न गई दुई समुदायबिच झडप भएको र स्थिती तनावग्रस्त बन्न पुगेको अर्यालले बताए ।

दुवै धर्ममा आस्था राख्ने धार्मिक अगुवाहरुले संयमित हुन सामाजिक सञ्जाल मार्फत अपिल गरिरहेका छन् ।

तस्वीरहरु : Madhes Khabar फेसबुक पेजबाट साभार गरिएको हो ।

Previous Post

काठमाडौंमा कस्तो आयो कक्षा ८ को नतिजा ?

Next Post

वीरगञ्जमा फरक धार्मिक समुदायबीच सदभाव कायम राख्न आग्रह

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.