esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

वीरगञ्जमा फरक धार्मिक समुदायबीच सदभाव कायम राख्न आग्रह

घटनाको छानवीन गरी दोषीलाई कारबाही गर्ने, घाईतेको निःशुल्क उपचार गरिने

ईसनेश ईसनेश
प्रकाशित २०८१ चैत्र ३१, आईतवार २०:५५ बजे
वीरगञ्जमा फरक धार्मिक समुदायबीच सदभाव कायम राख्न आग्रह
0
SHARES
0
VIEWS

वीरगञ्ज
३० चैत शनिबार वीरगञ्ज महानगरपालिकामा हनुमान जयन्तीको शोभायात्राका क्रममा फरक धार्मिक समुदायबीच झडप भयो । झडपका क्रममा २५ जना सुरक्षाकर्मी र केहि सर्वसाधरण घाईते भएका छन् । प्रहरीले सर्वसाधरण तर्फका घाईतेको यकिन विवरण संकलन भइनसकेको जनाएको छ ।

स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि शनिबार बेलुका साढे ७ बजेदेखि लगाएको कर्फ्यु आईतबार मध्यरातसम्मका लागि कायम छ । कर्फ्यु लगाउनु अघि र लगाइसकेपछि गरेर स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर सहित ११ राउण्ड गोली (रबरको गोली समेत) र १ सय ४९ राउण्ड अश्रुग्यास प्रयोग भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

विद्यमान असहज परिस्थितिका सन्दर्भमा जिल्ला सुरक्षा समिति पर्साले आईतबार पर्सामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनीधिको उपस्थितिमा सर्बदलीय सर्वपक्षीय बैठक गरेको छ ।

बैठकले शनिबारको घटना बारे विस्तृत छानविन/अनुसन्धान गरी संलग्न दोषीहरु माथि कानूनी कारबाही गर्ने, घटनामा घाइते भएका व्यक्तिहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने, घटनाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने लगायत पाँच बुँदे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

तर बैशाख १ र २ गते सार्वजनिक विदा परेकोले ३ गतेबाट मात्रै अनुभूति हुनेगरि कानूनी कारबाहीको दायरामा ल्याउन सकिने उनको भनाई छ । ‘ २४ घण्टा भित्र दोषी पत्ता लगाएर कारबाही गर्नुपर्ने जोडदार माग साथीहरुबाट आएको थियो । एक तहको अल्टिमेटमकै रुपमा कुरा लिएर आउनुभएको थियो, आज कर्फ्यु को समय, त्यो पनि कार्यालय समय सकिएको छ, भोलि र पर्सी सार्वजनिक विदा छ, तीन गतेको दिनमा सबैलाई अनुभूति हुनेगरि कारबाहीको दायरामा ल्याउँछौं ।’ उनले भने ।

झडपका क्रममा प्रदर्शनकारीहरुले केहि मोटरसाईकलम आगजनी गर्नुको साथै छपकैयामा सञ्चालित दुईवटा विरयानी हाउसमा तोडफोड समेत गरेका थिए ।

पर्सा जिल्लाका क्रियाशिल राजनीतिक दलसँगको छलफल पछि सुरक्षा समितिले कार्यक्रम आयोजना गर्ने पक्ष र मुस्लिम समुदायका अगुवासँग पनि छलफल गरेको थियो । तर प्रशासनले बोलाएकै छलफलमा एक अर्कालाई गाली गलौज गरेको भन्दै केहिबेर तनावको वातावरण सृजना भएको थियो ।

‘सबै मिलेर समाजको सदभाव र सहिष्णुता बचाइराख्नुपर्छ । धार्मिक र साम्प्रदायिक मन मुटावलाई अगाडि बढाउन हुँदैन, भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’ प्रजिअ अर्यालले भने, ‘ कप्र्यूको अवस्था छिटो छिटो हटिदिए हुन्थ्यो भन्ने छ, सहमत छौं, अवस्था लम्ब्याईराखौं भन्नेमा छैनौं ,के गर्न सकिन्छ ? छिटो भन्दा छिटो प्रक्रियागत हिसाबले टुंगोमा पु¥याउँछौं ।’

त्यसैगरि बैठकले अन्तर धार्मिक/साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रही शान्ति सुरक्षाको प्रत्याभूतिमा सहयोग पु¥याउने, धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियार प्रदर्शन नगर्ने, सो गरेमा कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

साथै पर्सा जिल्लामा संचालित सबै धार्मिक संघ संस्था तथा तत् तत् संस्थाबाट संचालित विद्यालय/मदरसा इत्यादीको सुक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारवाहीको दायरामा ल्याउने निर्णय पनि बैठकमा भएको निर्णय सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रजिअ अर्यालले जानकारी गराए ।

कारबाही गर्ने निर्णय सार्वजनिक गर्दै दोषीलाई उम्कन समय दिएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रजिअ अर्यालले दोषीलाई उम्कन नदिने बताए । ‘देशका विभिन्न भागमा भएका घटना देखेका छौं।, घटनामा तत्काल पक्राउ नपरेका मानिसहरु, समय क्रममा कानूनी कठघरामा आएको देखेका छौं हामी धर्ती र भूगोलका मानिस हौं ।’ उनले भने, ‘एक दिन दुई दिन त कानूनको नजरमा बाहिर होला, हामी कानून कार्यान्वयन गर्ने मान्छे, कोही एक दुई दिन भेटिएन भन्दैमा अपराधिक दायित्वबाट उन्मुक्ति हुन दिँदैनौ ।’

वीरगञ्जको घण्टाघरबाट निकालिएको शोभायात्रा छपकैयामा पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो । मुस्लिम समुदायले झण्डा खोसेको, ¥यालीमा ढुंगा हानेको आरोप शोभायात्रा निकाल्ने पक्षको छ । मुस्लिम समुदायले त्यसको खण्डन गरेको छ । धार्मिक कार्यक्रममको नाममा छपकैयामा मस्जिदको अगाडि मोटरसाईकल अशोभनीय ढंगले चलाएको, झण्डा बोकेर मुस्लिम समुदायको बस्तीतिर पसेको, गाली गलौज गर्नुको साथै चिढ्याउने कार्य भएको उनीहरुको भनाई छ ।

यसअघि धार्मिक कार्यक्रम ¥याली आयोजना गर्दा मकालु चोकबाटै फर्काउने सहमति भएपनि प्रशासनको रोहबरमै छपकैयामा लगेर चिढ्याउने, गाली गलौज गर्ने काम भएको मुस्लिम अगुवाहरुले बताएका छन् ।

प्रहरीले भने घटनाको विषयमा सुक्ष्म ढंगले छानवीन भइरहेको जनाएको छ । प्रहरी उपरीक्षक मिश्रका अनुसार शोभयात्राका क्रममा खिचिएको ड्रोन र सिसिटिभी फुटेज अध्ययन भइरहेको छ । ‘कसैले झण्डा खोसेको भनेका छन्, कसैले मस्जिद भित्रबाट ढुंगा हानेको दावी गरेका छन्, विभिन्न कोणबाट कुराहरु आएका छन् ।’ उनले भने, ‘ हामीले घटनाबारे सुक्ष्म ढंगले अध्ययन गरिरहेका छौं । दोषीलाई कारबाहीको दायरामा ल्याउँछौं, यस्ता घटना दोहोरिन नदिन लागि परेका छौं ।’

Previous Post

फरक समुदायबीच तनाव उत्पन्न भएपछि वीरगञ्जमा कर्फ्यु

Next Post

नेपालीको भान्छामा आयोडिन बढी भएको नुन

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.