esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

पूँजीमा सहयोग गरिदिए किसान विचौलियाबाट ठगिनुपर्ने थिएन

राजकुमार स्याङ्तान, अध्यक्ष हिमाली देवीटार कृषि सहकारी संस्था, राक्सिराङ्ग

ईसनेश ईसनेश
प्रकाशित २०८२ जेष्ठ ९, बिहीबार १३:१८ बजे
पूँजीमा सहयोग गरिदिए किसान विचौलियाबाट ठगिनुपर्ने थिएन
0
SHARES
0
VIEWS

सोचेजस्तो ऋण परिचालन गर्न सक्दा अझै राम्रो हुन्थ्यो । यहाँ उत्पादन भएको चिज यहि खरिद गरेर ब्राण्डिङ गरेर बिक्रि गर्न सकिन्थ्यो गाउँपालिका अध्यक्षले संकलन केन्द्र उद्घाटन गर्दै गर्दा राक्सिराङको सामाग्रीको ब्राण्ड बनाउनुपर्छ भनेर आश्वासन दिनुभएको छ । कतिसम्म कार्यान्वयन होला नहोला उहाँ नै जान्नुहुन्छ । तर हामीले आफ्नोतर्फबाट प्रयास र पहल गरिरहेका छौं ।

मुलुक संघियतामा गएपछि स्थानीय सरकार गठन भयो । स्थानीय सरकारले गाउँको विकासमा नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रयास स्वरुप टोल विकास संस्थाहरु गठन गरे । मकवानपुरको विकट गाउँपालिका राक्सिराङ्ग गाउँपालिकाले पनि ०७४ को निर्वाचनपछि टोल विकास संस्थाहरु स्थापना गरेको थियो । त्यसै मध्येको एउटा टोल विकास संस्था अहिले कृषि सहकारीमा परिणत भएको छ । १ सय रुपैयाँ मासिक बचतबाट सुरु भएको समूह सहकारी संस्थामा परिणत भएर अहिले लाखको हिसाब राख्छ । सिमान्तकृत समुदायका लागि काम गर्ने उद्देश्य बोकेर गाउँ छिरेको एउटा गैरसरकारी संस्थाको प्रयासले यो संभव भएको हो । नागरिकको घरदैलोको सरकारलाई होस्टेमा हैंसे गर्न र सिमान्तकृत समुदायको मानव अधिकारको पैरवी गर्न पुगेको थियो राष्ट्रिय जनवकालत मञ्च (नाफान) । नाफानको पहल, सहयोग र उत्प्रेरणाले जन्मिएको हो, राक्सिराङ्ग–८ स्थित हिमाली देवीटार कृषि सहकारी संस्था । सोही संस्थाका अध्ययक्ष राजकुमार स्याङ्तानसँग पत्रकार सुरेश बिडारीले गरेको कुराकानीको संपादित अंश ।

कृषि सहकारी स्थापना कसरी गर्नुभयो ?

सुरुमा समूह बनाएका थियौं, स्थानीय सरकार आएपछि टोल विकास संस्था दर्ता गरियो । मासिक १ सय रुपैयाँ बचत गरिरहेक थियौं । राष्ट्रिय जनवकालत मञ्च (नाफान) संस्था जोडिन आयो । कृषि सहकारी संस्थाको रुपमा दर्ता गरौं भनेर भन्नुभयो । टोल विकास संस्थामा भएको बचतलाई नै शेयरमा रुपान्तरण गरेका थियौं । ०७६ कात्तिक २४ गते, एक वर्ष समय लगाएर दर्ता गर्न सक्यौं, कृषि सहकारी संस्था सञ्चालन गरिरहेका छौं । सुरुमा ५१ जना शेयर सदस्यबाट संस्था सुरु गरेको अहिले ९८ जना सदस्य पुगेका छन् ।

कृषि सहकारी मार्फत के–कस्तो काम भईरहेको छ ?

गाउँपालिकाबाट तरकारीको बिउहरु ल्यायौंं, किसानलाई दियौं । उनीहरुले करेसाबारीमा लगाए । व्यवसायिक रुपमा उत्पादन गर्न नसकेपनि घरमा खानका लागि तरकारी भएको छ । बानी परेपछि किसान आफैंले बिउ खोजेर तरकारी लगाउन थालेका छन् ।

माछाको भुरा, विषादी छर्ने पम्पहरु लगायत पालिकाले अनुदानमा वितरण गर्ने सामाग्री ल्याएर गाउँपालिकामा पहुँच नभएका किसानलाई वितरण गरिराखेका छौं । बचत संकलन र ऋण परिचालन पनि गरिरहेका छौं । मास, गहत, मस्याङ कोदो, फापर जस्ता रैथाने उत्पादन संकलन गरेर गाउँपालिकाले सञ्चालन गरेकोे हाट बजार र काठमाडौंसम्म बिक्रि गरिरहेका छौं । शेयर सदस्यसँग मात्रै नभएर आवश्यकता अनुसार संस्था बाहिरका किसानसँग पनि खरिद गरेर बिक्रि गर्ने गरेका छौं ।

नाफान संस्थाका सरहरुले सिकाएपछि नै रैथाने उत्पादनलाई प्याकेजिङ गरेर बिक्रि गर्न थालेका हौं । चिउरीको फूल फुल्ने सिजनमा सहकारी मार्फत मह संकलन गरेर पनि बिक्रि गरेका थियौं । चिउरीको मह ७ सय रुपैयाँ प्रतिकिलोमा किसानसँग खरिद गरेर ८ सयमा सहकारी मार्फत गाउँ बाहिर बिक्रि गर्ने गरेका छौं । किसानले मनहरी लगायत नजिकको बजारमा लगेर बिक्रि गर्दा ४/५ सय रुपैयाँमा बिक्रि गर्नुपर्ने बाध्यता हुन्छ ।

५१ जना शेयर सदस्यसँग ५१ हजार रुपैयाँ संकलन गरेर सहकारी स्थापना गरेका थियौं । हाल ३ लाख ५२ हजार जति बचत र शेयर छ । गाउँपालिकाको ८ लाख रुपैयाँ अनुदानमा संकलन केन्द्र भवन बनेको छ । सहकारीकै नाममा २ लाख रुपैयाँको धान कुट्ने, मकै पिस्ने मिल छ । कोदो थ्रेसर, प्लाष्टिकमा प्याकिङ गर्ने र र बोरा सिलाउने मेसिन सहकारीसँग छ ।

पहुँच नपुग्ने, गाउँपालिकासम्म जान अप्ठेरो हुने, गएर कुरा राख्न नसक्नेहरुलाई सहयोग गर्छौ, निवेदनहरु संकलन गरेर बुझाईदिन्छौं । शेयर सदस्य र वडा नं ८ का किसानलाई नेपाल सरकारले अनुदानमा वितरण गर्ने रासायनिक मल गाउँपालिका मार्फत लिएर सहुलियत दरमा वितरण गरिराखेका छौं ।

२०८१ बैशाखबाट साल्ट ट्रेडिङको डिलर लिएर मल वितरण थालेका हौं । मल बितरण गर्दा थोरै मुनाफा हुन्छ । साल्ट ट्रेडिङमा डिलर लिए वापत ५० हजार रुपैयाँ धितो छ । साल्ट ट्रेडिङबाट तीन पटक कारोबार गर्दा, १०५ बोरा युरिया र २१५ बोरा डिएपी, कृषि सामाग्री केन्द्रबाट ५० बोरा युरिया र १४० बोरा डिएपी मल वितरण गरिसकेका छौं ।

सोचेजस्तो ऋण परिचालन गर्न सकेको छैन । त्यो गर्न सक्दा अझै राम्रो हुन्थ्यो । यहाँ उत्पादन भएको चिज यहि खरिद गरेर ब्राण्डिङ गरेर बिक्रि गर्न सकिन्थ्यो गाउँपालिका अध्यक्षले संकलन केन्द्र उद्घाटन गर्दै गर्दा राक्सिराङको सामाग्रीको ब्राण्ड बनाउनुपर्छ भनेर आश्वासन दिनुभएको छ । कतिसम्म कार्यान्वयन होला नहोला उहाँ नै जान्नुहुन्छ । तर हामीले आफ्नोतर्फबाट प्रयास र पहल गरिरहेका छौं ।

सहकारी संस्थाको आगामी लक्ष्य के छ ?

यहाँ उत्पादन भएको चिज बिक्रिका लागि बजारसम्म जान नपरोस, किसानले दुःख नपाउन भन्ने हो । संघ संस्था र पालिकाले संस्थालाई ऋण उपलब्ध गराउने वा पूँजीमा सहयोग गरिदिन्थे भने किसान विचौलियाबाट ठगिनुपर्ने थिएन । बिचौलियाको भाउ भन्दापनि किसानको लागत हेरेर मूल्य निर्धारण गर्न सकिन्थ्यो । किसानको जिविकोेपार्जनमा सहयोग पुग्थ्यो, आर्थिक स्तर उकास्न मद्दत मिल्थ्यो । त्यसैमा लागि परेका छौं । पालिकाले उत्पादित वस्तुको समर्थन मुल्य तोक्नुपर्छ । बजार लगिसकेपछि बजारको मान्छेले ‘ल्याएको समान फर्काएर लाने हैनन्, हामीले जति मुल्य दिएपनि हुन्छ ।’ भन्ने जस्तो व्यवहार गर्छन । व्यापारी हुन् वा ग्राहक मनलाग्दी मूल्य तोकिदिन्छन् । किसान सँधै मारमा ।

हामीकहाँ खशी बोका उत्पादन हुन्छ, कहाँ लैजाने त भन्दा मनहरी । तर त्यहाँ ठग्छन् । यसबारेमा पालिकालाई पटक पटक जानकारी गराएका छौ । न समर्थन मुल्य तोकिदिन्छन्, न बजार नै खोजिदिएका छन् । बजार खोजिदिए राम्रो हुन्थ्या ।

पालिकाले सञ्चालन गर्ने हाटमा खशीबोका बिक्रि हुँदैन, थोरै मात्रामा स्थानीय उत्पादन बिक्रि भइरहेको छ । मह, मास, गहत, मस्याङ, मकैको पिठो, कोदोको पिठो, साग तरुल, गुन्द्रुक लगायत रैथाने बाली बिक्रि हुन्छ । व्यक्तिगत र सहकारी मार्फत दुवै तरिकाले जाने गरेका छौं ।
सदस्यले सहकारीबाट लगेको ऋण के गर्नमा प्रयोग गर्छन् ?

तरकारीको बिउ खरिद गर्न लैजान्छन् । आर्थिक अवस्था कमजोर भएका कारण धेरै किसानले व्यवसायिक तरकारी खेती गर्न नसकेको अवस्था छ । किसानलाई उकास्न पहिला लगानीको बन्दोबस्त गरिदिनुपर्ने रहेछ । बाख्रा पालन गर्दा पहिला लगानी नै चाहिन्छ, उत्पादन बिक्रि भएपछि मात्रै आम्दानी हुने हो ।

दाना वा अन्नमा लगानी गर्न नसकेपछि घाँस मात्रै दिएर बाख्रा पालन फष्टाउँदैन भन्ने व्यक्तिगत अनुभव छ । गाउँपालिका र संघसंस्थाले कृषि कर्जासँग जोडिदिए किसानको आर्थिक अवस्था माथि उठ्ने थियो । सहकारीलाई ऋण दिए यसैबाट परिचालन गर्न सकिन्थ्यो । अहिले संस्थाले दिने गरेको, २/५ हजार रुपैयाँले के नै गर्न सकिन्छ र ?

कृषि सहकारीमा नाफान संस्थाको योगदान के छ ?

टोल विकास सस्थालाई सहकारी बनाउने सल्लाह नाफान संस्थाका सरहरुले नै दिनुभएको हो । सहकारी गठन गर्ने भनेर निर्णय भएपछि पालिकामा ऐन नभएका कारण दर्ता गर्नकै लागि एक वर्ष कुर्नुप¥यो । दर्ता गरे लगत्तै नाफानले महिला पुरुषलाई छु्ट्टा छुट्टै नेतृत्व विकास तालिम दियो । सदस्यहरुलाई कुखुरा, बाख्रा पालनका लागि तालिम र चल्ला दिए । व्यवसाय गर्न आवश्यक पर्ने खोर बनाउन, आरन मर्मत गर्न भनेर कसैलाई सिमेन्ट त कसैलाई जस्तापाता उपलब्ध गराए । बंगुरको पाठापाठी दिए ।

करेसाबारीमा तरकारी रोप्नुपर्छ, तरकारी किनेर हैन, आफैंले उत्पादन गरेर खानुपर्छ भनेर सिकाए, बिउ बेर्ना दिए । अहिले धेरैले त्यसै गरिरहेका छन् । सहकारीलाई बिउ पूँजीको रुपमा ५० हजार रुपैयाँ मिलेको थियो । बाख्रा पालनका लागि बयर जातको बोका, राक्सिराङ्ग रैथाने उत्पादन ब्रान्डिङका लागि स्टिकर सहयोग गरे ।

अब गाउँपालिका तथा गैरसरकारी संस्थाले के कस्तो सहयोग गरिदिउन भन्ने तपाईहरुको अपेक्षा छ ?

किसानले उत्पादन गरेको रैथाने बाली उठाउन अलि मोटो पूँजी चाहिएको छ । सहयोग नै दिन पर्दैन, ऋणकै रुपमा दिएपनि वा उपलब्ध गराईदिए सहज हुन्छ । अहिलेसम्म गाउँघरको रैथाने उत्पादनलाई केलाएर प्याकेट बनाउँछौं । ब्रान्डिङ गर्ने तालिम पाए, अझैराम्रोसँग ब्रान्डिङ गरेर काठमाण्डौं, पोखरा बुटवल पठाउन सकिन्थ्यो कि ?

Tags: राक्सिराङ्ग गाउँपालिकाराष्ट्रिय जनवकालत मञ्च नाफानरैथाने उत्पादनहिमाली देवीटार कृषि सहकारी संस्था
Previous Post

सामुहिक प्रयासले फेरियो ठाडेचुरीको मुहार

Next Post

गीतकार भूसालका सन्देशमूलक दुई गीत सार्वजनिक

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.