इसनेश
गीतकार डा. भीष्मकुमार भूसालका दुईवटा गीत सार्वजनिक भएका छन् । नेपाल सरकारका सहसचिव समेत रहेका भूसालका ‘स्वर्ग यहिं लुकेको छ’ र ‘थरिथरि पात झरे’ दुई गीत सार्वजनिक भएका हुन् । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते गीत सार्वजनिक गरिएका थिए । उनको जन्म पनि सोही दिन भएको हो ।
“स्वर्ग यहीं लुकेको छ“ ले देशप्रेमको भावना बोकेको छ भने “थरिथरि पात झरे“ बोलको गीतले ज्येष्ठ नागरिकको भावना एवं जीवन पस्किएको छ ।
‘स्वर्ग यहीँ लुकेको छ’ बोलको गीत’ गणतन्त्र दिवसको उपलक्ष्यमा टुँडिखेलमा आयोजित कार्यक्रममा तीन वटै सुरक्षा निकायका कलाकारहरूबाट नृत्य प्रस्तुत भएको थियो। गणतन्त्र दिवसको समारोहमा बजेको पहिलो गीत नै त्यहि रहेको भूसालले जानकारी दिए ।
‘स्वर्ग यहीँ लुकेको छ’ बोलको गीतमा स्वरूप राज आचार्य, रूपा गुरुङ, अन्जली राई र रमिला मगरले स्वर दिएका छन् । गैरे सुरेशको सङ्गीत रहेको गीतले नेपाल बनाउने देवदूत अरु कोही हैन, हामी प्रत्येक नेपाली हौं भन्ने भावना व्यक्त गरेको छ । राष्ट्र निर्माण जुटेर देशलाई स्वर्ग जस्तै सुन्दर बनाउन प्रेरणा दिन्छ ।
रामकृष्ण ढकालको स्वर रहेको “थरिथरि पात झरे” बोलको गीतले वृद्धावस्थामा हुने मनोदशालाई प्रस्तुत गरेको छ । यसमा बिबि अनुरागीको एरेन्जमा उत्तम पौडेलको सङ्गीत छ । बुढो भइन्छ भन्ने कुरालाई मनन गरेर ज्येष्ठ नागरिकलाई दुःखी हुन नदिन उनीहरूलाई साथ दिनुपर्ने गहन सन्देश गीतमा समावेश छ ।
यसअघि उनले “वाचा“, “यो प्रण“, “अब उठ जाग“, “उड्ने चरी“ बोलका गीत रेकर्ड गराएका थिए । डा. भूसालका सिर्जना सन्देश र प्रेरणाले भरिएका हुन्छन् । उनका सबै जागरण लोकप्रीय पनि छन् । उनले वीरगञ्ज महानगरपालिकामा १० महिना प्रमुख प्रशासकीय अधिकृत भएर जिम्मेवारी निर्वाह गरेका थिए ।
पडकाष्टमा चर्चा सुन्न तल सामाग्री छ ल, यो विभिन्न AI Tools को प्रयोग गरेर तयार पारिएको पडकाष्ट हो ।
गीत हेर्न र सुन्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस
थरिथरि पात झरे
https://www.youtube.com/watch?v=CcldYaygPHc
स्वर्ग यहीं लुकेको छ
Discussion about this post