वीरगञ्ज,
वीरगञ्जमा राष्ट्रिय खोप कार्यक्रम, सरसफाई प्रवर्ध्दनको समिक्षा तथा सुक्ष्म योजना अध्यावधिक गोष्ठी सुरु भएको छ । गाभी, विश्व स्वास्थ्य संगठन र युनिसेफको सहयोगमा क्लासिक बैंक्वेटमा गोष्ठी अयोजना गरिएको हो ।
स्वास्थ्य कार्यालय पर्साको आयोजनामा सञ्चालित गोष्ठी दुई दिनसम्म चल्नेछ । गाभी, विश्व स्वास्थ्य संगठन र युनिसेफको सहयोगमा आयोजित गोष्ठीमा पर्सा जिल्लाको १४ वटै पालिकाका स्वास्थ्यकर्मी सहभागी छन् ।
गोष्ठीमा सहभागीलाई राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य, उद्देश्य, रणनीति, उपलब्धी र चुनौति बारे जानकारी गराउने, राष्ट्रिय खोप कार्यक्रममा उपलब्ध खोपहरु, तालिका, प्रयोग बिधि र खोपबाट बचाउन सकिने रोगहरु बारे अध्यावधिक जानकारी गराउने, खोप कोल्डचेन व्यवस्थापन, खोप सामाग्री र सेसन व्यवस्थापन एवं गुणस्तरीय खोप सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुको ज्ञान सीपको विकास गर्ने साथै भूमिका र जिम्मेवारी बारे जानकारी र महशुस गराउने गोष्ठीको उद्देश्य छ ।
खोप सेवा सुदृढीकरणमा सुक्ष्मयोजनाको महत्व, प्रकृया, जिम्मेवारीबारे जानकारी गराउने, खोप लगाउन छुटेका नानीबाबुको पहिचान, पूर्णखोप घोषणा र दिगोपना, यसको प्रक्रिया तथा भूमिकाको बारेमा बताउने, नियमित खोप कार्यक्रमसँगै सरसफाई प्रबद्र्धन कार्यक्रमको महत्व बारे जानकारी गराउने, खोप सेसनमा सरसफाई सेसन संचालन गर्ने सिप तथा क्षमताको विकास गराउने, ए.ई.एफ.आई र त्यसको व्यवस्थापन, भि.पि.डी.सर्भिलेन्स सम्बन्धि जनाकारी दिने, खोप ऐन र नियमावलीमा भएका व्यवस्थाबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउन गोष्ठी आयोजना गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । गोष्ठी पछि सहभागीहरु सूक्ष्म योजना अध्यावधिक गर्न सक्षम हुने उनले बताए ।
‘ राष्ट्रिय खोप कार्यक्रम प्राथमिकताको कार्यक्रम हो, नियमित खोप कार्यक्रमलाई अझ सबल र प्रभावकारी बाउन गोष्ठी आयोजना गरेका हौं ।’ उनले भने, ‘ लक्षित बालबालिकाको लागि वर्षभरी आवश्यक पर्ने खोप तथा खोपजन्य सामाग्री वडा तहबाट नै माग गर्नका लागि सक्षम हुनेछन् ।’
गोष्ठीमा सरसफाई प्रवद्र्धन कार्यक्रम कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा पनि छलफल हुने जनस्वास्थ्य निरीक्षक ठाकुर बताउँछन् ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झाको अध्यक्षतामा गोष्ठी सुरु भएको थियो ।
Discussion about this post