esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

प्रत्यारोपणका लागि आवश्यक सामाग्री सरकारी फार्मेसीमै व्यवस्था गर्न परिपत्र

ईसनेश ईसनेश
प्रकाशित २०८२ जेष्ठ २७, सोमबार १४:२० बजे
नवीकरण नगराएका स्वास्थ्य संस्थालाई कारबाही गरिने
0
SHARES
0
VIEWS

काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी लगायत विभिन्न विरामीको प्रत्यारोपण तथा उपचारमा आवश्यक पर्ने सामाग्री तथा औषधि अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ ।

निजी व्यवसायीले मनपरी मूल्यमा बिक्री गरिरहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चासो दिएको हो । सरकारी फार्मेसीमा ती सामाग्री उपलब्ध नहुने र मूल्य विवरण समेत सार्वजनिक नहुने हुँदा नागरिकले महँगो मूल्यमा खरिद गर्नु परिरहेको छ । नयाँ आर्थिक वर्षबाट शल्यक्रियापछि आवश्यक पर्ने सामाग्री अस्पतालकै फार्मेसीमा उपलब्ध गराउन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निर्देशन दिएका थिए ।

अब अस्पतालमा सबैले देख्ने स्थानमा मूल्य सार्वजनिक गर्नुपर्ने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरी सचिवस्तरीय निर्णय गरेर परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

साथै बिक्रेताहरुलाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुनै रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक विक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले पत्राचार गरेको छ ।
मन्त्रालयले बिरामीको गुनासो आउने वातावरण आउन नदिन समेत पत्रमार्फत अस्पतालहरुलाई सचेत गराएको छ ।

Previous Post

वीरगञ्जमा राष्ट्रिय खोप कार्यक्रम, सरसफाई प्रवर्ध्दनको समिक्षा तथा सुक्ष्म योजना अध्यावधिक गोष्ठी सुरु

Next Post

नियमित खोप अभियानमा पालिकाको लापरबाही : हचुवामा खोप माग्दै, फिर्ता गर्दै ।

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.