esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

वीरगञ्जमा २५ युनिट भन्दा बढी रगत संकलन गर्नेलाई सम्मान

ईसनेश ईसनेश
प्रकाशित २०८२ जेष्ठ ३२, शनिबार २३:५२ बजे
वीरगञ्जमा २५ युनिट भन्दा बढी रगत संकलन गर्नेलाई सम्मान
0
SHARES
0
VIEWS

वीरगञ्ज,
वीरगञ्जमा २५ युनिट भन्दा बढी रगत संकलन गर्ने संघ संस्था र व्यक्तिलाई सम्मान गरिएको छ । विश्व रक्तदाता दिवसको अवसरमा ब्लड डानर्स एसोसियसन पर्साले २०८१ बैशाखदेखि चैतसम्म रगत संकलन गर्ने १६१ संघ संस्था र व्यक्तिलाई सम्मान गरेको हो ।

वीरगञ्ज, कलैया, जीतपुर, सिमरा र आसपासका क्षेत्रमा रक्तदान कार्यक्रम गरेर रगत संकलन गर्ने गरिएको छ । रक्तदाताबाट त्यसरी संकलन गरिएको रगत रक्तसञ्चार केन्द्र वीरगञ्जमा राखेर वितरण गर्ने गरिएको छ ।

होटल मकालुमा शनिबार आयोजित सम्मान कार्यक्रममा १ हजार १ सय ९ युनिट रगत संकलन गर्ने तेरापंथ युवा परिषद लगायतका संघ संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । घडिअर्वा स्पोर्टस क्लब, वर्ड लिंक कम्युनिकेसन, श्रीराम अस्पताल, आदर्श बाल विकास आधारभूत विद्यालय, वीरगञ्ज युवा समाज, प्रहरी चौकी इनर्वा, महालक्ष्मी विकास बैंक, श्रीपुर, दुर्गा पुजा समिति, रानीघाट, सञ्जु साह, परवानीपुर, वीरगञ्ज हेल्थ केयर हस्पिटल, लायन्स क्लब अफ वीरगञ्ज, एलएस न्युरो हस्पिटल लगायतलाई सम्मान गरिएको एसोसियसनका सचिव अरविन्द सिंहले जानकारी दिए ।

त्यसै अवसरमा रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएको समयमा आकस्मिक रक्तदान कार्यक्रम गर्ने संघ संस्था र व्यक्तिलाई पनि सम्मान गरिएको थियो । परवानीपुर गाउँपालिका, वीरगञ्ज कारागार,प्रभु अस्पताल, भोलेन्टियर समूह, वीरगञ्ज, जिल्ला प्रहरी कार्यालय पर्सा, स्वतन्त्र विद्यार्थी युनियन, ठाकुरराम बहुमुखी क्याम्पस लगायतले आकस्मिक रक्तदान गरेका थिए ।

केन्द्रमा रगतको अभाव भएको अवस्थामा विभिन्न संघ संस्थालाई आग्रह गरेर रक्तदान गराउने गरिएको छ, आकस्मिक अवस्थामा कतिपय मानवीयताको धनी व्यक्तिले केन्द्रमै पुगेर पनि रगत दिने गरेका छन् । संकलित रगत ३५ दिनभित्र प्रयोग गरिसक्नुपर्छ । केन्द्रमा दैनिक ७० देखि ८० युुुुुुुुुुनिटसम्म रगत खपत हुने गरेको छ ।

रक्तदान महादान

कार्यक्रममा बोल्ने वक्ताहरुले रक्तदान महादान भएको बताएका छन् । रगतको अभाव हुन नदिन सबै सरोकारवाला लागि पर्नुपर्नेमा जोड दिएका छन् ।
सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले रगत लिने बेलामा मानिसले जात नसोध्ने गरेको बताए । ‘रक्तदान जीवनदान हो, रगत लिने बेलामा को कस्तो हो कसैले हेर्दैनन् ।’ उनले भने ।

सखुवाप्रसौनी गाउँपालिकाले १ लाख ५० हजार छुट्याएर पालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । अध्यक्ष यादवले रगत दान गर्न सचेतना जगाउनका लागि १ लाख रुपैयाँ छुट्याउने घोषणा समेत गरे । परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेलले सबै पालिकाले रक्तदानमा सहयोग गरे रगतको अभाव नहुने बताए ।

‘रक्तदानलाई लिएर जनचेतनाको अभाव छ, रगत दिन मानिसले हतपत मान्दैनन्, सचेतना जगाउनुपर्छ ।’ अध्यक्ष पटेलले भने ।
परवानीपुरले पनि तीन वर्षदेखि पालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं ३ ले पनि ५० हजार छुट्याएर वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । रक्तसञ्चार केन्द्रलाई डेढ टनको एसी सहयोग गर्ने आश्वासन वडा अध्यक्ष बैजुलाल स्वर्णकारले दिएको रक्तसञ्चार केन्द्रका राजन श्रीवास्तवले जानकारी दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले रक्तदान जस्तो पुण्यको काम अरु नभएको बताए । ‘दिनेलाई घाटा छैन, लिनको ज्यान बच्छ, रगतको अर्को विकल्प पनि छैन ।’ उनले भने, ‘ रगतदान पछि जोगाएर राख्नु र सही तरिकाले वितरण गर्नु महत्वपूर्ण हो ।’

रक्तदान कार्यक्रमका लागि स्रोतको कमी हुनु नपर्ने बताउँदै अध्यक्ष गौतमले रगतलाई सुरक्षित भण्डारण गर्न आवश्यक सहयोग जुटाउने आश्वासन दिए । ब्लड डोनर्स एशोसियसन पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Previous Post

नियमित खोप अभियानमा पालिकाको लापरबाही : हचुवामा खोप माग्दै, फिर्ता गर्दै ।

Next Post

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.