esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

मधेशका यी एकल महिला जो संघर्ष र मेहनतले स्थापित छन्

रंजित यादव रंजित यादव
प्रकाशित २०८० कार्तिक १९, आईतवार १३:३१ बजे
मधेशका यी एकल महिला जो संघर्ष र मेहनतले स्थापित छन्
3
SHARES
3
VIEWS

वीरगन्ज । पहिले पहिले एकल महिला भन्ने बित्तिकै श्रीमान बितेपछिको एक्लो जिवन बिताइरहेको भन्ने बुझ्ने गरिन्थ्यो। समयको परिवर्तनसँगै एकल महिलाको दायरा फराकिलो भएको छ। अहिले सम्बन्ध विच्छेद हुनु, श्रीमान बेपत्ता हुनु, अलग बस्नु तथा ३५ वर्ष माथिका अविवाहित महिलालाई एकल महिला भन्ने गरिन्छ।  समाजमा अझैपनि पुरुषको साथ र सहयोग बिना महिलाले केही गर्न सक्छन र? भन्नेहरु पनि छन्। तर मधेश प्रदेशका केही एकल महिला आफ्नो संघर्ष र मेहनतले यसरी स्थापित भएका छन्।

राजनीतिक मोहले एकल जीवन

शान्ति कार्की मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको पूर्व उपमेयर हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी उपमेयरमा निर्वाचित भइन। सबैभन्दा जेष्ठ नागरिकका रुपमा उपमेयरमा निर्वाचित भएपछि उनको चर्चा बढ्यो। राजनीतिक मोहले गर्दा आजीवन एकल बसेकी ९२ वर्षिया कार्कीसँग कठोर संघर्ष र विद्रोह झलेको अनुभव छ। बीरगंजमा  जन्मिएकी कार्की कक्षा ८ मा पढ्दादेखि राजनीतिमा लागिन।  पढ्दा बेला देखि नै ख्याल ख्यलामै राजनीतिक यात्रा सुरु गरिन।

त्यसबेला राजनीतिमा लागेका व्यक्तिले अनेकन कष्ट सहनुप¥र्थाे। घरको एक सदस्य राजनीतिमा लागेको छ भने पुरै परिवार र आफन्तलाई राणाहरुले निकै दुःख दिन्थे।  जसकारण समाजमा पनि इज्जत हुदैनथ्यो। सम्पन्न परिवारमा जन्मिए पनि राजनीतिमा लागेकै  कारण कार्की आफ्नो घर परिवारबाट बहिस्कृत भइन। त्यो सम्झदा कार्की भन्छिन्, ‘जेल जानुभन्दा बढि कष्ट हुन्छ परिवारले बहिस्कार गर्दा।’ एक्लो ज्यान लिएर साथी भाईको सहयोगमा १८ वर्षको उमेरमा उनी बिराटनगर पुगिन्। त्यहाँ सिपाहीहरुलाई पढाएर जीवीका चलाइन। र, एसएलसी पनि पूरा गरिन।

विराटनगरको बसाई सकेर उनी फेरी वीरगञ्ज आइन। कार्कीले आफ्नो पार्टीका नेताहरुका लागि तरुण दल नामको पत्रिका ओसार्ने र भागेका नेता तथा कार्यकर्तालाई सिमा पारि पुर्‍याउने काम पनि गरिन। वीरगञ्जबाट भारतको सिमावर्ति शहर रक्सौल एक्लै पैदल जानुपर्‍थ्र्याे। कहिले विधवा बनेर,कहिले थारु समुदायको भेष बनाएर ठाउँ ठाउँमा अनेकन रुप बदलेर खेत खेल हुँदै भनेको ठाउँ सम्म पुर्‍याउने काम पनि कार्कीले गरिन।

एकल भए पनि स्थानीय भाषा भेषभुषाले उनलाई राजनीतिमा स्थानीयको अपनत्व मिल्दै गयो। भोजपुरी, हिन्दी र नेपालीको राम्रो ज्ञान भएकोले उनलाई राजनीति गर्न सहज भयो। गाउँ गाउँमा बिरोध कार्यक्रम हुँदा अनेकन दुःख कष्ट सहेर पुग्नु परेको उनी सुनाउँछिन्।

‘ट्रकमा रहेका सामानको बीचमा बोरा भित्र लुक्नुपर्ने,पक्राउ परेमा कहिले जंगलमा छोडिदिने नजरबन्दमा राख्ने जस्तो यातना सहनुपर्ने।’ त्यसबेलाको पिटाईको कारण पिठ्युको हड्डि निस्केर कुप्रो परेर हिड्ने परेको उनको भनाइ छ। साथिभाईको बच्चाको मुख हेरेर पनि आफू अरुको लागि पनि जेल परेको कार्की बताउँछिन्।

कार्कीको कहिल्यै आफ्नो घर भएन। तर पनि निरन्तर राजनीतिमा सक्रिय भइन। ८८ वर्षको उमेरमा सर्वाधिक भोटले वीरगञ्ज महानगरको उपमेयर बन्ने मौका पाइन। उपमेयर हुदाँ पनि गाडी चढ्ने, महंगो मोबाईल बोक्ने, महंगा साडी लगाउने, सुन लगाउने घरमा काम गर्ने मान्छे राखिनन्। कार्की भन्छिन् “म आफै जमिन्दार खानदानकी छोरी हुँ। म त जनताको सेवाको लागि घर त्यागेर हिडेको महिला हुँ। मलाई केही चहिदैन म जनताको सेवक हुँ।”

शरीर कमजोर हुँदै गएपछि अहिले उनी आफन्तको घर मै बस्छिन्। आपूmमा निर्धक्कका साथ निर्णय लिनु नै सबै भन्दा ठूलो तागत रहेको कार्कीको भनाई छ। बिहान ४ बजे उठ्ने, गहवा माई मन्दिरमा पूजा गरेर मन्दिरको छेउको चिया पसलमा चिया खाने खुवाउने अहिले उनको दैनिकी बनेको छ। उनले सबैले दिदीको नजरले सम्मान गर्छन्।

महिलाले चाहे हर कार्य सम्भव  

ओमकुमारी शर्मा ३६ वर्षकी थिइन्। त्यही बेला श्रीमानको निधन भयो। सम्हालिएर उनले आफ्नो कामलाई अघि बढाइन। छोराछोरीलाई उचित शिक्षा दिने मात्र होइन, यतिबेला उनी व्यूटी पार्लर सञ्चालक र समाजसेवीको रुपमा परिचित छिन्।

सर्लाहिको बरथवामा जन्मिएकी शर्माका विवाह नेपालगञ्जमा भयो। ठूलो दाईको घर विरगञ्ज भएकाले उनी र उनका श्रीमानले कार्यस्थल वीरगञ्जलाई बनाए। सुरुमा नीजि विद्यालय चलाए। नीजि विद्यालय घाटामा गएपछि बन्द गरे। घरको आर्थीक अवस्था कमजोर हुदै गएपछि शर्माले अर्काे नीजि विद्यालयमा पढाउन थालिन। पारिश्रमिक बढाउन नमानेपछि त्यहाँ पनि छोडिन। श्रीमानको आम्दानी पर्याप्त थिएन। व्यवहार चलाउन पनि केही न केही गर्नै पर्ने थियो। शर्माले सौन्दर्य पेशालाई आफ्नो व्यवसाय बनाउने निधो गरिन। साथीहरुसंग सापटि लिएर पहिले तालिम लिइन्। कानमा लगाएको झुम्का बिक्री गरेर पार्लर व्यवसाय सुरु गरिन। पछि  कामहरु बढाउँदै  लगिन। उनी भन्छिन–‘विवाहलगायत समारोहहरूमा दुलही सजावटको कार्यले व्यावसाय राम्रो हुँदै गयो।’

२०७२ सालमा उनको पारिवारिक जीवनमा बज्रपात पर्‍यो। श्रीमान्को निधन पछि अचानक दुई सन्तान र घरव्यवहारको सम्पूर्ण जिम्मेवारी उनको एकल काँधमा आइपर्‍यो।

दुई जनाले चलाउदै आएको परिवार अचानक एक जनाको काधमा आउदा जिवन संघर्षपूर्ण नै बन्छ। पतिको देहावसानको खबर सुनेर आफन्तजन वीरगंज आउनेक्रम जारी थियो। म किरियापुत्री बसेकी थिएँ। नानाथरीका शब्द र स्वरहरू कानमा ठोकिन्थ्यो। केहिले अर्को बिहे गर्ने सम्मको सुझाव दिए। छोरी कक्षा १२ र छोरा कक्षा १० अध्ययनरत थिए। एक दिन छोरीले भनी, ‘मामु, सबैको कुरा सुन्नुहोला, तर भविष्यको लागि जुन निर्णय उचित हुन्छ, त्यही गर्नुहोला।’

उनले एकल जीवन अघि बढाइन। विभिन्न परिस्थितिसँग जुध्दै गरिन। स्नातकोत्तरतह पढाएर छोरीको गत वर्ष विवाह गरिदिइन। छोरीज्वाइ अमेरिका बस्छन्। छोरा भारतको बैंगलोरमा जागीर गर्दै ग्राफिक्स डिजाइन पढदै छन्। करिव तीन दशकअघि बरहथवाको सरकारी विद्यालयमा जिल्लास्तरीय नृत्य प्रतियोगितामा नृत्य गरिरहेको बेला लडेपछि उनी शारीरिक रुपमा कमजोर बनिन्। तै पनि व्युटीपार्लर र समाज सेवामा सक्रिय हुँदैछिन्।  

उनी वीरगंजस्थित मानवसेवा आश्रममा समय मिलाएर जाने गर्छिन। ‘चाडपर्वमा आम जनजीवन रमाइरहेको बेला आश्रममा आबद्ध हामी सेवाकर्मीहरू उद्धार कार्यमा संलग्न रहन्छौं, राति राति सडकपेटीमा भएकाहरुको उद्धारमा जाने गर्छौ, चाडपर्वको अवसरमा आश्रमका आमा तथा दिदीबहिनीहरूलाई हामी सौन्दर्यकर्मीहरूको समूहले शृङ्गार, मेहदी लगाइदिएर सेवाको आनन्द प्राप्त गछौं।’ एकल, असहाय र अपाङ्ग महिलाहरूका लागि निःशुल्क सौन्दर्यकर्मीको तालीम दिने गरेकी छिन्।

कुनै बेला बेरोजगारीको जिवन बिताएकी शर्मा अहिले उनी संगै तालीम लिएर पाँच÷छ जना महिला स्वरोजगार भएको प्रति उनी खुशी व्यक्त गर्छिन। उनले एकल महिलाले पनि राम्रोसंग सन्तानको पालन पोषण गरेर सक्षम बनाएको उदहारण आफ्नै दिने गर्छिन। महिलाले चाहे हर कार्य सम्भव हुने उनको भनाइ छ।

कठिन परिस्थितले महिलालाई आत्मनिर्भर बनाउछ  

उषा झाले, गृहणीको सिपलाई व्यवशायमा परिणत गरेर दुई सन्तानको पालन पोषण गरिन। सोचे जस्तो जिवन हुन्न र कठिन परिस्थितमा हाम्रो सिपले जिउन सिकाउछ भन्ने कुरा झाको जिवनीबाट सिक्न सकिन्छ।

झा विवाह हुनु भन्दा पहिला जागिरे थिइन्। एसएलसी दिएपछि ०५६ सालमा सिद्दार्थ मा.वि.मा पढाउथिन। झाको बुवा निजी कम्पनीमा काम गर्थे। माइती घरको तुलनामा श्रीमानको घर धेरै धनी थियो। केटी पढेलेखेको राम्रो भन्दै बिना दाईजो विवाह भयो। पुरानो कुरा सम्झदै उनी भन्छिन, ‘म स्कुल पढ्ने बेलादेखि नै घरमा भन्थे दाइजो दिने परिवारमा विवाह गर्दिन, मैले सोचे कै जस्तो कुरा भएपछि म खुशि थिए तर केटाको भनाइ थियो विवाह गरेपनि पछि जागिर गर्नु पर्दैन। म सर्त मान्न तयार भएँ किनभने विवाह बिना दाइजोको हुँदै थियो।’

१९ वर्षको उमेरमा उनको विवाह भयो। जागिर छुटेपछि उनी पूर्णरुपमा गृहणी भइन। श्रीमान र दुई छोराहरुसँग सुखद जीवन बिताउँदै थिइन। अचानक दास्रो चरणको कोरोनाले श्रीमानलाई लग्यो।

झा आजको संघर्ष र विगतका दिन सम्झदै भन्छिन्, “मैले जागिर नगर्ने प्रस्ताव नमानेका भए म अहिल स्थायी शिक्षिका हुन्थे तर त्यसबेला होस पुगेन सोचे परिवार सम्पन्न छ काम नगरेपनि हुन्छ, तर समय सोचे जस्तो हुदैन्, म संगैका धेरै साथीहरु सिद्यार्थ स्कुलमा स्थायी शिक्षक छन् निरन्तर विद्यालयमा पढाएको भए म पनि अहिले स्थायी शिक्षिका हुन्थे।”

परिवारको एक सदस्य मरे पुरै परिवार नै मर्ने गरेको भोगाइ उनको छ। मानसिक रुपमा विक्षिप्त बनेको अवस्थामा आफ्नो भन्ने नै सबैभन्दा पहिला टाढा हुने त्यसपछि एकल संघर्षको सुरुवात हुने झाको भनाइ छ। एकल भएपछि अचानक आएको जिम्मेवारीमा श्रीमान घरबाट कुनै साथ सहयोग नपाएको उनी बताउँछिन्।  

नाम चलेको घरको बुहारी भएपछि आफ्नो एकल जिवनको समस्या कतै भन्न पनि गाह्रो हुनेको उनको भनाइ छ। ‘डिप्रेशनमा गएको बेला ५ महिना पुरै थला परे जिउ सुन्निएर आफैलाइ चिन्न गाह्रो हुने अवस्था थियो, एकदिन म आफै उठे र आफूलाई सम्हाल्ने कोशिस गरे पहिलो पटक एक्लै घर बाट बाहिर निस्कने आट गरे,उनले भनीन्, ‘भारतिय दुतावासको मार्फत नेपाली विद्यार्थीका लागी भारत छात्रवृति मार्फत पढ्न जाने फर्म भर्ने खुलेको थियो त्यसबेला उसको सबै कागजात वीरगञ्जको दुतावासमा बिना कुनै सोर्स पेश गरे र थप दौडधुपका लागी छोरा र भाइलाई लिएर काठमाडौं हिडे।’

अहिले कान्छो छोरा भारतको उत्तराखण्डको एपिएस आर्मी स्कुलमा अध्ययनरत छ। नेपाल भारत सरकारका सम्झौता अनुसार अन्य विद्यार्थीको सहर उनको छोरा निशुल्क शिक्षा हासिल गर्दैछ। जेठो छोरा काठमाडौंको केन्द्रिय विद्यालयमा नाम निकाल्न सफल भएपछि उनले आफ्नो गहना बेचेर छोराको भर्ना गराइन्।

महिला कुनै पनि परिस्थितिले एकल भएपछि यहाँ रोजगारिको नाममा ठग्नेहरुको कमी नरहेको उनको भनाइ छ। साथीहरुको सुझाव अनुसार अचार, आलु चिप्स, कुविन्डोको मासको दालको अदौरी, तिसौरी बनाउन थालीन्। वर्षौ देखी बुहारीको रुपमा घर परिवारलाई बनाएर खुवाउदै आएको परम्परागत कुरालाई व्यवसायमा परिणत गरिन् र बजारिकणको लागी समूहका महिला साथीहरुको सहयोग लिइन्। उनले महिनामा १५ हजार रुपैयाँसम्म कमाउन थालिन। त्यसपछि उनको आम्दानीको मात्रा बढदै गएको छ। कुनै बेला घर भित्रबाट बाहिर निस्कन डराउने झा अहिले पढदै गरेका सानो छोरा भेट्न भारत पुग्छिन् भने जेठो छोरा भेट्न काठमाडौं।

खुशी हुनका लागी जरुरी छैन पुरुष नै चाहिन्छ

‘विवाह हुने वित्तकै मलाई पढाईको लागि अष्ट्रेलिया जाने कुरा आयो, श्रीमानले पनि भने तिमी पढ्नका लागि जाउँ तर श्रीमान प्रति धेरै माया भएकाले एक्लै छोड्नै सकिन। श्रीमानको खुशीको लागी होटेलको ऋण चुक्ता गर्न मैले आफ्नो गहना, दाइजो देखी बिस्तरा समेत बेचे तर केही सम्बन्ध जति जोड्न खोजे पनि टाढियो’ यो भनाइ हो, ४२ वर्षिय बबिता श्रेष्ठको।

उनी पेशाले सरकारी विद्यालयकी शिक्षिका हुन्। श्रीमानसंग सम्बन्ध बिच्छेद भएर एकल बसेको ४ वर्ष भयो। माइतमा आमाबुवा बितिसकेका छन्। दिदी बहिनीको सहयोग र शिक्षण पेशाले गर्दा एकल जीवनमा पनि उनी दृढ विश्वासका साथ अघि बढिरहेकी छिन्। बबिता विवाह हुनु र एस.एल.सि दिनु भन्दा अघि ०५७ साल देखि नै निजी विद्यालयको शिक्षिका थिइन्। ०६४ सालमा उनी राहतको दरबन्दीमा पिप्रा सरकारी विद्यालयको निमाविमा तहको शिक्षिका भइन्। ८ सय रुपैयाँमा पढाउन सुरु गरेकी बबिताले अहिले मासिक ३५ हजारको तलब पाउछिन्।

०६४ सालमा मागी विवाह भएको र एक दशकपछि सम्बन्धमा बिश्वास हराउँदै गएपछि टाढिएर बसेको श्रेष्ठ बताउछिन्। बबिताका दुई छोरा भएपनि निमोनियले गर्दा बिते ।

श्रीमानसँग अलग र सन्तान नभएपनि बबिताका लागि पढाइ र जागिर सहारा बनेका छन्। समस्याहरु नआएका होइन तर पनि ती समस्याहरुलाई पन्छाउँदै अघि बढेरहेकी छिन्। शिक्षा सम्बन्धी नयाँ विधेयकले गर्दा लोकसेवाको तयारीमा लागेकी छिन्। उनी भन्छिन–‘सिलाइ कटाइ तथा व्यूटीसियन कोर्समा डिप्लोमा गरेकाले जस्तोसुकै परिस्थिति आएपनि सामना गर्न तयार छु।’

अशिक्षित भन्दा पनि शिक्षित वर्ग नै एकल महिलाको पीडा नबुझ्ने गरेको उनको भोगाई छ। अरुले के भन्छन भन्दा पनि आफूले के गरिन्छ भन्नेलाई उनी महत्व दिन्छिन् ।

( विमला गुप्ता द्वारा नागरिक दैनिकमा प्रकाशित )

Previous Post

समस्यामा महिलाः नागरिकता प्राप्तिमा ऐन अझै बाधक

Next Post

मुद्दा घट्दै र क्षमता गुमाउँदै – वीरगञ्ज महानरपालिका न्यायिक समिति

रंजित यादव

रंजित यादव

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.