esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्दै सरकार

गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन

ईसनेश ईसनेश
प्रकाशित २०८० कार्तिक २०, सोमबार २०:३६ बजे
गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्दै सरकार
13
SHARES
15
VIEWS

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ ।

टोलीले गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्यताका बारेमा अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा पनि बनाउन सकिन्छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो ।

कार्यदलले काम शुरु गरेको एक महिना भित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा. महतले निर्देशन दिएका छन् । अर्थमन्त्री डा. महतले आर्थिक वर्ष २०८०–८१ को बजेटमा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ – औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिनेछ ।’

गाँजा एउटा वनस्पति हो । एउटै भेट्नुमा चार–पाँचवटा लामा–लामा पात लाग्छ । खैरो रङको झुरुप्प फूल फुल्छ । सिलामका जस्तै दाना लाग्छ । तर यसको सेवनले मात लाग्छ । फल–पात सबै पिँधेर नशाका रूपमा प्रयोग गर्ने पनि चलन छ । चरेस बनाउन छिप्प्याएर चोप भेला गरिन्छ । सुर्ती वा कक्कडमा मिसाएर चिलिम पनि तान्ने गरिन्छ । यसलाई शिवबुटी; भाङ भनेर पनि चिनिन्छ ।

 

Tags: गाँजा खेतीनेपाल सरकार
Previous Post

वीरगञ्ज गोल्डकप : पुलिस क्लब सेमीफाइनलमा

Next Post

दैश दौडाहामा योजना आयोग

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.