esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

प्रथम वीरगञ्ज गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

फाइनल प्रवेशका लागि संकटासँग भिड्ने

ईसनेश ईसनेश
प्रकाशित २०८० कार्तिक २१, मंगलवार १८:५५ बजे
प्रथम वीरगञ्ज गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा
40
SHARES
47
VIEWS

वीरगञ्ज । त्रिभुवन आर्मी क्लब, वीरगञ्जमा जारी ‘प्रथम वीरगञ्ज गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा झापा एफसीलाई २–० गोल अन्तरले पराजित गर्दैै सेमिफाइनलको यात्रा तय गरेको हो । योसँगै गोल्डकपमा सेमिफाइन चरणका लागि टिमको समीकरण पुरा भएको छ ।

यसअघि एफसीआइ नर्थ जोन फुटबल टिम नोडिया, भारतलाई हराउँदै आयोजक भेट्रान्स सिटी क्लब वीरगञ्ज, चर्च बोइज युनाइटेडलाई हराउँदै संकटा क्लब, सीलाइभ हाउस डम–डम कलकत्तालाई हराउँदै नेपाल पुलिसले सेमिफाइनल चरणका लागि स्थान सुरक्षित गरिसकेका छन् ।

आदर्शनगर खेल मैदानमा भएको खेलको पहिलो हाफमा त्रिभुवन आर्मी क्लबले १ गोल गरेको थियो । भने दोस्रो हाफमा थप एक गोल गरेर आर्मी विजयी बन्यो ।

खेल शुरुभएदेखि नै दवाव बनाएको आर्मीका ७ नं जर्सीका खेलाडी निरज कुमार साहले ७ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । एफसीका खेलाडीले खेल लयमा फर्काउन कोशिश गरेपनि सफल हुन सकेन ।

एफसीले केहि खेलाडी परिवर्तन गरेर आर्मीलाई दवाव दिने रणनीति अपनाएको थियो । ६१ औ मिनेटमा त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर ३६ का खेलाडी फत्तेमान घलेले अर्को गोल प्रहार गरेर गोल अन्तर २–० बनाए ।


एफसीका खेलाडीले पटक पटक पोष्टमा प्रहार गरेपनि सान्त्वना गोल समेत गर्न सकेनन् । मंगलबारको म्यान अफ दी म्याच त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर ३६ का खेलाडी फत्तेमान घले घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा बुधबार हुने पहिलो सेमिफाईनल खेलमा आयोजक भेट्रान सिटि क्लब वीरगञ्ज र नेपाल पुलिस क्लब बीच प्रतिश्पर्धा हुने बरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।

शनिबारदेखि जारी प्रतियोगीता मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको हो । प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगद सहित प्रमाणपत्र र सिल्ड तथा मेडल पाउनेछन् ।

विधागत तर्फ उत्कृष्ट हुने खेलाडी जनही २० हजार र प्रतियोगिताकै सर्वोत्कृट खेलाडीलाई नगद ५० हजार नगद पुरस्कार प्रदान गरीने आयोजकले जनाएको छ ।

Tags: त्रिभुवन आर्मी क्लबप्रथम वीरगञ्ज गोल्डकप
Previous Post

दैश दौडाहामा योजना आयोग

Next Post

वीरगञ्ज गोल्डकप : पुलिस क्लब बन्यो उपाधी दावेदार

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.