esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

वीरगञ्ज गोल्डकप : पुलिस क्लब बन्यो उपाधी दावेदार

ईसनेश ईसनेश
प्रकाशित २०८० कार्तिक २२, बुधबार १९:५४ बजे
वीरगञ्ज गोल्डकप : पुलिस क्लब बन्यो उपाधी दावेदार
34
SHARES
40
VIEWS

दुई बलियो टिमबीचको खेल शुरुदेखि नै रोमाञ्चक बनेको थियो । दुवै टिमका खेलाडीले पटक पटक गोल गर्ने प्रयास गरेपनि असफल भयो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछी सडन डेथबाट नतिजा निस्किएको हो ।

वीरगञ्ज ।, नेपाल पुलिस क्लब, वीरगञ्जको आदर्शनगर मैदानमा जारी ‘प्रथम वीरगञ्ज गोल्डकप’ फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आयोजक भेट्रान सिटि क्लब वीरगञ्जलाई सडन डेथमा पराजित गर्दै पुलिस उपाधी दावेदार बनेको हो ।

दुई बलियो टिमबीचको खेल शुरुदेखि नै रोमाञ्चक बनेको थियो । दुवै टिमका खेलाडीले पटक पटक गोल गर्ने प्रयास गरेपनि असफल भयो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछी सडन डेथबाट नतिजा निस्किएको हो ।

टाइब्रेकरमा  पुलिस क्लबको तर्फबाट हानेको ५ पेनाल्टी मध्ये ३ वटा बल गोल र २ वटा किपरले रोकेका थिए । जर्सी नम्बर १६ का खेलाडी उज्जवल राई, जर्सी नम्बर ८ का खेलाडी प्रताप गुरुङ्ग र जर्सी नम्बर ३ का खेलाडी पृथ्वी चौधरीले हानेको बलले मात्रै जाली चुम्न सफल भयो । जर्सी नम्बर ७ का रामचन्द्र वाजे र जर्सी नम्बर ३० का बुद्ध तामाङ्गले हानेको बल वीरगञ्जका गोल किपरले रोके ।

त्यसैगरि आयोजक भेट्रान सिटि क्लब वीरगञ्जले हानेको ५ पेनाल्टी मध्ये ३ वटा गोल र दुई वटा गोल हुन सकेन । जर्सी नम्बर १३ का खेलाडी हेम तामाङ्ग, जर्सी नम्बर १४ का खेलाडी सुजल डंगोल र जर्सी नम्बर १ का गोल किपर राजु नगरकोटी गोल हाने । जर्सी नम्बर ५ का खेलाडी मान बहादुर परियार र जर्सी नम्बर २ का खेलाडी राजन चौधरीले हानेको बल किपरले रोकिदिए ।
पेनाल्टी सुटआउटमा बराबरी भएपछि सडन डेथमा दुवै टिमले थप दुई /दुई पटक पेनाल्टी हाने । त्यसमा नेपाल पुलिसका जर्सी नम्बर २ का हेमन्त श्रेष्ठ र जर्सी नम्बर २४ का विवेक सन्तोषीले गोल गर्न सफल भए । भने भेट्रान सिटि क्लबका जर्सी नम्बर ६ का विदेशी खेलाडी मुसाले गोल गर्दा जर्सी नम्बर १९ का खेलाडी कार्लोस पटेलले हानेको पेनाल्टी पोष्ट बाहिर गएपछि पुलिस क्लबले बाजी मारेको थियो ।

बुधबारको म्यान अफ दी म्याच नेपाल पुलिस क्लबका जर्सी नम्बर १ का गोल किपर सत्रुघन चौधरी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा बिहीबार त्रिभुवन आर्मी क्लब र संकटा क्लब बीच भिडन्त हुँदैछ । बिहीबारको विजेताले उपाधीका लागि शनिबार नेपाल पुलिस क्लबसँग प्रतिश्पर्धा गर्नेछ । वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र, शिल्ड तथा मेडल पाउनेछन् ।

Tags: उपाधी दावेदारनेपाल पुलिस क्लबप्रथम वीरगञ्ज गोल्डक कपभेट्रान सिटि क्लब वीरगञ्ज
Previous Post

प्रथम वीरगञ्ज गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

Next Post

वीरगञ्ज गोल्ड कप : त्रिभुवन आर्मी क्लब फाइनलमा

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.