esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

पुलिसले जित्यो वीरगञ्ज गोल्ड कपको उपाधी

ईसनेश ईसनेश
प्रकाशित २०८० कार्तिक २५, शनिबार १९:०४ बजे
पुलिसले जित्यो वीरगञ्ज गोल्ड कपको उपाधी
24
SHARES
28
VIEWS

वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको फाइनल खेलमा दुई बलियो टिमबीचको प्रतिश्पर्धा शुरुदेखि नै रोमाञ्चक बनेको थियो । दुवै टिमका खेलाडीले पटक पटक गोल गर्ने प्रयास गरेपनि असफल भयो । निर्धारित ९० मिनेट र थप गरिएको समयमा समेत कुनैपनि टिमले गोल गर्न सकेन । खेल गोल रहित बराबरीमा टुंगिएपछि नतिजा टाइब्रेकरबाट लिईएको थियो । पेनाल्टी सुट आउटमा नेपाल पुलिसका तर्फबाट २ गोल भयो भने आर्मीका खेलाडीले गोल गर्न सकेनन् ।

वीरगञ्ज । नेपाल पुलिस क्लबले ‘प्रथम वीरगञ्ज गोल्ड कप’ को उपाधी जितेको छ । नेपाल आर्मीको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधी जितेको हो ।

उपाधी विजेता पुलिसले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक, शिल्ड तथा मेडल पुरस्कार पाएको छ भने उपविजेता आर्मीले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँको चेकसँगै शिल्ड तथा मेडल हात पारेको आयोजक भेट्रान्स सिटी क्लब वीरगञ्जका अध्यक्ष सविन श्रेष्ठले जानकारी दिए । विजेता टिमलाई मेयर राजेशमान सिंह र उप विजेता टिमलाई उप मेयर इम्तियाज आलमले पुरस्कार प्रदान गरे।

वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको फाइनल खेलमा दुई बलियो टिमबीचको प्रतिश्पर्धा शुरुदेखि नै रोमाञ्चक बनेको थियो । दुवै टिमका खेलाडीले पटक पटक गोल गर्ने प्रयास गरेपनि असफल भयो । निर्धारित ९० मिनेट र थप गरिएको समयमा समेत कुनैपनि टिमले गोल गर्न सकेन । खेल गोल रहित बराबरीमा टुंगिएपछि नतिजा टाइब्रेकरबाट लिईएको थियो । पेनाल्टी सुट आउटमा नेपाल पुलिसका तर्फबाट २ गोल भयो भने आर्मीका खेलाडीले गोल गर्न सकेनन् । पुलिसका ७ नं जर्सीका खेलाडी राम वाजे र ३० नं जर्सीका बुद्ध तामाङले पेनाल्टीमा गोल गरेका थिए ।

पुलिस आयोजक भेट्रान सिटि क्लब वीरगञ्जलाई सडन डेथमा पराजित गर्दै पुलिस उपाधी दावेदार बनेको थियो । भने संकटा क्लबलाई हराएर आर्मीेले पुलिससँगको भिडन्त पक्का गरेको थियो ।

फाइनल खेलको म्यान अफ दी म्याच नेपाल पुलिस क्लब गोल किपर शत्रुधन चौधरी घोषित भए । त्यसवापत उनले १० हजार पुरस्कार पाए । प्रतियोगिताको वेष्ट गोल किपर समेत बन्न सफल उनले थप २० हजारको चेक पाए । प्रतियोगिताको म्यान अफ दि सिरिज बनेका पुलिस कै ८ नं जर्सीका खेलाडी प्रताप गुरुङले ५० हजार, वेष्ट डिफेन्स आर्मीका बिमल पाण्डे, वेष्ट मिड फिल्डर पुलिसका उज्जवल राई, वेष्ट कोच पुलिसका चेतन घिमिरेले २०/२० हजार रुपैयाँ र ट्रफी हात पारे । योसँगै वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको प्रतियोगिता सम्पन्न भएको छ ।

Tags: त्रिभुवन आर्मी फुटबल क्लबनेपाल पुलिस फुटबल क्लबभेट्रान्स सिटी क्लब वीरगञ्जवीरगञ्ज गोल्ड कपवीरगञ्ज महानगरपालिका
Previous Post

धनतेरसको दिन सुनचाँदीको विक्रीमा ३५ प्रतिशतले कमि

Next Post

आज कुकुर तिहार र लक्ष्मी पूजा

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.