esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

आज कुकुर तिहार र लक्ष्मी पूजा

ईसनेश ईसनेश
प्रकाशित २०८० कार्तिक २६, आईतवार १०:१२ बजे
आज कुकुर तिहार र लक्ष्मी पूजा
5
SHARES
6
VIEWS

वीरगन्ज । यमपञ्चकको दोश्रो दिन आज, कुकुर तिहार र लक्ष्मी पूजा गरी मनाईदैछ । आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मीको पूजा अर्चना गरिन्छ ।

घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री–सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरू अर्थात् थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्त्वपूर्ण लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मुल द्वारमा राख्ने गरिन्छ । आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार ’गौ माता’को सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ ।

हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रूपमा हेर्ने गाइका हरेक कुराहरू पूजनयोग्य मानिन्छ । कुनै चोखो नितो काम गर्दा यी नै गौ माताको गौँत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परिक नेपाली माटोका घरहरू एकाबिहानै गाइको गोबर र माटो मिसाएर दैलो, चुल्होलाई लिप्ने चलन छ ।

आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चे, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी माता पृथ्वी लोकमा आउने र आशिष् दिएर जाने जनउक्ति पनि छ, त्यसै कारणले आज घर अगाडीको तुलसी मोठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रङ्गिन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यी नै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।

आज लक्ष्मी पूजामा प्रयोग गरिने केराको थाम बिक्रीका लागि बिहान चारबजेदेखि नै वीरगन्जमा राखिएको छ । पर्सा, बारा, रौतहट लगायतका स्थानबाट किसाहरुले केराको थाम बिक्रीका लागि ल्याएका छन् ।

यस्तै कृष्ण चतुर्दशीका दिन कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा खानेकुरा खान दिने चलन छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । इमान्दार तथा बफादार जन्तुका रुपमा परापुर्व काल देखि परिचित कुकुरलाई वर्षमा एक पटक आजका दिन सुरक्षाकर्मी र यमदुतका रुपमा पुजा गर्ने चलन छ ।

मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिने शास्त्रिय कथन छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । कुकुरलाई घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावरको रुपमा लिने गरिन्छ । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखि नै मानवसंग अत्यन्त नजिक बफादार मानिन्छ ।

कुकुरलाई भैरवको बहानको रुपमा पनि पुजिन्छ । ऋगवेदमा कुकुरले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेका कथन छ भने सत्यवादी धर्मराज युधिष्ठिर लाई स्वर्गयात्रामा समेत साथ दिएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । आजैका दिन पाप नाश गर्न तथा नरकलाई खुशी पार्न भन्दै नर्के नुहाउने र दीपदान गर्ने चलन छ ।

Previous Post

पुलिसले जित्यो वीरगञ्ज गोल्ड कपको उपाधी

Next Post

गोधन कुटाई, बजडी खुवाएर भइयादुज मनाईदै

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.