esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

गोधन कुटाई, बजडी खुवाएर भइयादुज मनाईदै

ईसनेश ईसनेश
प्रकाशित २०८० कार्तिक २९, बुधबार ०७:३२ बजे
गोधन कुटाई, बजडी खुवाएर भइयादुज मनाईदै
26
SHARES
30
VIEWS

वीरगन्ज । आज तिहारको मुख्य दिन भाईटिका अर्थात तराई मधेशमा मनाईने भईयादुज, दिदी–बहिनीले आफ्ना दाजु–भाईहरुको दिर्घायुको कामना गर्दै मानाउँदै छन् ।

गोवर्द्धन पूजाको भोलिपल्ट भैया दुज अर्थात भाइटिका मनाइन्छ । ‘गोधन’मा प्रयोग भएको गोबरका आकृति यसै दिन टोलैपिच्छे जम्मा गरेर त्यसमा लोक विधिहरू पूरा गरिन्छ ।

यसलाई गोधन कुटाई भनिन्छ । कुट्नका लागि गोधन राखिएको ठाउँमा महिलाहरूले घेरा हाली समूहमा गीत गाउँछन् । हलो जोत्दा गोरु÷राँगोको काँधमा राख्न प्रयोग हुने काठको जुवा (बलि)लाई यहाँ भाइको प्रतीकको रूपमा राखिन्छ ।

यस दिन गाइने भाकालाई ‘श्रापे के’ भन्ने चलन छ । सहभागी महिलाले दाजुभाइको मृत्यु भएको र भाउजू विधवा भएको प्रसंगका गीतसमेत त्यहाँ गाउँछन् । दाजुभाइलाई श्राप दिएपछि सहभागीहरूले रेंगनीको काँडा आफ्नो जिब्रोमा घोच्दै त्यस्तो अनिष्टको गीत गाउने जिभ्रोलाई प्रतिकात्मक रूपमा दण्डित दिएको अभिनय गर्छन् र सो काँडालाई माटोको हाँडीमा जम्मा गरिन्छ ।

गीतको अर्को चरणमा उनीहरू आशिष् दिएर दाजुभाइ जीवित भएको र भाउजू अखण्ड सौभाग्यवती भएको चर्चा गर्छन् । दाजुभाइको दीर्घायुको कामना गर्दै यो क्रम सकिन्छ । दाजुभाइउपर आइपर्न सक्ने संकटको कल्पना गर्दै, लगत्तै बहिनीको आशिषले संकट टरेको सन्देश यस मार्फत दिन खोजिएको वीरगन्ज निवासी रजनी यादवले बताउनुभयो ।

फलफूल र केराउ लगायत सामग्री चढाएर दियो बाल्दै सामूहिक पूजा हुन्छ । काँडा जम्मा भएको माटोको हाँडीलाई शुरूमै त्यहाँ थुपारिएको ‘गोधन’का ढिस्कोमाथि राखेर सबै जना मिलेर कुटेर नष्ट गर्ने चलनलाई नै गोधन कुटाई भनिएको उहाँले बताउनुभयो । साइत अनुसार गोधन कुटाइपछि सामूहिक पूजा हुन्छ । अन्तमा गोधनमाथि सबैले आफ्नो आफ्नो दियो बाल्ने गरेका हुन्छन् ।

दियोको धुँवामा सेकेर गाजल बनाउने गरिन्छ । गाजलमा गोवर्द्धन देवको आशीर्वाद समाहित रहेको लोक मान्यता छ । पूजास्थल (प्रायः टोलका चोक) बाट फर्किसकेपछि दिदीबहिनीले दाजुभाइलाई टिका र माला लगाई गोधनको पूजा गर्न उपयोग गरिएका सुकेका केराउ खान दिने चलन छ ।

दिदीबहिनीले खुवाउने सुकेका केराउ र मिठाई नै ‘बजडि’ भनिएको पण्डित जितेन्द्र पराशरले बताउनुभयो । ‘बजडि’पछि मिठाइ खुवाउँदै दाजुभाइलाई पिठ्युँमा धाप दिएर दिदीबहिनीले आशीर्वाद दिने गरिएको पण्डित पराशरले बताउनुभयो ।

यसपछि दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिएर आशीर्वाद लिने गर्छन । यसरी पाँच दिनको पर्व सकिएसँगै कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने छठको तयारी शुरू हुने उहाँले बताउनुभयो ।

सप्तरङ्गी टीका

यस्तै भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

यसरी पूजा गरी टिका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि विहान १० बजेर ५१ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम्सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम्सामाजिक परम्परा छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् ।

Previous Post

आज कुकुर तिहार र लक्ष्मी पूजा

Next Post

विमानस्थल नपुग्दै टुट्यो विदेश जाने सपना

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.