esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

छठ पर्व विधिवतरुपमा शुरु, आज नहाय खाय

ईसनेश ईसनेश
प्रकाशित २०८० मंसिर १, शुक्रबार १०:२५ बजे
छठ पर्व  विधिवतरुपमा शुरु, आज नहाय खाय
10
SHARES
12
VIEWS

वीरगन्ज । तराईमा मनाईने छठ पर्व आजबाट विधिवतरुपमा शुरु भएको छ । कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिनलाइ नहाय खाय भनिन्छ ।

छठ पर्बको पहिलो दिन आज छठ गर्ने व्रतालुहरुले खोला, नाला, नदी, पोखरी, तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खान्छन् ।

छठको भोली दोश्रो दिन, कात्र्तिक शुक्ल पञ्चमी, रसियाव रोटी चन्द्रमालाई चढाएर प्रसादको रुपमा खाने चलन छ । ब्रतालुहरुले भोली दिनभरि निराहार ब्रत बसि साँझ आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात ‘रसीआव रोटी’ चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गर्ने गर्छन् ।

त्यसपछि आईतबार सँझिया घाट अस्ताउँदो सुर्यलाई अर्घ दिईने छ भने सोमबार उदाउँदो सुर्यलाई अर्घ दिएर यसपालिको छठ पर्व समापन हुन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ । विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइन्छ ।

तीन दिनसम्म एक थोपा पानीसमेत नखाई ब्रत बस्नुपरेकोले छठ पर्वलाई कठोर पर्वको रुपमा लिईन्छ । छठ पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त रहेका छन् ।

छठघाट सिंगारिदै

वीरगन्ज स्थित घडिअर्वा पोखरीलाई छठघाटको रुपमा सजाईदै

छठ पर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रूपमा श्रृङ्गारिने काम भइरहेको छ ।

अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेका छन् ।

किनमेलका लागी बजारमा भिडभाड

छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले वीरगन्जसहित सम्पूर्ण तराई–मधेशका प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।

तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानीफल सिङ्गडा, मुला, अदुवाको बोट पर्दछन् ।

छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । केही भारतीय नागरिक समेत नेपाली बजारमा छठका लागि माटोका भाँडो बिक्री गर्न आउन थालेका छन् ।

वीरगन्ज मुख्य चोक घण्टाघर, मिना बजार, मुर्ली बजार, रानीघाट, नगवा बजार, विन्दवासिनी बजार, बाराको जितपुर बजार, कलैया बजार, सिम्रौनगढ बजार लगायतका ठाउँमा छठमा प्रयोग हुने दउरा, छैटा, सुपली, नाङ्गलो, माटोको भाँडा लगायतका सरसामान बिक्री हुँदै आएका छन् ।

सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने प्रजापति समुदायको व्यस्तता निकै बढ्ने गरेको हुन्छ ।

Previous Post

कन्टेन्टमा नेपाल सरकारसँगै काम गर्ने लगायतका ७ बुंदे टिकटक कम्पनीको पत्र

Next Post

सामुदायिक सदभावको पर्व छठ

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.