esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

सामुदायिक सदभावको पर्व छठ

ईसनेश ईसनेश
प्रकाशित २०८० मंसिर १, शुक्रबार १०:५४ बजे
सामुदायिक सदभावको पर्व छठ
20
SHARES
24
VIEWS

वीरगञ्ज l छठ पर्वको रौनक देखिन थालेको छ । वीरगञ्ज लगायत मध्य तराईका गाउँघर, छठिघाट र स्थानीय एफएम रेडियोहरु समेत छठका गीतले गुञ्जायमान छन् ।

बजार छठका सामाग्रीले ढाकिएको छ । शहर रित्तिएर गाउँ भरिएको छ । बजारमा छठको किनमेल गर्ने घुँईचो छ ।

कात्तिक शूक्ल पक्षको चौथी तिथीबाट विधिवत रुपमा छठ शुरु हुन्छ । सप्तमी तिथीका दिन बिहान उदाउँदो सुर्यको पुजा गरेर छठ सम्पन्न हुन्छ । यसरी छठ चार दिनसम्म मनाइन्छ ।

कठोर ब्रत, प्रकृतिको पुजा, अन्नपात फलफुलको प्रसाद, माटा र बाँसका सामाग्रीको प्रयोग, महिला र पुरुषको समान सहभागिता छठ पर्वको मौलिक विशेषता हो ।

छठमा पर्वमा गहुँ वा चामलको पिठोबाट बनेको ठेकुवा मुला, गाजर, बेसारको हरियो बेर्ना, अदुवा ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखुको बोटसँगै फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ । यस्तै सामाग्री बेचेर छठमा धेरैले मनग्य आम्दानी समेत लिने गरेका छन् ।

तराई मधेसमा बस्ने भोजपुरी र मैथीली भाषी हिन्दु समुदायको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । मुस्लिम समुदायले भाइटीका लगाउने, छठ मनाउने, हिन्दु समुदायले ईद र रमाजानमा सघाउने ।

मधेसी समुदायले पहाडी समुदायको चाड मनाउने, पहाडी समुदाय मधेसीको चाडमा रमाउने । यसले धार्मिक सहिष्णुता झल्काउने मात्रै नभई धार्मिक तथा सामुदायिक द्वन्द्व गराएर लाभ लिन खोज्नेहरु ओझेलमा पर्छन ।

डोम समुदायका लागि छठ पर्वको महत्व अझ बढी छ । छठ पूजामा बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी लिने गर्छन् । कात्तिक लाग्ने बित्तिक्कै बच्चादेखि बूढासम्मले काम पाएर बिहान देखि बेलुकासम्म दउरा, छैटा, सुपली बनाउनमा उनीहरु हुने गरेका छन् ।

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका सुपली, छउरा र छैटामा अर्घ दिनु अनिवार्य मानिन्छ । उनीहरु माथि नै जातिय विभेद कायमै छ । उनीहरुले बनाएको सामाग्री पुजामा चल्छ । तर उनीहरुले मन्दिर भित्र पसेर पुजा गर्न पाउँदैनन् । कतिपय गाउँमा दलित समुदायका लागि बेग्लै छठघा बनाइएको हुन्छ ।

तराई मधेसमा बस्ने भोजपुरी र मैथीली भाषी हिन्दु समुदायको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । मुस्लिम समुदायले भाइटीका लगाउने, छठ मनाउने, हिन्दु समुदायले ईद र रमाजानमा सघाउने ।

मधेसी समुदायले पहाडी समुदायको चाड मनाउने, पहाडी समुदाय मधेसीको चाडमा रमाउने । यसले धार्मिक सहिष्णुता झल्काउने मात्रै नभई धार्मिक तथा सामुदायिक द्वन्द्व गराएर लाभ लिन खोज्नेहरु ओझेलमा पर्छन ।

माटोका भाँडा अरु समयमा लगभग प्रयोग हुन छोडेको छ । छठमा नै धेरै माटोका भाँडा बिक्रि हुन्छ । तराई मधेसको साँस्कृतिक धरोहर छठ पर्वले सबै जातजाति, धर्म र समुदायका मानिसलाई एकताको सुत्रमा बाँधेको छ ।

पर्वको मौलिकतामा ह्रास आउन नदिन पर्वमा देखिएका विकृतिहरु हटाउँदै लैजानुपर्छ । अरुको देखासिकी र तडक भडकले न व्यक्तिलाई फाईदा गर्छ न समुदायलाई ।

Tags: छठ पर्वधार्मिक सहिष्णुतासामाजिक सदभाव
Previous Post

छठ पर्व विधिवतरुपमा शुरु, आज नहाय खाय

Next Post

सानै उमेरको विवाहले छोरीहरुको ड्रिम ड्रपआउट

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.