esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

पाँच दिने बहुदरामाईको मेला शुरु, ८ हजारले अवलोकन गर्ने अड्कल

करिब डेढ सय वर्षदेखि मेला लाग्दै

ईसनेश ईसनेश
प्रकाशित २०८० मंसिर १२, मंगलवार १२:४७ बजे
पाँच दिने बहुदरामाईको मेला शुरु, ८ हजारले अवलोकन गर्ने अड्कल
42
SHARES
49
VIEWS

वीरगन्ज । करिब डेढ सय वर्षदेखि लाग्दै आएको बहुदरामाईको मेला यसपालि पनि धुमधामका साथ लागेको छ । कार्तिक पूर्णिमा (सोमबार) देखि पाँच दिने बुहदरामाई मेला बहुदरामाई नगरपालिका वडा नम्बर २ ध्यानसिंह पिपरामा लागेको छ ।

पर्सामा थुप्रै मेला लागे पनि यसको आफ्नो छुट्टै पहिचान एवम विशेषता छ । शुरूमा तिलावे खोलाको पश्चिम किनारमा गाईवस्तुको लागि चरण क्षेत्र (रखाँत) थियो । सोही रेखातमा एउटा सर्प निस्कियो ।

उक्त सर्पको पूजापाठ गर्दै गएपछि पिपरा गाउँवासीको रक्षा हुन थालेकाले गाउँलेवासीहरु बहुदरामाईको मन्दिर निर्माण गरी पूजापाठका साथै मेला लगाउन शुरू गरेको गाउँका बूढापाकाहरूले बताउँछन् ।

गाउँँवासीहरुले नदीको पश्चिम किनारमा पहिले एउटा पीपलको रूख नजीकै खपडाको घरमा मन्दिर सञ्चालनमा ल्याए । र सोही बहुदरामाईको नामले प्रत्येक वर्षको कात्र्तिक पुर्णिमामा ५ दिनको लागी मेला लाग्न थालेको छ । वि.स. २०५२–५३ सालमा आएको भीषम बाढीले उक्त पीपलको रूख र मन्दिर बगाएको थियो ।

त्यसपछि त्यहाँ नयाँ र आर्कषक मन्दिर निर्माण भई बहुदरामाईको पूजापाठ र मेला लाग्ने गरेको छ ।

२०७४ सालमा देश सङ्घीयतामा गएपछि उक्त धार्मिकस्थलबाट बहुदरमाई नगरपालिकाको नाम नमाकरण भएको एमाले नेता शिव पटेल बताउँछन् । नेता पटेलका अनुसार सोमबार (हिजो) मेला प्रारम्भ भएको हजारौं श्रद्धालु भक्तजनहरुले मन्दिर नजिकको तिलावे नदीमा स्नान गरी दियो बालेर पूजापाठ गरेका छन् ।

करीब १० बिघा क्षेत्रफलमा लगेको मेलामा एक हजारभन्दा बढी पसल र खाने परिकारका स्टलहरुका स्टल लागेको मेला व्यस्थापन समितिका अध्यक्ष युगलप्रसाद कुर्मीले बताए । मेलामा मिठाइ, माछामासु, तास, सेकुवा लगायतको खानेकुराको स्टल लगाइएको उनले बताए ।

ग्रामीण भेगमा कार्तिक महीनाभर माछामासु खान वर्जित छ । कार्तिक पूर्णिमापछि सबैले मांसहारी खाएर रमाउन पाउने भएकाले बहुदरामाई मेला सबैको रोजाईमा पर्ने गरेको छ ।
मेलामा हरेक वर्षझै यस वर्ष पनि मिठाइका परिकारभन्दा तारेका अन्डा, माछा, मासुका परिकारहरू खानेहरूको भीड बढी देखिएको छ ।

पाँच दिने बहुदराई नगरपालिकामा मंगलबार (आज) भोलिदेखि चार दिनसम्म दिउँसो कुश्ती र राति ८ देखि २ बजेसम्म नाच हुने मेला समितिले जनाएको छ । कुश्तीमा दैनिक पाँच हजारभन्दा बढी र नाचमा तीन हजारभन्दा बढी दर्शकको उपस्थिति हुने समितिका अध्यक्ष कुर्मीको अड्कल छ । नाच र कुश्तीका पात्र प्रत्येक दिन फरकफरक हुने मेला व्यवस्थापन समितिका अध्यक्ष कुर्मीले बताए ।

Tags: मेला
Previous Post

बढी चाप हुने कार्यालयहरुमा महिला सेवाग्राही शौचालय पुग्छन्, भित्र पस्न डराउँछन्

Next Post

टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन निर्देशन

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.