esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

डिसेम्बर ८ मा पाँचौ मर्यादित महिनावारी दिवस मनाईदै

सम्पूर्ण विभेदको जड महिनावारी विभेद हो : राधा पौडेल

ईसनेश ईसनेश
प्रकाशित २०८० मंसिर १४, बिहीबार २२:३४ बजे
डिसेम्बर ८ मा पाँचौ मर्यादित महिनावारी दिवस मनाईदै
10
SHARES
12
VIEWS

काठमाण्डु । डिसेम्बर महिनालाई विश्वले मानवअधिकारको महिनाका रुपमा मनाउने गरेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नै सञ्चालन हुन्छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा पछिल्लो पाँच बर्षदेखि मर्यादित महिनावारी पनि जोडिएको छ ।

यसवर्ष ‘लैङ्गिक हिंसा र बालबिबाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने नाराका साथ पाँचौ अन्र्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउन लागिएको छ । दक्षिण गोलांदिय मयांदित महिनावारी सन्जाल, राधा पौडेल फाउण्डेसनले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा ललितपुरको हिमालय होटलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

समाजले महिनावारीलाई हेर्ने र दृष्टिकोण बदल्न र मर्यादित महिनावारीको आन्दोलनमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्लान इन्टरनेशनल नेपालका निरञ्जन खड्काले जानकारी दिए । कार्यक्रमको बारे जानकारी दिन ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले कार्यक्रममा १५ भन्दा बढी देशबाट भर्चुअल सहभागिता हुने जानकारी दिए ।

सन् २०१९ बाट डिसेम्बर ८ मा अन्र्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउन थालिएको हो । यो दिवसले विश्वव्यापी रुपमा मान्यता प्राप्त गरिसकेको छ । यसवर्ष नेपालसहित विश्वका ६० भन्दा बढी देशले दिवस मनाउँदैछन् ।

पत्रकार सम्मेलनमा मर्यादित महिनावारीमा युवाको भूमिका भन्ने विषयमा नीति–सम्वाद हुने, बालविवाह र महिनावारी विभेद विरुद्धको कविता प्रस्तुत गरिने, मर्यादित महिनावारी बारे पहिलो प्रशिक्षण पुस्तिकाका साथै मर्यादित महिनावारीका विभिन्न सवालमा पत्रकारले तयार गरेका स्टोरीहरुको किताब विमोचन गरिने जानकारी गराइएको थियो । त्यसैगरि उक्त अवसरमा मर्यादित महिनावारीका विषयमा भएको अन्तर्राष्टिय« चित्रकला प्रतियोगिता र राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेता पनि घोषणा गरिनेछ ।

सबैखाले लैङ्गिक हिंसा मध्ये मुख्य हिंसा महिनावारी विभेद नै रहेको मर्यादित महिनावारीका लागि क्रियाशिल राधा पौडेल फाउन्डेसनकी संस्थापक राधा पौडेलले बताइन् । उनका अनुसार विश्वभरी महिनावारीका कारण पाठेघर भएका मानिसहरु विभेदमा पर्ने गरेका छन् । ‘महिनावारी विभेद लैङ्गिकताका आधारमा हुने हिंसाको एउटा प्रमुख रूप हो । महिनावारी हुने मानिसले जीवन चक्रमा तत्कालिन र दीर्घकालीन रुपमा विभिन्न प्रकारका सामाजिक, राजनितिक, आर्थिक, पारिस्थितिक परिमाणहरुको सामना गर्नुपरिरहेको छ । ’ उनले भनिन् ‘ त्यसैले यो महिलाको मात्रै सवाल हैन, सबैको जिम्मेवारीको विषय हो । मानव अधिकारको सवाल हो ।’

संयुक्त राष्ट्र संघले घोषणा गरेको १६ दिने अभियानको १४ औ दिन, डिसेम्बर ८ लाई अन्तर्राष्ट्रिय मयादित महिनावारी दिवसको रुपमा मान्यता दिन संयुक्त राष्ट्र संघको महासभामा दबाव दिइदै आएको छ । यसवर्ष दक्षिण गोलांदिय मयांदित महिनावारी सन्जालले नेपाल भ्रमणका अवसरमा सयुक्त राष्ट्रसघका महासचिव एन्टोनियो गुटेरेसलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।

महिनावारी प्राकृतिक भएपनि यससँग जोडिएको विभेद जटिल, बहुमुखी र जन्मदेखि मृत्युसम्म रहेको राधा पौडेलको भनाई छ । ‘कुनै न कुनै सँस्कृतिमा त मृत्युपछि पनि असर गरेको हुन्छ । तर, यसलाई मौनता, हाउगुजीको विषय बनाएर जटिल बनाइएको छ । जात, धर्म, भाषा, धनी, गरीब, पढेको, नपढेको, शहर, गाउँ, सबै ठाउंमा महिनावारी विभेद छ, यसले हिंसालाई बढवा दिएको छ ।’ उनी भन्छिन् ‘ महिनावारीका कारणले जुनसुकै बाहानामा किन नहोस्, महिनामा ३० दिन र बर्षमा ३६५ दिन कुनै पनि किसिमको विभेद, हिसा, फरक व्यबहार अन्त्यका लागि डिसेम्बर ८ मा मनाइने मर्यादित महिनावारी दिवस थप सहयोगी बन्ने विश्वास छ ।’

 

Tags: प्लान इन्टरनेशनल नेपालमर्यादित महिनावारीमर्यादित महिनावारी दिवसमहिनावारी विभेदराधा पौडेलराधा पौडेल फाउन्डेसन
Previous Post

टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन निर्देशन

Next Post

आज विश्व एड्स दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.