esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

‘ढाकछोप पत्रकारिता’ मौंलाउन नदिउँ : काउन्सिल अध्यक्ष बस्नेत

ईसनेश ईसनेश
प्रकाशित २०८० मंसिर २८, बिहीबार २०:१० बजे
‘ढाकछोप पत्रकारिता’ मौंलाउन नदिउँ : काउन्सिल अध्यक्ष बस्नेत
9
SHARES
11
VIEWS

 

काठमाडौं ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यममा खोजमूलक भन्दा ‘ढाकछोप पत्रकारिता’ बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । विकृतिका रुपमा रहेको ढाकछोप र बार्गेनिङ पत्रकारिता बढ्न नदिन काउन्सिलले सार्थक पहल गरिरहेको उनको भनाई छ ।
गलत प्रवृत्तिलाई उजागर गर्नुपर्नेमा सञ्चार माध्यमले नै ढाकछोप गरेर भ्रम पैदा गर्नु चिन्ताको विषय भएको उनको धारणा छ । सञ्चार माध्यमले सम्प्रेषण गरेका विषयमाथि फरक अनुसन्धान र खोज गर्नुपर्ने अवस्था आएको उनको तर्क छ । ‘ नयाँ र खोजमूलक सामग्री कम देखिन्छ, बेथितिका कुरा ढाकछोप गर्न कै लागि अनलाइन खुलेको भेटियो ।’ उनले भने , ‘त्यस्ता प्रवृत्ति रोक्नका लागि काउन्सिलले विभिन्न कदम चालिरहेको छ ।’ बिहिबार काउन्सिलमा आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले नयाँ दर्ता भएका अनलाइन पत्रिकाले व्यावसायिक पत्रकारिता गर्ने विश्वास व्यक्त गरे। काउन्सिलले अरू मिडियासँगै अहिले युट्युबको सामग्री पनि अध्ययन गरिरहेको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकार कुनै एउटा जाति, धर्म, पार्टीप्रति नभएर सिङ्गो समाजप्रति नै जिम्मेवार हुनुपर्नेमा जोड दिए । काउन्सिलका सदस्य दिपक पाण्डेले सम्पादक नै व्यवस्थापक र व्यवस्थापक सम्पादक हुँदा समस्या हुने बताए । सूचना खोज्ने पत्रकारले नै विज्ञापन खोज्न नहुने उनको भनाई छ ।
कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल तथा ४२ वटा सञ्चार माध्यमका प्रकाशक र सम्पादकको सहभागिता थियो ।

Previous Post

मर्यादित महीनावारी: ओझेलमा मानव अधिकार

Next Post

मानव बेचविखन विरुद्ध काम गर्न कानूनी अडचन फुकाउन आग्रह

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.