esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

सर्वोच्चद्वारा ‘जनयुद्ध’ दिवसमा बिदा दिने सरकारी निर्णय बदर

ईसनेश ईसनेश
प्रकाशित २०८० पुष १३, शुक्रबार १८:४९ बजे
सर्वोच्चद्वारा ‘जनयुद्ध’ दिवसमा बिदा दिने सरकारी निर्णय बदर
0
SHARES
0
VIEWS

काठमाडौं

सरकारले गरेको फागुन १ गते ‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय बदर गरेको हो।

सर्वोच्चले भनेको छ, ‘नेपालको संविधानको मूल भावना विपरीत निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रिपरिषद्लाई दिएको सम्झन नमिल्ने हुँदा जनयुद्ध दिवसको अवसरमा भनी देशभर सार्वजनिक बिदा दिने नेपाल सरकारको मिति २०७९/१०/२९ को निर्णय र यस वर्ष समेत मिति २०८०/११/१ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति २०७९/१२/२ मा प्रकाशित सूचना एवं सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरू समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ।’

मन्त्रिपरिषद्ले माओवादीले सशस्त्र संघर्ष शुरू गरेको फागुन १ गतेको दिनलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यस विरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए।

Previous Post

जलवायु परिवर्तनले सिमान्तकृत समुदाय बढी मारमा

Next Post

फास्ट ट्र्याकका लागि रुख काट्न दिने सरकारको निर्णय

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.