काठमाडौं ।
सरकारले काठमाडौं तराई मधेश फास्ट ट्र्याकको निर्माणका लागि राष्ट्रिय वन क्षेत्रमा पर्ने ४ हजार ३४५ रुख कटान गर्न स्वीकृति दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बारा र मकवानपुर जिल्लामा पर्ने राष्ट्रिय वनको ४० दशमलव २१ हेक्टर जग्गा प्रयोग गर्न दिने र त्यस क्षेत्रमा रहेका ४३४५ वटा रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
Discussion about this post