वीरगञ्ज
वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत नर्सिङ निरीक्षक हेमा थापा यतिखेर चर्चामा छिन् । हुन त उनी यसअघि पनि पटक पटक चर्चामा आइरहेकी छन् । कोरोना महामारीको पहिलो लहरमा वीरगञ्जमा तीन संक्रमित भेटिए । संक्रमितको उपचारका लागि कुनैपनि चिकित्सक स्वास्थ्यकर्मी अघि सरेनन् । नर्स थापाले हिम्मत देखाइन् र संक्रमितको उपचारको नेतृत्व गरिन् ।
उनी चुपचाप अस्पतालको वार्डमा इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्थिन् । कोरोना महामारीमा कामप्रति देखाएको लगनले चर्चित बनेकी उनको यात्रा ‘इन्टेग्रिटी आइकन’ सम्म पुगेको छ । अकाउन्टेबिलिटी ल्याबले दश वर्षदेखि सार्वजनिक संयन्त्र भित्रका इमान्दार कर्मचारीलाई खोजेर इन्टेग्रिटी आइकनको रुपमा सार्वजनिक गर्ने गरेको छ ।
हेमालाई चिन्नेहरू कतिपयले उनलाई असहायको सहारा ठान्दछन्, कसैले परिवर्तनको प्रयाय त कसैले प्रेरक व्यक्तित्व । अस्पतालको जिम्मेवारीसँगै सामाजिक क्षेत्रमा उनले बनाएको यो पहिचान प्रशंसायोग्य छ ।
यो पनि पढ्नुस
५ जना इन्टेग्रिटी आईकनको नाम सार्वजनिक, को कस्ता ?
उनको बुबा सरकारी सेवामै थिए । बुवा जताजता सरुवा हुँदै गए, हेमाको पढाई उतै हुन्थ्यो । विद्यालयमा बनेका साथी छोटो समयमै छुट्टीन्थे । जसले गर्दा बाल्यकालका साथी धेरै भएनन् । बुवाको सरुवा हुँदा एउटा ठाउँको साथी छुट्ने र अर्काे ठाउँको नयाँ साथी बन्ने क्रम चल्थ्यो । पढाईमा दाई र दिदि अब्बल थिए, उनी सामान्य ।
आमा बुबाको चाहना छोरीले पढेर डाक्टर वा इन्जिनियर नै बनोस भन्ने थियो । हेमालाई भने स्टाफ नर्स बन्न मन थियो । परिवारमा कोहि पनि नर्सिङ क्षेत्रमा थिएनन् । राति ड्युटी पर्ने काम छोरीले गर्नु नपरोस् भनेर आमा‑बुबाको चाहाना, नर्सिङ पढ्न बाधक बनिरहेको थियो । दाईले बहिनीको सेवा भाव बुझे । उनैले आमा‑बुबालाई मनाएर हेमालाई नर्सिङ पढ्ने बाटो खोलिदिए ।
एनआइसीयु स्तारोन्नतीका लागि नेतृत्व
नर्स हेमा, वि.स.२०५२ सालदेखि नै नारायणी अस्पतालमा कार्यरत छिन् । ईमान्दार कर्मचारीको रुपमा पहिचान उनको छ । वि.स. २०७४ सालमा उनलाई एनआइसीयुको इन्चार्ज बनाइयो । त्यहाँ आफ्नो क्षमतालाई प्रमाणित गर्ने अवसर उनलाई मिल्यो ।
एनआइसीयु सरकारी मापदण्दको थिएन । दुई वर्ष भित्र अक्सिजन पाइपलाइन जडान गर्नेदेखि ‘कंगारु आमा हेरचाह’ इकाई स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिन् । एनआइसीयुमा हुनुपर्ने सबै मापदण्ड पूरा गराउन सफल भइन् । एनआइसीयु विभाग पाँच बेडबाट स्तारोनात्ति भएर दश बेडको बन्यो ।
जो बोल्न सक्दैनन्, अस्पतालमा पहुँच हुँदैन, उपचारका लागि आएपनि बेवारिसे हुन्छन् । त्यस्ता बेसहाराको सहारा हेमा बनिदिन्छिन् । प्राथामिक उपचार गर्नेदेखि आफन्त खोजेर जिम्मा लगाउने कार्यमा उनी सरिक हुन्छिन् । आफन्त नभेटिए मानव सेवा आश्रमको जिम्मा लगाईदिन्छिन् ।
ओसीएमसीलाई उत्कृष्ट बनाउन सफल
साँघुरो कोठामा सिमित, नाम मात्रको ओसीएमसीलाई चलायमान बनाईन् ।
नारायणी अस्पतालमा ०७६ सालमै एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) स्थापना भएको थियो । तर कहाँ थियो ?, कस्तो थियो ? कसैलाई थाहै थिएन ।
महिला तथा बालबालिका विभिन्न प्रकारका लैगिंक हिंसाबाट प्रभावित हुने गरेका छन् । जसबाट उनीहरुमा शारीरिक, यौनजन्य तथा मनोवैज्ञानिक असर पर्ने गर्छ । यस्ता समस्याहरुको प्रभावकारी सम्बोधनका लागि नेपाल सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत जिल्लास्थित अस्पतालहरुमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरी हिंसा प्रभावित बालिका किशोरी तथा महिलाका लागि विभिन्न सेवा प्रदान गर्दै आएको छ । हिंसामा परेका व्यक्तिहरुलाई एकद्वार प्रणालीबाटै न्याय प्रदान गर्ने उद्देश्यले ओसीएमसीको स्थापना गरिएको हो ।
वि.स.२०७८ मंसिर महिनादेखि हेमा ओसीएमसीको फोकल पर्सन पनि छिन् । ओसीएमसीको सेवा प्रभावकारी बनाउन उनले पहिले आफैंले तालिम लिईन् । सञ्चालन कार्यविधि र मापदण्ड तयार गरिन् । मातहतका कर्मचारीलाई पनि सिकाउँदै गईन् । साँघुरो कोठामा सिमित, नाम मात्रको ओसीएमसीलाई चलायमान बनाईन् । उनले नेतृत्व लिएको ७ महिनामा ओसीएमसीले आवश्यक मापदण्ड पुरा ग¥यो ।
नारायणी अस्पतालको ओसीएमसीमा लैंगिक हिंसाका घटनाहरू बढी आउँछन् । तत्कालिन समाधानका लागि हेमाले नियम कानूनको मद्दत लिनुको साथै अवस्था हेरेर कदम चाल्ने गरेकी छन् । हिंसाबाट मानसिक आघात पुगेकालाई मनोसामाजिक परामर्श आवश्यक हुन्छ । हेमाले ६ महिनाको मनोसमाजिक परामर्शको प्रशिक्षण समेत लिएकी छन् ।
आवश्यक परेका पीडितलाई उनले परामर्श समेत दिन्छिन् । यसले ओसीएमसी प्रति सेवाग्राहीको विश्वास बढ्न थालेको छ । छोटो समयमा मापदण्ड पुरा गर्नुको साथै अधिकतम मुद्दाहरूको व्यवस्थापन गर्न सफल भएपछि ०७८/०७९ को असार मसान्तमा प्रसंशापत्र पनि पायो ।
कोरोना महामारीमा ‘कोभिड हिरो’
कोभिड महामारीको समयमा उनी दिनरात अस्पतालमै हुन्थिन् । अप्ठेरोमा परेका बिरामी आउँदा कसले हेर्छ ? भन्ने चिन्ता उनलाई हुन्थ्यो । आफन्तले उनको जिम्मेवारीपनलाई जिद्दीपन ठानेका थिए । तर परिवारले सधै साथ दियो । ड्युटी जानुछ भनेपछि श्रीमान पु¥याउन तयार हुन्थे । दिनमा पाँच पटक आमाको फोन आउँथ्यो । कुरा नगरे पनि एक पटक अनुहार देखा भन्नुहुन्थ्यो । परिवारको सहयोगले हेमालाई थप हौसला दियो । उनलाई ज्यान भन्दा पनि जिम्मेवारी महत्वपूर्ण लाग्यो ।
वीरगञ्जमा ०६७ चैत २९ गते तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भयो । प्रदेश २ मा भेटिएको कोरोना संक्रमणको पहिलो केस नै यही थियो । त्यसबखत कोरोना भनेपछि चिकित्सक स्वास्थ्यकर्मी स्वयं डराउँथे । शंकास्पद संक्रमितलाई आइसोलेसनमा राखिएपनि संक्रमितको उपचारको अनुभव कसैसँग थिएन ।
त्यो समयमा संक्रमितको उपचार गर्नुलाई जिम्मेवारी ठानेर नर्सिङ स्टाफको नेतृत्व गर्ने व्यक्ति थिइन्, नर्स हेमा ।
संक्रमितको उपचारमा कोहि अघि नसर्दा उनी किन तयार भइन् त ? महामारीमा नखट्ने नर्सले छोडे हुन्छ भन्ने उनको विचार थियो ।
कोभिड विरुद्धको खोप लगाउन पनि उनी नै अगाडि आइन् । धेरैले त उनलाई आत्महत्या गर्न जानथालिस भने । उनलाई कसले के भन्छ भन्नेमा कहिल्यै पर्वाह भएन । पाएको जिम्मेवारी ईमानदारिता पूर्वक पुरा गर्न सक्छु या सक्दिन भन्ने चिन्ता बढी भयो ।
सुत्केरीको सालनालबाट बायोग्याँस
नारायणी अस्पतालमा महिनामा ९ सय जना जति सुत्केरी हुन्छन् । सालनालको गन्धले अस्पताल परिसरलाई दुर्गन्धित बनाएको थियो ।
नर्स हेमा सरकारले दिने ६ महिने पर्यवेक्षक प्रशिक्षण कार्यक्रममा सहभागी भएकी थिईन । प्रशिक्षण कार्यक्रम अन्तर्गत उनले एउटा परियोजना प्रस्ताव गर्नुपर्ने थियो । त्यसको व्यवस्थापन कसरी गर्ने होला भनेर उनले सोचिरहेकी थिईन् ।
सालनालबाट चल्ने बायो ग्याँस बनाउने परियोजना अस्पतालका तत्कालिन मे.सु.लाई सुनाईन् । मे.सु.लाई उनको परियोजना मनप¥यो । परियोजना कार्यान्वयनमा आयो । अस्पताल सालनालको प्रदुषणबाट जोगियो । उत्पादित ग्याँस सदुपयोग भयो ।
असहायको साहारा
हेमालाई चिन्नेहरू कतिपयले उनलाई असहायको सहारा ठान्दछन्, कसैले परिवर्तनको प्रयाय त कसैले प्रेरक व्यक्तित्व । अस्पतालको जिम्मेवारीसँगै सामाजिक क्षेत्रमा उनले बनाएको यो पहिचान प्रशंसायोग्य छ ।
जो बोल्न सक्दैनन्, अस्पतालमा पहुँच हुँदैन, उपचारका लागि आएपनि बेवारिसे हुन्छन् । त्यस्ता बेसहाराको सहारा हेमा बनिदिन्छिन् । प्राथामिक उपचार गर्नेदेखि आफन्त खोजेर जिम्मा लगाउने कार्यमा उनी सरिक हुन्छिन् । आफन्त नभेटिए मानव सेवा आश्रमको जिम्मा लगाईदिन्छिन् ।
४ वर्ष अघि अस्पताल नजिकै भेटिएकी एक जना बेवारिसे आमालाई उपचार पछि मानव सेवा आश्रमको जिम्मा लगाएकी थिईन् । त्यसपछि थुप्रै बेवारिसे महिला पुरुषलाई उनले उपचार गरेर हेरचाह र रेखदेखका लागि आश्रमको जिम्मा लगाएकी छन् । आश्रमका बृद्ध बृद्धा र मनोरोगीलाई उपचारमा सहजीकरण गरेकी छिन् । मानव सेवा आश्रम वीरगञ्ज शाखाका देवेश गुप्ताका अनुसार हेमा घडी हेरेर ड्युटी गर्ने कर्मचारीमा पर्दिनन् । देवेश पनि नर्सिंङ पढ्ने विद्यार्थीलाई तालिम दिन गईरहन्छन् । कतिपय विद्यार्थीले हेमा दिदिलाई देखेर नर्सिङ पढ्न आएको भन्छन् । ‘मैले भेटेका थोरै सम्मानित व्यक्तिमा उहाँ पर्नुहुन्छ ।’ उनले भने ।
नारायणी अस्पतालको नर्सिङ प्रशासक श्रुती साह हेमालाई ‘फ्लोरेन्स नाइटिङ्गेल’कै साक्षात रुप ठान्दछिन् । ‘हामीले फ्लोरेन्स नाइटिङ्गेललाई देख्न पाएनौं, उहाँको बारेमा पढेका मात्रै हौं । हाम्रो लागि फ्लोरेन्स नाइटिङ्गेल हेमा दिदी नै हो ।’ श्रुती भन्छिन्, ‘दिन‑रात केहि नभनी जुनसुकै समयमा अस्पतालमा आउनुहुन्छ । मरिमिटेर काम गर्नुहुन्छ । कसैलाई सहयोग चाहियो भने गुहार्नुपर्ने मान्छे हेमा दिदी नै हो ।”
Discussion about this post