esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

अर्थमन्त्रीको नजरमा लगानीका लागि चार उत्कृष्ट क्षेत्र :जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि

ईसनेश ईसनेश
प्रकाशित २०८० पुष २४, मंगलवार १३:०३ बजे
अर्थमन्त्रीको नजरमा लगानीका लागि चार उत्कृष्ट क्षेत्र :जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि
1
SHARES
1
VIEWS

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि चार क्षेत्र उत्कृष्ट रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य विभिन्न क्षेत्र मध्ये चार क्षेत्र उत्कृष्ट रहेको बताएका हुन् ।

जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने उनले बताए । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्रमा मात्रै लगानी गर्न सरकारले प्रोत्साहन नगर्ने उनको भनाई छ ।
‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ ।’ उनले भने ।
नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्र अन्तर्गत पर्छ भने २० प्रतिशत क्षेत्रफल समथर भूभाग छ । बाँकी क्षेत्र हिमालीय क्षेत्र हो ।
‘जलविधुतमा नेपालले फड्को मारेकोले नै भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता गरेको बताउँदै अर्थमन्त्री महतले अन्य वस्तुहरुको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपालमा राजनीतिक व्यवस्था अस्थिर रहेको भनी गलत प्रचार भइरहेको उनको टिप्पणी छ । आगामी दिनमा व्यवसायिक वातावरण थप मजबुत बन्ने दावी गर्दै उनले नेपाल दक्षिण एसियाकै उत्कृष्ट लगानी गन्तव्य बन्न सक्ने बताए ।
सरकारले वैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराउँदै उनले लगानीसम्बन्धी सम्पूर्ण कानुन, नीति नियम सुधार गर्ने प्रतिबद्धता समेत जनाए ।
नेपालमा सयौं पर्यटकीय स्थल भएपनि सडकको दुराअवस्थाका कारण पूर्ण उपयोग गर्न नसकिएको मन्त्री डा. महतको भनाई छ । पर्यटकीय स्थललाई सडक सञ्जालले जोड्न सरकारले ध्यान दिने उनले बताए ।
नेपालको निजी क्षेत्र र भारतको निजी क्षेत्रबीच सहकार्य गरेर व्यवसाय तथा लगानी गर्न उनले सुझाव दिए ।

 

Previous Post

५ वर्षमै १० हजार मेगावाट विद्युत उत्पादन गर्ने इप्पानको दावी

Next Post

वीरगन्ज महानगरको बजेटमा २५ करोड वृद्धि

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.