esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

वीरगन्ज महानगरको बजेटमा २५ करोड वृद्धि

ईसनेश ईसनेश
प्रकाशित २०८० पुष २५, बुधबार २२:२८ बजे
वीरगन्ज महानगरको बजेटमा २५ करोड वृद्धि
3
SHARES
3
VIEWS

वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिका नगरसभाको १४ औँ अधिवेशनले चालु आर्थिक वर्षको बजेटमा २५ करोड रुपैयाँ थप गरेको छ । यसका साथै विभिन्न योजना तथा कार्यक्रमहरु परिमार्जन समेत गरेको छ ।

बुधवारदेखि सुरु भएको अधिवेशनको नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्थामा रहेका कार्यक्रम परिमार्जन गर्दै बजेट थप गरेको हो ।

अधिवेशनले विनियोजन ऐन २०८० मा समावेश भएका २०८०/०८१ को वार्षिक बजेट ३ अर्ब २१ करोडमा २५ करोड थपेर ३ अर्ब ४६ करोड पुर्‍याएको हो । अधिवेशनले खानेपानीका लागि महानगरवासीको ४ हजार घरधुरीमा धारा जडानका लागि ८० लाख रुपैयाँ थप छुट्याएको मेयर राजेशमान सिंहले बताए ।

भारतीय दुतावाससँगको सहकार्यमा महानगरका ४ हजार घरधुरीमा धारा जडानका लागि थप बजेट छुट्याएको मेयर सिंहले जनाए । दुतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरी धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नु पर्ने २० प्रतिशत रकम विनियोजन गरिएको उनले बताए ।

नगरसभामा मेयर सिंहले विभिन्न विधेयकहरु पनि पेश गरेका छन् । वीरगन्ज महानगर सभाको कार्य सञ्चालन विधेयक, संस्कृत्ति तथा सम्पदा संरक्षण एवम् सम्वर्द्धन विधेयक, संघसंस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक सभामा पेश गरिएको हो ।

बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृत्तिक स्रोत संरक्षण संशोधन विधेयकपनि पेश भएको छ । आवश्यक कानुन अभावमा काम गर्न असहज भएकाले सभामा विधेयक पेस गरेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए ।

सं नोट : ekantipur.com का लागि पत्रकार भूषण यादवले लेखेको समाचार साभार गरिएको हो ।

 

 

Tags: नगर प्रमुख राजेशमान सिंहनगर सभावीरगञ्ज महानगरपालिकाहिउँदे अधिवेशन
Previous Post

अर्थमन्त्रीको नजरमा लगानीका लागि चार उत्कृष्ट क्षेत्र :जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि

Next Post

बाल विवाह रोक्न खोज्दैनन, बरु भोज खान्छन् ।

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.