esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

बाल विवाह रोक्न खोज्दैनन, बरु भोज खान्छन् ।

छोराछोरीको जीवनभन्दा भोज प्यारो

ईसनेश ईसनेश
प्रकाशित २०८० पुष २६, बिहीबार २०:४७ बजे
बाल विवाह रोक्न खोज्दैनन, बरु भोज खान्छन् ।
133
SHARES
157
VIEWS

वीरगञ्ज ।

बाल विवाह गर्नु/गराउनु गैरकानूनी भएपनि गाउँ समाजमा खुलेआम रुपमा हुने गरेको पाईएको छ । बाराको कोल्हबी नगरपालिकामा आयोजित कार्यक्रममा सहभागीले कोल्हबीमा खुलेआम बाल विवाह हुने गरेको बताएका हुन् ।

बाल विवाह रोक्नका लागि कोहि पनि अघि नसर्ने गरेको उनीहरुको भनाई छ । युनिसेफ नेपालसँगको साझेदारीमा सामाजिक संस्था जिल्ला समन्वय समिति –एसओडीसी, पर्साले आयोजना गरेको कार्यक्रमका सहभागीले त्यस्तो बताएका हुन् ।

पालिकामा बाल विवाहलाई सम्बोधन गर्न किशोर किशोरीहरूलाई सशक्त बनाउन कार्यक्रम सञ्चालन हुँदैछ । त्यसअघि बिहीबार पालिका कार्यालयमै पालिका स्तरीय सरोकारवालाहरूसँग कार्यक्रम सम्बन्धि अभिमुखीकरण तथा समन्वय बैठकको अयोजना गरिएको थियो ।

बाल विवाह हुन लागेको बारेमा टोल छिमेकलाई थाहा हुने भएपनि रोकथामका लागि पहल नगर्ने गरेको सहभागीको भनाई छ । ‘बाल विवाह हुँदैछ भनेर छिमेकीलाई थाहा हुन्छ, तर कसैले पनि उजुरी गर्दैनन्, बरु भोज खाएर फर्कन्छन् ।’ एक सहभागीले भने ‘ पछिल्ला दिनमा कम उमेरमै किशोर किशोरी भाग्ने प्रचलन पनि बढेको छ ।’

कोल्हबी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज राउत थारुले पनि बाल विवाह रोक्नेमा भन्दा बढी भोज खानमा सक्रियता देखिएको बताए । ‘सबैले बुझेका छन, बाल विवाह गर्न हुन्न, तर देखेर पनि नदेखे झै गरेर भोज खान जान्छौं । अर्कोतिर २० वर्ष नपुगी केटाकेटी भागी हाल्ने समस्या पनि छ ।’ उनले भने ‘ शिक्षामा जोड दिन सके बाल विवाहको समस्या समाधान हुन्छ ।’

एसओडीसीसी पर्साले युनिसेफको सहयोगमा पर्सा, बारा र रौतहटका १२ वटा पालिकाका सय वटा विद्यालयमा किशोरीलाई सशक्त बनाउन कार्यक्रम सञ्चालन गर्दैछ । ६ नोभेम्बर २०२३ देखि ५ जुन २०२४ सम्म सञ्चालन हुने कार्यक्रम मार्फत २० हजार बालबालिकालाई बाल विवाह विरुद्ध सचेत बनाउने लक्ष्य छ ।

कार्यक्रममा प्रस्तुतीकरण गर्दै एसओडिसीसीकी सरस्वती खरेलले किशोरी सशक्त भएपछि बाल विवाह न्युनीकरण हुने विश्वास व्यक्त गरिन् । ‘ किशोरीलाई विद्यालय शिक्षा दिने विषय नै प्राथमिकतामा हो, तर कुनै कारणले शिक्षा दिलाउन नसकिए सीपमूलक तालिम दिलाउँछौं ।’ उनले भनिन्, ‘किशोरी कतै न कतै इन्गेज भइरहुन, जसले गर्दा बाल विवाह तिर ध्यान नजाओस, भन्ने कार्यक्रमको मुख्य उद्देश्य हो । ’ कम उमेरमा विवाह गर्दा हुने हानी नोक्सानीका बारेमा बुझाउन कार्यक्रम मार्फत मनोसामाजिक परामर्श समेत दिने उनले बताइन् ।

युनिसेफको जनकपुर कार्यालयका बाल संरक्षण विज्ञ कामदेव खनालले किशोरीलाई विद्यालयमा टिकाउन सके ‘बाल विवाह’ कम हुने धारणा राखे । ‘ स्कुल जाने किशोरीलाई सहयोग गर्ने, नजानेलाई लेखपढ गर्न र मोबाईल चलाउन सिकाउने, पढाइसँगै सीपमूलक तालिम दिएर सक्षम बनाउने हो ।’ उनले भने । पालिकामा बाल कल्याण अधिकारी तोकेर बालबालिकाको हितमा काम गर्न उनले सुझाए ।


एसओडिसीसीका अध्यक्ष इब्राहिम देवानले विधालयमा किशोरीलाई सबल बनाउन सके बाल विवाह नियन्त्रण आउने बताए । ‘बालबालिका शिक्षाबाट वञ्चित छन् । शारीरिक र मानसिक स्वास्थ्यमा असर परेको छ । घर परिवार, समाजलाई असर पार्छ ।’ उनले भने ‘ तसर्थ हामी सबै मिलेर बाल विवाहलाई रोक्नुपर्छ ।’
६ महिनासम्म संस्थाले कार्यक्रम सञ्चालन गर्ने बताउँदै उनले पालिकाले बजेट छुट्याएर काम अघि बढाउन आग्रह गरे ।

उप प्रमुख लक्ष्मीकुमारी चौधरीले बाल विवाह रोक्न पालिकाले आवश्यक कदम चाल्ने बताए । ‘ बाल विवाहको समस्या देशभरी नै समस्या छ ।’ उनले भनिन् ‘जति भनेपनि सम्झदैनन्, तर भन्नुपर्छ, सबैको आँखा खुलाउनुपर्नेछ ।’


नगर प्रमुख राम प्रसाद चौधरीले बुझेर बुझ पचाएका कारण समस्या बनेको बताए । ‘ बाल विवाह समाजमा जकडिएको समस्या हो । यसले दुरगामी असर पार्छ । कम उमेरमा भागेरै किन नहोस विवाह गर्दा स्वास्थ्यमा गम्भिर असर पर्छ, परिवारमा कलह बढ्छ । उनीहरुबाट जन्मने बच्चा स्वस्थ हुँदैन, जति मेहनत गरेपनि आर्थिक स्तर माथि उकास्न सक्दैनन् । ’ उनले भने ।

अधिकारको कुरा गर्ने तर कर्तब्य पालना नगर्ने हुँदा समाजमा विकृति कायम रहेको उनको भनाई छ । बाल विवाह रोक्न शिक्षामा जोड दिएको दावी गर्दै उनले स्नातक तह पढेपछि विवाह गर्नेलाई प्रोत्साहन गर्ने नीति पालिकाले लिने बताए ।
‘आवश्यकता धेरै छ बजेट थोरै छ । तरपनि किशोरी सशक्तीकरण कार्यक्रमलाई दिगोपन दिनका लागि नगरपालिका प्रतिबद्ध छ ।’ नगर प्रमुख चौधरीले भने ।
पलिकामा बाल विवाहसँगै लागु औषध दुब्र्यसन पनि नियन्त्रण गर्न जरूरी रहेको उनले बताए ।

 

Tags: किशोरी सशक्तीकरणकोल्हबी नगरपालिकाबाल विवाहयुनिसेफसामाजिक संस्था जिल्ला समन्वय समिति
Previous Post

वीरगन्ज महानगरको बजेटमा २५ करोड वृद्धि

Next Post

दम्पतीबीचको झगडा यसरी सुल्झाउनु

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.