esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

दम्पतीबीचको झगडा यसरी सुल्झाउनु

ईसनेश ईसनेश
प्रकाशित २०८० माघ २, मंगलवार १५:३९ बजे
दम्पतीबीचको झगडा यसरी सुल्झाउनु
3
SHARES
3
VIEWS

संसारमा कुनै जोडी छैन होला, जसले एकापसमा झगडा चाहन्छन् । तर भनिन्छ नि, सबै कुरा हाम्रो हातमा हुँदैन । श्रीमान–श्रीमतीको सम्बन्धमा पनि ठ्याक्कै यस्तै हो । कहिलेकाहीं नचाहेर पनि परिस्थिति यस्तो हुन्छ कि झगडा भई नै हाल्छ ।

यद्यपि, हरेक विवाहित सम्बन्धमा सानातिना झगडा हुन्छन् र दम्पतीले समाधान गरेर अगाडि बढ्छन् । तर कहिलेकाहीं सानातिना झगडाले पनि ठूलो रुप लिन्छ र कुरा सम्बन्ध विच्छेदसम्म पुग्छ । त्यसो भए झगडालाई ठूलो रुप लिन नदिन के गर्ने त ? जीवनसाथीसँगको विवादलाई के कस्ता बानीले चर्काउन सक्ला ?


  • बोल्दाबोल्दै ठूलो स्वर गर्ने

झगडा दुवैबाट यस्ता कुरा बोल्दा समस्या आउन थाल्छ । जुन दुवैलाई सहन सहज हुँदैन । आफनो पार्टनरसँग कुनै कुरामा रिस उठ्दा उसले ध्यान दिइरहेको छैन । जसकारण धेरैजसो आवेशमा आएर चर्को स्वरमा बोल्नु हुन्छ । आफनो तर्क साबित गर्न कराउन सुरु गरिन्छ । कतिपय बेला अभद्र भाषा पनि रिसमा प्रयोग हुन्छन् ।

यसले सम्बन्धलाई बिगार्ने मात्र होइन, सम्बन्ध विच्छेदसम्मको अवस्थामा समेत पु¥याउन सक्छ । यस्तो अवस्थामा सकेसम्म शान्तिपूर्ण ढंगले समस्याको समाधानतर्फ लैजानुपर्छ ।

  • एकअर्कालाई दोष लगाउने

झगडा हुँदैमा सम्बन्ध खत्तम हुँदैन । तर झगडापछि एकअर्कालाई दोष दिनु ठीक होइन । साना–साना कुरालाई उठाउँदै झगडा गर्ने बानी छ भने यसले तपाईंको सम्बन्धमा चिसोपन ल्याउन सक्छ । यस अवधिमा एकअर्काको गल्ती गन्नुको सट्टा समझदारी देखाएर कुरालाई शान्त पार्नु राम्रो हुन्छ ।

  • कुरालाई अपूरो छाड्ने

कसैको बानी कुनै कुरालाई लिएर बहस सुरु गरी नसल्टाई अचानक मौन बस्ने हुन्छ । तर मौन बस्नु समाधान होइन । यसले सल्किरहेको आगोमा घिउ थप्नु सरह हुन जान्छ । यसो गरेमा पार्टनरले टाढा भागिरहेको अनुभव गर्न सक्छन् । यस्तो व्यवहारले समस्या मात्र बढाउँदैन । सम्बन्ध पनि पहिलेको जस्तो हुनेछैन ।

  • एकअर्कालाई शत्रु मान्ने

श्रीमान्–श्रीमतीबीचको अनावश्यक झगडाले उनीहरुको सम्बन्धलाई कमजोर बनाउँछ । तर झगडापछि एकअर्कालाई शत्रु ठानेपछि भने झन् ठूलो समस्या खडा हुन्छ । यस क्रममा उनले आफू एउटै छतमा रहेको कुरा बिर्सन्छन् । यदिे हात हालाहाल नै हुने सिर्जना पैदा भई तिनीहरूमध्ये एकलाई पनि चोट पुग्यो भने उनीहरूको दाम्पत्य जीवनमै ठूलो असर गर्छ । त्यसैले एकअर्काविरुद्ध हुँदा कुनै पनि समस्या समाधान हुँदैन, झन् जटिल बन्दै जान्छ । यसो गर्नाले सम्बन्ध अन्धकार हुदै सबै कुरा हातबाट फुस्किन सक्छ ।

  • कसरी सुल्झाउने ?

झगडा एक पटक सुरु भएपछि कसरी रोक्ने ? यो जान्न गाह्रो हुन सक्छ । द्वन्द्व रोक्न असम्भव जस्तो लाग्न सक्छ । झगडा घरको काम वा स–सानो असहमतिदेखि, शंका वा आर्थिक लेनदेन प्रमुख झगडाको दायरामा हुन सक्छ । यस्तोमा कस्तो प्रकारको असहमति छ भनेर पहिचान गर्न महत्त्वपूर्ण छ । किनभने यसले बहस रोक्न उत्तम तरिका निर्धारण गर्न मद्दत गर्नेछ ।

सम्बन्धमा विवाद रोक्ने एउटा तरिका भनेको विवाद चुलिंदै गएपछि केहीबेर दुवैले विश्राम लिन सकिन्छ । यसले प्रत्येक व्यक्तिलाई वार्तालाप जारी राख्नुअघि स्थितिमा चिन्तन गर्न समय दिन्छ ।

विवाद हुँदा भन्न सकिने केही प्रभावकारी वाक्य पनि छन् । जसले तातेको माहोललाई सेलाउँछ ।

  • ‘मलाई यसको बारेमा सोच्न दिनुहोस्’

यति भनिसकेपछि केही समय दुवै शान्त रहन्छ्न । यस्तोमा पाटर्नरले विचारलाई ख्याल गरेको जनाउँछ । समय लिएर सोच्दा समस्याको समाधान पक्कै निस्कन्छ ।

  • ‘तपाईं सही हुन सक्नुहुन्छ’

यो वाक्यले विवादित बनेको विषयमा सकरात्मक सम्झौता गर्न इच्छुकता देखाउँछ । यो संकेत धेरैजसो व्यक्तिको स्थितिलाई नरम बनाउन पर्याप्त छ । र, उनीहरूलाई एक कदम फिर्ता लिन सोच्न बाध्य बनाउँछ ।

  • ‘मैले बुझें’

यी शक्तिशाली शब्दहरू हुन् । झगडा भावना र अवस्था नबुझ्दा हुने गर्छ । यदि भनेको कुरा राम्रोसँग सुनेर आफूले बुझेको बताँउदा यसले सहानुभूतिको संकेत देखाउँछ । बुझ्नुको अर्थ गलत कुराको पनि सहमत हुनु होइन । बुझ्नु भनेको समस्या समाधान गर्नैपर्छ भन्ने होइन । तर सुनेर गलत भए शान्त भएर सम्झाउन मद्दत गर्छ ।

  • ‘मलाई माफ गर’

गल्ती स्वीकार गर्दा सानो भइने सोचले धेरै व्यक्ति माफी माग्न हिच्किचाउँछन् । तर कहिलेकाहीं विवादमा माफी माग्दा सहानुभूति व्यक्त हुन्छ । यसले रिसको भावनालाई एकैछिनमा मार्न सक्छ ।

(मनोविद् डा. करुणा कुँवरसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित) – साभार

Previous Post

बाल विवाह रोक्न खोज्दैनन, बरु भोज खान्छन् ।

Next Post

शिक्षकलाई मनोसामाजिक परामर्श तालिम, विद्यार्थी लाभान्वित

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.