esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

थानकोट–चित्लाङ सडक स्तरोन्नतीका लागि बजेट छुट्याउन माग

ईसनेश ईसनेश
प्रकाशित २०८० माघ ५, शुक्रबार १२:१४ बजे
थानकोट–चित्लाङ सडक स्तरोन्नतीका लागि बजेट छुट्याउन माग
65
SHARES
77
VIEWS

चित्लाङ
पुस २८ गते शनिवार काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खस्यो । सेतो पहरामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो ।
काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारी तथा लाजिम्पाटका डा.महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको उपचार क्रममा बयोधा अस्पतालमा मृत्यु भयो भने कार दुर्घटनामा पर्नु अघि नै झरेका कारण डा. सृष्टि तिवारी गौतम मात्र सकुशल रहिन् । परिवारका सबै सदस्य गुमाएर एक्लै परेकी सृष्टि भाव विव्हल छिन् ।

यो घटनापछि थानकोट चित्लाङ सडक खण्डको दुरा अवस्थाबारे चिन्ता र चासो शुरु भएको छ । सरकारले उदासिनता देखाएका कारण सडक धराप बनेर बसेको स्थानीय बासिन्दाको आरोप छ ।

यसैक्रममा सरोकारवालाको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई भेटेर सडकका लागि बजेट विनियोजन गरिदिन आग्रह गरेको छ । चालु आर्थिक वर्षमा १० करोड बजेट दिन र ४० करोडको स्रोत सुनिश्चित गरिदिन टोलीले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो ।मकवानपुर–२ बाट निर्वाचित सांसद महेश वर्तोला, पूर्व सांसदहरु रामनारायण बिडारी, सुभाष चन्द्र ठकुरी, नेपाली काँग्रेसका नेता जयराम लामिछाने, थाहा नगरपालिका मेयर बिष्णु बिष्ट ‘आदर्श’, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामी, नेकपा एमाले थाहाका सचीव रामकृष्ण बस्नेत लगायतको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका हुन् ।प्रधानमन्त्री प्रचण्डले थानकोट–चित्लाङ सडकको बारेमा जानकार रहेको बताउँदै सरकारले आवश्यक बजेट उपलव्ध गराउने आश्वासन दिनुभएको सांसद बर्तौलाको स्वकीय आशिष अस्लामीले जानकारी दिए ।

Previous Post

शिक्षकलाई मनोसामाजिक परामर्श तालिम, विद्यार्थी लाभान्वित

Next Post

स्थानीय उत्पादन र मौलिक खानाको प्रवर्द्धन गर्छौ –उद्योग मन्त्री रिजाल

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.