esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

स्थानीय उत्पादन र मौलिक खानाको प्रवर्द्धन गर्छौ –उद्योग मन्त्री रिजाल

ईसनेश ईसनेश
प्रकाशित २०८० माघ ६, शनिबार ११:१९ बजे
स्थानीय उत्पादन र मौलिक खानाको प्रवर्द्धन गर्छौ –उद्योग मन्त्री रिजाल
17
SHARES
20
VIEWS

काठमाडौं ।
उद्योण वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले स्वदेशी मौलिक एवंम रैथाने उत्पादनको प्रवद्र्धनका लागि सरकारले विशेष कदम चालको बताएका छन् । वल्र्डमार्ट युनिक सोलुशन प्रालीद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको उत्पादन तथा परिकार मेलाको (चौरासी व्यञ्जन) अवलोकनको क्रममा मन्त्री रिजालले त्यस्तो बताएका हुन् । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी कानूनलाई फुकाउने प्रयास भइरहेको जानकारी दिए ।

मन्त्री रिजालले इनोभेटिभ उद्योग तथा व्यवसायलाई प्रवद्र्धन गर्नु आजको आवश्यकता भएको बताए । “स्वदेशमा बसेर उद्योग व्यवसाय गर्न चाहने युवाहरुका लागि प्राथमिकतामा राखेर मन्त्रालयले नयाँ उद्यमीको लागि लक्षित गरेर स्टार्टअप कार्यक्रम ल्याएका छौं,” मन्त्री रिजालले भने “ प्याकेजिङमा सुधार गर्दे नेपाली उत्पादनको बजारीकरण आजको आवश्यकता हो ।”

मौलिक बजार तथा मौलिक भान्छाघरका सञ्चालक सुमन दाहालले ‘एक स्थानीय तह एक उत्पादन’ ब्रान्डिङ गर्ने लक्ष्य अनुसार सात प्रदेशको १५ पालिकाबाट सामान संकलन गरेर बजारीरण सुरु गरिएको बताए । मन्त्रालयले समेत सहजीकरण गरिदिने हो भने गाउँ गाउँका मौलिक एवंम रैथाने उत्पादनको बजारीकरणमा सबै पालिकासँग सहकार्य गर्न सकिने उनको भनाई छ । कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायण सिग्देलले सरकारसँगको सहकार्यमा बाँझो जमिन रहित पालिका बनाउन सकिने बताए । स्वदेशी उत्पादन वृद्धि गर्नका लागि विद्यालय तहबाट विद्यार्थीलाई कषि कर्ममा परिचालन गर्दे जान सकिने उनको सुझाव छ ।

मौलिक बजार मौलिक भान्छाघरले अर्गानिक फार्म, पशुपन्छी फार्म, फार्मस्टे, एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग, ७५३ वटै स्थानीय तहहरुमा खरिद बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहालय साथै देशभित्रका मौलिक चाडपर्व, संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्न ७ प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक–भान्छाघर तथा सांस्कृतिक हल समेतको मौलिक परियोजना सञ्चालन गरिरहेको छ ।

मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकारहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्वन गर्ने मौलिक बजार तथा मौलिक भान्छाले यही माघ १ गते देखी ७ गतेसम्म २००० भन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य सहित मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गरेको हो । कार्यक्रममा माघे संक्रान्ति तथा ७ प्रदेश विशेष परिकार र ८४ व्यञ्जनका साथै सांस्कृतिक कार्यक्रमको साथमा सातै प्रदेशका स्थानीय पालिकाको उत्पादनको स्टल र ४२ व्यञ्जनको बुफेट समेत रहनेछ ।

Previous Post

थानकोट–चित्लाङ सडक स्तरोन्नतीका लागि बजेट छुट्याउन माग

Next Post

सुरक्षित गर्भपतन सेवाबारे कानूनी व्यवस्था

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.