esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

ईशा विल्ड मार्ट : सपनाको घर बनाउने साथी

ईसनेश ईसनेश
प्रकाशित २०८० माघ ८, सोमबार १९:३७ बजे
ईशा विल्ड मार्ट : सपनाको घर बनाउने साथी
180
SHARES
212
VIEWS

वीरगञ्ज ।
वीरगञ्जको लिंक रोडमा सोमबारदेखि ईशा विल्ड मार्ट सञ्चालनमा आएको छ । वीरगञ्जका युवा उद्यमीहरु सन्दिप अग्रवाल, अनुप अग्रवाल, राकेश साह र दिनेश बंकाले बिल्ड मार्ट सञ्चालनमा ल्याएका हुन् । मार्टमा झण्डै १५ करोडको हाराहारीमा लगानी भएको सञ्चालकहरु बताउँछन् ।
मार्टमा घर निर्माणसम्बन्धी सेनेटरी वेयर, टायल्स, मार्बलसाथै इलेक्ट्रिक फिटिङ्गका गुणस्तरीय सामग्री एउटै छनामुनि सुपथ मूल्यमा पाइने सञ्चालकहरु बताउँछन् । मार्टमा सिल्क वेयर, अमेरिकन स्ट्यान्डर्ड लगायत विभिन्न ब्राण्डका सेनेटरी आइटमहरु, एजीएल, नेपोभिट लगायतका टायल्सहरु, ओम, शिवम, पञ्चकन्या लगायतका पाईप फिटिङका सामाग्रीहरु तथा लिग्रान्ट, ओपल लगायत अन्य बिजुलीका सामानहरु उपलब्ध छन् ।
एउटै छानामुनी घर निर्माणका क्रममा आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको सञ्चालक अनुप अग्रवालले जानकारी दिए ।
‘मार्ट खोल्नुको मुख्य उद्देश्य ग्राहकवर्गलाई निर्माण सामाग्री खरिद गर्न सहज बनाउने नै हो । त्यसैले एउटै छानामूनी सबै खाले निर्माण सामाग्री उपलब्ध गराउन खोजेका छौं ।’ उनले भने ‘ स्वदेशमै केहि गरौं भनेर कोशिस गरेका छौं । सबैको साथ सहयोग भयो भने सफल हुनेमा ढुक्क छौं ।’
सेनेटरी वेयर, टायल्स, मार्बल साथै इलेक्ट्रिक फिटिङ्गका सामाग्रीसँगै छड सिमेन्ट पनि उपलब्ध गराउने तयारीमा रहेको उनले सुनाए ।
ग्राहकलाई सपनाको घर बनाउन साथी बन्ने उद्देश्यले विल्ड मार्ट सञ्चालनमा ल्याईएको अर्का सञ्चालक रोकश साहले बताए ।
‘घर बनाउनुपर्दा १० वटा पसल चहार्नुपर्ने, १० किसिमको मिस्त्रीकोमा धाउनुपर्ने हुन्छ । विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिहरुसँग त्यसका लागि समय नै हुँदैन । घरमा के सामाग्री लगाउने ? कहाँ लगाउने ? कसरी लगाउने ? कति खर्च लाग्छ ? सबै ठेकेदार वा मिस्त्रीकोमा भरमा हुन्छ । यसो हुँदा गुणस्तर र लागत दुवैमा सम्झौता गर्नुपर्ने हुन्छ ।’ राकेश भन्छन्, ‘ मार्ट एकै ठाउँमा सबैखाले सामाग्री पाइने हुँदा यी सबै झण्झटबाट मुक्ति मिल्छ । गुणस्तर र लागतमा सम्झौता गर्न पर्दैन । ’
अर्थतन्त्रमा सुधार आएपछि थप सामाग्रीहरु पनि उपलब्ध गराउने सोच बनाएको उनले बताए ।
अरु भन्दा ईशा बिल्ड मार्ट कसरी फरक छ त ? भन्ने प्रश्नको उत्तरमा सञ्चालक साहले भने, ‘मल्टी ब्रान्डको सुविधा छ, साधारणदेखि ब्रान्डेड सामाग्री एकै थलोमा उपलब्ध छ, ग्राहकवर्गलाई सामाग्रीको प्रयोगका बारेमा पनि जानकारी गराउँछौं, सही स्टिमेसन गरेर सामाग्री बिक्रि गर्ने तथा प्रयोग नभएको सामाग्री फिर्ता लिने सुविधा छ ।’
घर निर्माणसँग सम्बन्धित विभिन्न मिस्त्रीहरुसँग सम्पर्क गराउने, मक अप हेरेर सामाग्री लिन सकिने, आफ्टर सेल्स सर्भिस, ग्यारेन्टी÷वारेन्टीको सुविधा समेत रहेको अर्का सञ्चालक सन्दीप अग्रवालले बताए ।
‘चुनौती सामना गर्नु नै पर्छ, चुप लागेर बसेर हुँदैन ।’ उनले भने ‘ मेड इन नेपाललाई प्रवद्धन गर्न पनि लागि परेका छौं । मार्टमा नेपाली ब्राण्डका सामान भेटिन्छ ।’
मार्टको अवलोकनमा पुगेका नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश अध्यक्ष अशोक टेमानीले युवाहरुले वीरगञ्जमा नौलो ढंगले व्यवसाय शुरु गरेको बताए । खुल्ला सीमाको दुरुपयोग गर्दै हुने तस्करी व्यवसायीका लागि ठूलो चुनौती रहेको उनको भनाई छ ।
गुणस्तरीय सामाग्री खोज्ने सचेत उपभोक्ताका लागि मार्ट सहयोगी हुने वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले बताए ।
‘व्यवसायी त गरिखाने वर्ग हो । आर्थिक संकट व्यवसायीको कारण हैन, सरकारको गलत आर्थिक नीतिका कारण आएको हो । ’ उनले भने ‘ वीरगञ्जको विकासका लागि सेनेटरी, टायल्सका मात्र नभई अन्य क्षेत्रमा पनि यस्तो व्यवसायहरुको थालनी हुनुपर्छ ।’

तस्वीरमा हेर्नुस ईशा विल्ड मार्ट

 

Previous Post

प्याब्सन जुनियर फुटबल : गौतम, मुनलाइट र बिकन मा. वि. विजयी

Next Post

उखुखेती छोड्दै मधेशका किसान

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.