esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

उखुखेती छोड्दै मधेशका किसान

ईसनेश ईसनेश
प्रकाशित २०८० माघ ११, बिहीबार १०:०८ बजे
उखुखेती छोड्दै मधेशका किसान
2
SHARES
2
VIEWS

वीरगञ्ज । सरकारले समयमै मूल्य नतोक्ने, उचित मूल्य नपाइने र मिल सञ्चालकले समयमा भुक्तानी नगर्ने लगायत कारणले मधेशका किसानले उखुखेती छोड्दै गएका छन्।

उखुबाट छरछिमेकका किसानले राम्रो आम्दानी गरेको देखेपछि सर्लाहीको धनकौलका रामकल्याण यादव पनि उखुखेतीतिर लागे। केही वर्ष राम्रै आम्दानी भयो। “सुगर मिलले पैसा दिन ढिलाइ गर्‍यो, घाटा लाग्न थाल्यो,” रामकल्याण भन्छन्, “मिल सञ्चालनका लागि किन खेती गर्नु? अब उखुखेती गर्न छोड्दै छु।”

धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उखुको भुक्तानी गरेको छैन। “पोहोर सालकै उखुको पैसा पाएको छैन,” रामकल्याण गुनासो गर्छन्।

धनकौलका किसानले पोहोर साल बेचेको उखुको पैसा अहिलेसम्म पाएका छैनन् जबकि यस वर्ष पनि उखु बिक्री गर्ने समय भइसकेको छ। यसरी समयमै भुक्तानी नपाउँदा रामकल्याण जस्तै कैयौं किसान उखुखेती नै गर्न छोड्न थालेका छन्।

 

सर्लाहीको छिमेकी जिल्ला रौतहटका किसानको हालत पनि उस्तै छ। समयमा उखु बिक्री नहुने, बिक्री भएपछि पनि पैसा नपाइने लगायत समस्याका कारण उनीहरू अन्य खेतीतिर लागिरहेका छन्।

गाउँ नजिकै श्रीराम सुगर मिल स्थापना भएपछि रौतहटका भोजिन्द्र यादवले उखुखेती शुरू गरेका थिए। केही वर्ष राम्रो आम्दानी पनि भएको थियो। “मिल बन्द भयो, उखु पनि बिक्री भएन,” भोजिन्द्र भन्छन्, “अहिले त उखुखेती गर्न छोडें, अरू खेतीपाती गर्दै छु तर उखुको जस्तो आम्दानी हुँदैन।”

गरुडामा स्थापना भएको श्रीराम सुगर मिल सञ्चालन हुँदा उखु किसान जति हौसिएका थिए, बन्द भएपछि त्यति नै निराश छन्। चिनी मिललाई बिक्री गरेको उखुको भुक्तानी समेत समयमा नपाउने भएकाले किसानले बिस्तारै खेती छाड्न थालेका हुन्।

मधेश प्रदेशको विशेष गरेर उत्तरी भेगमा उखुखेती धेरै हुन्छ। तर किसानले समयमा भुक्तानी पाउन नसकी दबाबका लागि आन्दोलनसम्म गर्नुपरेको थियो। तैपनि समस्या समाधान नभएपछि उखुखेतीको सट्टामा अन्य विकल्प अपनाउन थालेका हुन्।

नगदे बालीका रूपमा रहेको उखु सजिलै बिक्री हुने र समयमै भुक्तानी पाइने भएपछि किसान आकर्षित थिए। तर सरकारले सधैं ढिलो गरी उखुको समर्थन मूल्य तोक्ने, हरेक वर्ष उधारोमा उखु बेच्नुपर्ने र बेचिसकेपछि पनि पैसा नपाइने भएपछि उखुखेतीप्रतिको आकर्षण कम हुँदै गएको भोजिन्द्र बताउँछन्।

नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक अध्ययनमा पनि उखुखेती घट्दै गएको जनाइएको छ। अहिले ३३.१८ प्रतिशतले उखुखेतीमा ह्रास आएको राष्ट्र ब्यांकको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र ब्यांकले पनि समयमै उखुको मूल्य नपाएको, न्यून मूल्यका कारण उखुखेतीभन्दा खाद्यान्न बालीमा फाइदा हुने गरेको तथा थप बाली लगाउन प्रोत्साहन नहुँदा उखु उत्पादनमा ह्रास आएको जनाएको छ। उद्योग बन्द हुनुलाई पनि उखुखेती घट्नुको कारण मानिएको छ।

श्रीराम सुगर मिल्स बन्द भएपछि गरुडा क्षेत्रमा उखुखेती गर्ने किसानको संख्या उल्लेखनीय रूपमा घटेको राष्ट्र ब्यांकको प्रतिवेदनमा औंल्याइएको छ। तिनैमध्ये एक हुन्- भोजिन्द्र। मिल हुँदा पनि किसानलाई समस्या नै भएको उनी सुनाउँछन्। “श्रम लगाएर खेती गर्‍यो, पहिले त समयमा बिक्री नहुने। त्यसपछि भुक्तानी समेत समयमा नपाउने,” उनी भन्छन्, “धेरैले पहिले नै छोडेका थिए। मिल बन्द भएपछि अलि अलि उखुखेती गरिरहेका किसानले पनि छोडे।”

किसानले उखुखेती गर्न छोडेपछि सुगर मिललाई पनि कच्चा पदार्थको अभाव छ। अहिले सञ्चालनमा रहेका मिललाई आवश्यक मात्रामा उखु पाउन गाह्रो हुन थालेको छ। रौतहटको बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबरा भन्छन्, “नयाँ किसानलाई उखुखेतीतर्फ आकर्षित गराउन नसकिएका कारण पनि समस्या आएको छ।”

देशमै सबैभन्दा बढी उखुखेती हुने जिल्लामा पर्छ, सर्लाही। सर्लाहीमा तीन वटा सुगर मिल छन्। एउटा चिनी मिल बन्द भएको छ भने हरिवनस्थित इन्दुशंकर चिनी उद्योग र बगदहस्थित महालक्ष्मी चिनी उद्योग सञ्चालनमा छन्।

सहज रूपमा भुक्तानी नपाइने कारण यहाँका किसान पनि बिस्तारै उखुखेतीबाट पलायन हुँदै छन्। जसले मधेश प्रदेशमा उखुखेती घट्दै गएको छ।
जनकपुरका पत्रकार विरेन्द रमणले www.himalkhbar.com का लागि लेखेका छन् ।

Previous Post

ईशा विल्ड मार्ट : सपनाको घर बनाउने साथी

Next Post

मधेश प्रदेशको समृद्धिका लागि उद्योगीले थाले पहल

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.