esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

मधेश प्रदेशको समृद्धिका लागि उद्योगीले थाले पहल

ईसनेश ईसनेश
प्रकाशित २०८० माघ ११, बिहीबार २०:३० बजे
मधेश प्रदेशको समृद्धिका लागि उद्योगीले थाले पहल
60
SHARES
71
VIEWS

वीरगञ्ज ।
मधेश प्रदेश सुगम भएपनि विकासका सूचकांकका हिसाबले कमजोर छ । उद्योग, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा पछाडि छ । बारा पर्सा औद्योगिक करिडोरमा अलि बढी उद्योग कलकारखाना छन् । रौतहट, सर्लाहीमा चिनी उद्योग सञ्चालनमा छ ।
कृषि क्षेत्रमा प्रचुर संभावना भएपनि उपयोग हुन सकेको छैन, कृषि क्षेत्रका विज्ञका अनुसार ३५ देखि ४० प्रतिशत भूभागमा मात्रै सिंचाइ सुविधा पुगेको छ । जमिन उत्पादनशील भएपनि ४० प्रतिशतको हाराहारीमा मात्रै उत्पादन लिन सकिएको छ ।
स्वास्थ्य क्षेत्रमा पनि कमजोर नै छ । जनकपुर र वीरगञ्जमा ठूला सरकारी अस्पताल भएपनि रिफरल सेन्टरको रुपमा छ । मधेश प्रदेशमा ४ हजार ६ सय ६९ वटा विद्यालय छन् । नेपालकै जेठो क्याम्पस मध्येको एक ठाकुरराम बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर खस्केको छ ।
राम्रा होटलहरु खुलेको भएपनि पर्यटकलाई अल्झाउने प्याकेज छैन । भरत ताल, नुनथर, पर्सा राष्ट्रिय निकुञ्ज लगायतका आन्तरिक पर्यटकीय गन्तव्य बनेपनि बाहिरबाट पर्यटक तान्न नसकेको अवस्था छ ।
यस अवस्थालाई मध्यनजर गर्दै उद्योग वाणिज्य महासंघ मधेस प्रदेश समितिले प्रदेश समृद्धि यात्राको थालनी गरेको छ । यात्राका क्रममा प्रदेशका ८ वटै जिल्लामा सरोकारवालासँग छलफल गर्ने र त्यसकै आधारमा मधेश भिजन २०९० तयार गर्ने महासंघका अध्यक्ष अशोक टेमानीले बताए ।
‘जिल्लामा बजेट कति छ ? कति खर्च हुन्छ ? के के मा खर्च भएको छ ? उद्योगले के कति सहुलियत पायो ? शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि क्षेत्रमा के कति विकास भयो ? राजश्वमा योगदान कति गर्छ ? भन्ने बारे जिल्लाका सरोकारवाला निकायका अधिकारीसँग छलफल गर्छौ ।’ उनले भने ‘ छलफलबाट आएका विचारहरुको आधारमा १० वर्षपछि मधेश प्रदेश कस्तो हुने हो ? मधेश भिजन २०९० पुस्तक निकाल्छौं ।’
मधेस प्रदेश समितिले बिहीबार वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा सरोकारवालासँग छलफल गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार र निजी क्षेत्रले हातेमालो गरेर समृद्धिको यात्रा तय गर्नुपर्ने बताएका छन् । सरकार एकातिर निजी क्षेत्र अर्कोतिर हुँदा समृद्धि आउन नसक्ने उनीहरुको धारणा छ ।
प्रमुख भन्सार प्रशासक डिल्लीराम पन्थीले द्रुत मार्ग बनेपछि बारा, पर्साको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । पर्यटकलाई रोक्न सक्नुपर्ने, उद्योगमा नेपाली कामदार राख्नुपर्ने, मजदुर र उद्योगीको छोराछोरी पढ्ने विद्यालय एउटै हुनुपर्ने धारणा उनले राखे । जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले स्थानीय सरकार र व्यवसायीबीच समन्वय गरेर समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताए ।
कृषि अनुसन्धान केन्द्र परवानीपुरका कृषि वैज्ञानिक विश्वेश्वर प्रसाद यादवले कृषिलाई पर्यटन र उद्योगसँग जोड्नुपर्ने बताए । कृषिमा लगानी हुन नसकेको बताउँदै उनले कृषिमा अनुसन्धान, प्रसार र शिक्षाको समन्वय आवश्यक रहेकोमा जोड दिए ।
मधेश विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्यले अबको शिक्षा नवप्रवर्तन तर्फ उन्मुख हुने बताए । उनले वीरगञ्जमा रिसर्च एण्ड इनोभेसन सेन्टर खोल्ने तयारी भईरहेको जानकारी दिए ।
न्यु विजनेश एज र अभियान राष्ट्रिय दैनिकका सम्पादक मदन लम्सालले मधेश प्रदेश र पर्सा जिल्लाको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले विकासका विभिन्न आयममा निरन्तर छलफल आवश्यक रहेको बताए ।

Previous Post

उखुखेती छोड्दै मधेशका किसान

Next Post

प्रतिमा चोकमा हटाइयो अतिक्रमण गरेर बनाइएका संरचना

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.