esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

उद्योगमा सौर्य उर्जा जडानका लागि अनुदान दिइने

ईसनेश ईसनेश
प्रकाशित २०८० माघ १६, मंगलवार २०:३७ बजे
उद्योगमा सौर्य उर्जा जडानका लागि अनुदान दिइने
354
SHARES
416
VIEWS

वीरगञ्ज ।
बारा पर्सा औद्योगिक करिडोरका उद्योगहरुमा सोलार रुफटप जडानका लागि पहल थालिएको छ । उद्योगमा डिजेल इन्धन घटाउँदै कार्बन उत्सर्जनमा कमी ल्याउने उद्देश्यले सोलार रुफटप जडान गर्न आग्रह गरिएको हो ।

त्यसका लागि नेपाल सरकारको उर्जा, जलश्रोत तथ सिंचाई मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले वीरगञ्जमा उद्योगी व्यवसायीहरुसँग छलफल गरेको छ । वीरगञ्ज उद्योग वाणिज्य संघसँगको सहकार्यमा आयोजित कार्यक्रममा डिकेटीआई सोलार प्रोजेक्टको बारेमा जानकारी गराईएको थियो ।

डिकेटीआइ ग्रामिण र अर्धशहरी क्षेत्रमा सोलार इनर्जीलाई प्रवर्द्धन गर्न वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले जर्मन सरकारको सहयोगमा सञ्चालन गरेको परियोजना हो । रुफटपमा सोलार प्यानल जडान गरेर सोलार इनर्जी उत्पादन गरी उद्योगमा प्रयोग गर्दा परियोजनाले गर्ने सहयोगको बारेमा कार्यक्रममा बताईएको थियो । यसो गर्दा उद्योगमा डिजेल इन्धन प्रयोग घट्नुको साथै बढी भएको इनर्जी विद्युत प्राधिकरणको नेशनल ग्रिडमा समेत जोड्न सकिने दावी केन्द्रको छ ।

परियोजनाका डेप्युटी टिम लिडर खेमराज भण्डारीले रुफटप सोलार जडानका लािग सरकारी नीति, पाउने अनुदान र ग्रिडमा कसरी जोडिने भन्ने बारेमा जानकारी गराएका थिए । उनले उद्योगमा ५ सय किलोवाट सोलार प्यानल रुफटपमा जडान गर्दा लाग्ने लागतको अनुमान र सोलार दिने फाइदाको बारेमा बताए ।‘ स्वच्छ उर्जा प्रयोग गर्न चाहाने उद्योगीलाई प्रोत्साहनका लागि यो अनुदान कार्यक्रम ल्याइएको हो । ’उनले भने ‘बिहान बेलुका सोलारले सहयोग गर्न सक्दैन, तर घाम लागेको दिनमा राम्रो सहयोग गर्छ । ग्रिडबाट प्रयोग हुने विद्युतको लागत र डिजेलको प्रयोग घटाउँछ । उद्योगमा प्रयोग हुन नसकेको इनर्जीलाई बेचेर पनि लाभ लिन सकिन्छ ।’

उद्योगमा सोलार जडानपछि स्तरीय विद्युत उत्पादन हुनुको साथै उत्पादन लागत घटाउन मद्दत पुग्ने उनको भनाई छ ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सौर्य उर्जा जडानका लागि उद्योगीले लिएको ऋणको ५० प्रतिशत ब्याज ५ वर्षसम्म अनुदान समेत दिने रुफटप संयोजक निरज सापकोटाले बताए ।

वातावरण तथा सामाजिक सुरक्षा विज्ञ अनुसुया जोशीले परियोजनाले वातावरणमा पार्ने प्रभाव र वातावरणले परियोजनामा पार्ने प्रभावको मुल्यांकनका लागि सहयोग हुने बताइन् । यति कार्पेटका व्यवस्थापक धर्मेन्द्र यादवले उद्योगमा ३ सय किलोवाटको सोलार प्यानल जडान गरिएको बताए । ३० दिनमा जडानको कार्य सम्पन्न भएको बताउँदै उनले सोलार जडानपछि जेनेरेटरको प्रयोग घटेको जानकारी दिए ।
‘घण्टामा ६० लिटर डिजल खपत हुन्थ्यो, तर सोलार जडानपछि ७० प्रतिशत बचत भएको छ ।’ उनले भने ।

पीआइसी टिम लिडर Andy Schroeter ले एक पटक जडान गरेपछि २५ वर्षसम्म निरन्तर उर्जा दिने बताए । ‘५ वर्षमा लागत उठ्छ । ब्याजमा अनुदान छ ।’ उनले भने ‘ बैंकले ८० प्रतिशतसम्म ऋण पनि दिन्छ । उद्योगका लागि राम्रो अवसर हो ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुवोध गुप्ताले नेपालमा वैकल्पिक उर्जा लाभदायक हुने बताए । ‘नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमता छ भनिन्छ, तर २ हजार ८ सयको हाराहारीमा मात्रै उत्पादन छ । उद्योगमा अनियमित रुपमा विद्युत कटौती हुन्छ ।’ उनले भने ‘ उद्योग १२ घण्टा बन्द छ । डिजलबाट चलाउँदा लागत बढी पर्छ । डिजल बाहिरबाट पनि ल्याउनुपर्छ । सौर्य उर्जाले व्यवसायिक लागत घटाउँछ ।’

उद्योगमा लगाउनुको साथै जग्गा भाडामा लिएर समेत सोलार जडान गर्ने सोचमा आफू रहेको उनले बताए । वीरगञ्ज उद्योग वाणिज्य संघ वीरगञ्जका बरिष्ठ उपाध्यक्ष, जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लगायतले डिजल पेट्रोललाई विस्थापित गर्न सौर्य उर्जा लाभदायक हुने बताए । कार्यक्रमको सहजीकरण वीरगञ्ज उद्योग वाणिज्य संघका अधिकृत मनोज उपाध्यायले गरेका थिए ।

 

Previous Post

प्रेस सेन्टर नेपालको तीन दिने कार्यक्रम, प्रधानमन्त्री वीरगन्ज आउँदै

Next Post

गढीमाई नगरपालिकाको १० औं नगर सभा सम्पन्न

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.