esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

रुपेश हत्या प्रकरण : प्रहरीले थप पिडा दिएका परिवारजनको गुनासो

कात्तिक १३ गते सोमबार दिउँसो १२ः५५ बजे कलैयामा गुड्डु भनिने ३५ वर्षीय रुपेश स्वर्णकारको गोली हानी हत्या भयो । कलैया–६ मदरसा टोल बस्ने उनी एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक थिए ।

रंजित यादव रंजित यादव
प्रकाशित २०८० कार्तिक १७, शुक्रबार १०:२२ बजे
17
SHARES
20
VIEWS

वीरगञ्ज । कात्तिक १३ गते सोमबार दिउँसो १२ः५५ बजे कलैयामा गुड्डु भनिने ३५ वर्षीय रुपेश स्वर्णकारको गोली हानी हत्या भयो । कलैया–६ मदरसा टोल बस्ने उनी एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक थिए ।
घटनाबारे जानकारी पाए लगत्तै प्रहरीले अनुसन्धान शुरु ग¥यो । हत्याको विरोधमा कलैयामा प्रदर्शन समेत भएको थियो ।

कात्तिक १५ गते बुधबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरेर घटनामा संलग्न भएको भनी ५ जनाको नाम सावर्जनिक गरेको छ । प्रहरीका अनुसार हालसम्म भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडासहन बहार्वाकालाका २३ वर्षीय अभिनव कुमार राजपुत, जागिराकोटी बस्ने २३ वर्षीय चन्दन कुमार र बारा कलैया–९ रामपुर बस्ने २६ वर्षीय रियाज अन्सारी तथा कलैया– ६ मदरसा टोलमै बस्ने ३४ वर्षीय जामिल अख्तर तथा पे्रमिका भनिएकी २२ वर्षीया राधा गुप्ता घटनामा संलग्न देखिएका छन् । रियाज र जामिल रुपेशकै बोर्डिङमा कार्यरत छन् भने राधालाई ७ महिना अघि बोर्डिङबाट निकालिएको थियो ।

प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेले पक्राउ परेकाहरु मध्ये राधा मुख्य योजनाकार रहेको र अन्य सहयोगी मात्रै रहेको बताए । सुटर, मोटरसाईकल चालक लगायत अन्य सहयोगीहरु फरार छन् । विवाहपछि परस्त्रिसँगको प्रेम सम्बन्धका कारण भएको रिसईबीले रुपेशको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । साथै विवाद मिलाउन तीन पटक छलफल भएको प्रहरी उपरीक्षक काफ्लेको दावी छ ।

‘हालसम्मको अनुसन्धानमा राधा गुप्ता विगत ३ वर्षदेखि भारत बस्ने मनोज गुप्तासँग (विवाहित) प्रेम सम्बन्धमा रहेको र सोही विषयमा मनोज र रुपेशबीच विवाद र झै–झगडा भएको देखिएको छ ।’ प्रहरी उपरीक्षक काफ्लेले भने ‘ राधा र मनोजको मिलेमतोमा घटना भएको हो, थप कुरा अर्को पटक पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौ ।’
वान्टेड लिष्टमा रहेका व्यक्तिहरु नै सुटर र सहयोगी

प्रहरीले पत्रकार सम्मेलनमा गोली प्रहार गर्ने व्यक्तिहरु भनेर थप चार जनाको नाम सार्वजनिक गरेको छ । भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनीले गोली प्रहार गरेको दावी प्रहरीको छ ।
उनीहरु गत असोज ९ गते पचरौता नगरपालिका सुक्लहियाकै २२ वर्षीय सुजित कुमार सिंहको हत्यामा संलग्न भई फरार रहेका अभियुक्त हुन् । यसले एक महिनामा दुईवटा जघन्य हत्याको घटना एउटै समूहबाट हुँदा समेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न असफल भएको देखिएको छ ।

मृतकका परिवारजन भन्छन् : प्रहरी प्रशासनबाटै चरित्र हत्या गर्ने काम भयो ।

रुपेशको हत्या हुुनुको मुख्य कारण राधासँगको प्रेम सम्बन्ध भनेर सार्वजनिक गरेकोप्रति परिवारजनले भने आपती जनाएका छन् । प्रहरीको गतिविधिले पिडामाथि थप पिडा दिईरहेको उनीहरुको प्रतिक्रिया छ ।
कलैया स्थित निवासमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै परिवारजनले प्रहरीले मृतकको चरित्र हत्या गरिरहेको गुनासो गरे ।
मृतक रुपेशका दाई भोला सर्राफले प्रहरी अनुसन्धान चित्तबुझ्दो नदेखिएको बताए । ‘ राधासँग जुन सम्बन्ध थियो भनिएको छ, त्यो सरासर गलत हो । ’ उनले भने ‘ प्रहरी अनुसन्धान चित्तबुझ्दो छैन ।’

रुपेशका परिवारले अहिलेसम्म प्रहरीमा किटानी जाहेरी समेत दिएका छैनन् ।

मृतकका अर्का दाई एवं बोर्डिङ स्कुलका व्यवस्थापक सुमोध कुमार सर्राफले प्रहरीले परिवारमाथि थप पिडा दिईरहेको बताए । ‘ राधाको गतिविधि संकास्पद लागेपछि ७ महिना अघि नै बोर्डिङबाट निकालिएको हो । उनीसँग नाम जोडेर रुपेशको बदनाम गर्ने काम भईरहेको छ । यसले परिवारलाई थप पिडा दिएको छ ।’ उनले भने ‘ अरु पनि छोरा भाईजस्ता मानिसहरुलाई पक्राउ गरेर प्रहरीले दोषी देखाईरहेको छ ।’

प्रोपोगाण्डा गरेर घटनालाई मोड्ने काम गरेको भन्दै उनले प्रहरी प्रशासन विरुद्ध कडा आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिए । बाल एकता बोर्डिङ स्कुलमा कार्यरत रियाज र जामिल निर्दोष रहेको सुमोधको भनाई छ ।

उनले साँझ प्रेस विज्ञप्ती निकालेर प्रहरी प्रशासनको गतिविधिले न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि आवाज उठाईदिन सरोकारवालासँग आग्रह गरेका छन् । विज्ञप्तीमा दोषि नउम्कुन निर्दोष नफसुन भन्दै घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । मृतकका परिवारजनले ८ वटा बुँदा स्पष्ट पारिदिन प्रहरी प्रशासनसँग अनुरोध समेत गरेका छन् ।

  • परिवारजनले पचरौता नगरपालिकामा घटेको घटनामा संलग्न व्यक्तिहरुको नाम तथा मोटरसाईकललाई यो घटनासँग जोडी सत्यलाई ढाकछोप गरि घटनालाई अन्यत्र मोड्न खोजेको
  • दिनदहाडै भएको हत्याबाट उत्पन्न हुन सक्ने अवस्था तथा सुरक्षा चुनौतीलाई थेग्न नसक्ने अवस्थाबाट मुक्ती पाउन मुद्दालाई अन्यत्र मोड्ने प्रयास भएको
    प्रमाण बिना मृतकको चरित्र हत्या गरेको
  • हामीलाई ‘लासको खेल गरे सबैकुरा सार्वजनिक गर्छु ’ भनेर दाह संस्कार गर्न दबाब दिएको तर जिल्ला प्रहरी कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा चित बुझ्दो प्रमाण दिन नसकेको
  • मृतकलाई अस्पताल पु¥याउने विद्यालयका कर्मचारी रियाज अंसारी तथा घटना स्थलमा हुँदै नभएका विद्यालयकै अर्का कर्मचारी जामिल अख्तर अंसारीलाई बिना प्रमाण सहयोगीको आरोप लगाई फसाउन खोजेको
  • शान्ति सुरक्षा कायम गर्न नसकेको प्रश्न प्रहरी प्रशासन माथि उब्जने बाटोबाट बच्न आम जनताका आँखामा भ्रम सृजना गर्न खोजेको
  • प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयको अभिव्यक्तिमा भिन्नता देखिएको
  • जिल्ला प्रहरी कार्यालय दोषीहरुको दोषलाई उजागार गर्न नसकेको ।
Tags: अनुसन्धान
Previous Post

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइने

Next Post

समस्यामा महिलाः नागरिकता प्राप्तिमा ऐन अझै बाधक

रंजित यादव

रंजित यादव

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.