esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

जीतपुरसिमरा उपमहानगर :विज्ञान पढ्नेलाई पूर्ण छात्रवृत्ति, पिएचडीमा ३ लाख अनुदान

ईसनेश ईसनेश
प्रकाशित २०८१ श्रावण २, बुधबार १५:१० बजे
जीतपुरसिमरा उपमहानगर :विज्ञान पढ्नेलाई पूर्ण छात्रवृत्ति, पिएचडीमा ३ लाख अनुदान
2
SHARES
2
VIEWS

वीरगञ्ज,

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले विज्ञान संकाय पढ्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
आर्थिक बर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा उपमहानगर भित्रका सामुदायिक विद्यालयमा विज्ञान पढने विद्यार्थीलाई लक्षित गरेर यस्तो कार्यक्रम समेटिएको हो ।

हाल उपमहानगर भित्र दुई वटा विद्यालयले विज्ञान संकाय सञ्चालन गरिरहेको छ । महानगरको यो कार्यक्रमबाट ती दुई विद्यालयका विद्यार्थी लाभान्वित हुनेछन् ।

वडा नम्बर २ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा र वडा नं ५ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियामा विज्ञान संकाय अध्यापन हुन्छ । ती विद्यालयमा क्रमशः ४० र २० जना विद्यार्थी भर्ना हुने गरेका छन् ।

विज्ञान संकायमा पढ्ने कक्षा ११ का विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन उपमहानगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको मेयर राजन पौडेलले जानकारी दिए ।

उपमहानगरपालिकाले छुट्याएको रकमबाट ६० जना विद्यार्थीले निःशुल्क अध्ययन गर्न सक्ने नेरामावि सिमराका प्रधानाध्यापक शंकर कुमार आचार्यले बताए । विद्यार्थीलाई विज्ञान पढ्न प्रोत्साहन दिने उद्देश्यले ल्याईएको नीति सकारात्मक रहेको बताउँदै प्रधानाध्यापक आचार्यले निरन्तरताका लागि उपमहानगरले ध्यान दिनुपर्नेमा जोड दिए ।

उपमहानगरले पहिलो पटक एमफिल तथा पिएचडी छात्रवृत्ति कार्यक्रम पनि ल्याएको छ । त्यसका लागि लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा दुवै कार्यत्रलमका लागि रकम वद्धि गर्दै लैजाने योजना बनाईएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।

विद्यार्थीलाई अन्य सहर वा विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले यो कार्यक्रम ल्याएको मेयर पौडेलले बताए ।
‘सामुदायिक विद्यालयमा प्रायः मध्यम आय स्तर भएका परिवारका विद्यार्थी हुन्छन्, उनीहरु विज्ञान पढ्नका लागि लाखौं खर्च गरेर देशका अन्य सहर जान सक्दैनन्, पालिकामा विज्ञान पढाउने दुईवटा विद्यालयमा भर्ना भएपछि छात्रवृत्ति पाउँछन् ।’ उनले भने, ‘विद्यार्थीलाई गाउँमै पढ्न प्रोत्साहित कसरी गर्न सकिन्छ भन्ने हाम्रो सोच हो ।’
छात्रवृत्ति प्रदान गर्नका लागि कार्यविधि तयार भईनसकेको बताउँदै उनले आवश्यकता महशुस भए तयार गर्ने बताए ।

 

 

 

Tags: छात्रवृत्तिजीतपुरसिमरा उपमहानगरपालिकामेयर राजन पौडेलविज्ञान संकाय
Previous Post

सहरी योजना आयोगद्वारा १ सय २५ वटा आयोजनाको डिपीआर तयार

Next Post

पत्रकार चन्द्रकिशोरलाई २ लाख २२ हजार राशिको सेवा पुरस्कार

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.