esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

बाल विवाह, दाईजो प्रथा र विवाहमा हुने फजुल खर्च नियन्त्रण गर्ने प्रतिबद्धता

ईसनेश ईसनेश
प्रकाशित २०८१ माघ १०, बिहीबार १९:२७ बजे
बाल विवाह, दाईजो प्रथा र विवाहमा हुने फजुल खर्च नियन्त्रण गर्ने प्रतिबद्धता
0
SHARES
0
VIEWS

वीरगञ्ज,
बाल विवाह, दाईजो प्रथा र विवाहमा हुने फजुल खर्च नियन्त्रण गर्न एक भएर लाग्ने प्रतिबद्धता सरोकारवालाले जनाएका छन् । वीरगञ्जमा बिहीबार आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले बाल विवाह, दाईजो प्रथा र विवाहमा हुने फजुल खर्च समाजको हानिकारक अभ्यास भएको बताए ।

यी कुसँस्कार समाजको क्यान्सर भएको बताउँदै उनीहरुले सरोकारवाला जिम्मेवार भएर यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । कसैको एकल प्रयासले समस्या नियन्त्रणमा नआउने उनीहरुको ठहर छ । त्यसका लागि सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेको निचोडमा उनीहरु पुगेका छन् ।

युएसएआइडीको आर्थिक सहयोग, द एशिया फाउण्डेसनसँगको सहकार्यमा हाम्रो अभियान पर्साले महिला, युवा र सिमान्तकृत समुदायको मुद्दा उठान गर्न मधेश प्रदेशमा मिडिया फेलोशिप कार्यक्रम सञ्चालन गरेको थियो । फेलोले उठाएको सामाजिक समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले बिहीबार वीरगञ्जमा फेलो, नागरिक समाजका अगुवा, जनप्रतिनीधि लगायत सरोकारवालाबीच छलफल गरेको थियो । कार्यक्रममा मध्य नेपाल सन्देशमा कार्यरत सहिस्ता खातुनले लेखेको ‘सानै उमेरमा विवाह पढ्न पाएनन छोरीहरु’ र रौतहटकी विना राउतले लेखेको ‘छोरीहरुको विवाहसँगै ऋणको भार’ शिर्षको समाचारलाई आधार बनाएर छलफल गरिएको थियो ।

छलफलमा सहभागीले बाल विवाह विरूद्ध रणनीतिक कार्य योजना बनिसकेको वीरगञ्ज महानगरपालिका, पर्सागढी, पोखरिया नगरपालिका र जगरनाथपुर गाउँपालिकामा योजना पास गर्न र कार्यान्वयन गर्न दवाव दिने, पालिकाले स्नातक तह उतिर्ण गरेर विवाह गर्नेलाई नगद सहित पुरस्कार दिएर प्रोत्साहन गर्न लगाउने, कम उमेरमै भागेर गरिने विवाहलाई निरूत्साहित गर्न विद्यालयमै किशोर किशोरीहरुलाई बाल विवाह नगर्ने र गर्न नदिने प्रतिबद्धता जनाउन लगाउने, बाल क्लब, किशोरी समूह र आमा समूहलाई सक्रिय बनाएर बाल विवाह, दाईजो प्रथा र विवाहमा हुने फजुल खर्च नियन्त्रणका लागि दवाव सृजना गर्ने, मर्यादित महिनावारी सम्बन्धी सचेतना जगाउने लगायतका कुराहरु राखेका छन् ।

त्यसैगरि मुद्धा दर्ता पछि हुने राजनितिक दवावको अन्त्यका लागि पहल गर्ने, बाल विवाह, दाईजो प्रथा र विवाहमा हुने फजुल खर्च नियन्त्रणको प्रयास घरबाटै सुरु गर्नुपर्ने, विद्यालय अध्ययन गर्दैै गरेको किशोर अवस्थामा सचेत गराउने, बाल विवाह, दाइजो प्रथा र फजुल खर्चका बारेमा निरन्तर समाचार प्रकाशन÷ प्रशारण गर्ने, दाइजो नलिइ विवाह गरेको सकारात्मक प्रयासको बारे नयमित रुपमा समाचार लेख्ने, दाइजो नलिई विवाह गर्ने÷ गराउने प्रतिबद्धता जनाउन घोषणा सभा गर्ने, प्रेम र अन्र्तजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्ने, सामुहिक विवाहमा जोड दिनुपर्ने बारे कार्यक्रममा चर्चा भएको थियो ।

विवाह संस्कारमा सहभागी हुने धर्मिक अगुवाहरुलाई बाल विवाह र दाईजो लिएर गरिएको विवाह नगराउने प्रतिबद्धता जनाउन लगाउने, राजनीतिक क्षेत्रबाट पनि बाल विवाह, दाईजो प्रथा र विवाहमा हुने फजुल खर्च नियन्त्रणका लागि प्रतिबद्धता आउनुपर्ने, खर्चिलो विवाह वहिष्कार गर्नुपर्ने, कम खर्चमा, बिना दाइजो विवाह गर्नेलाई सम्मान गर्ने, दाइजो विरोधी अभियानमा सहभागी हुने लगायतका विचार आएका छ ।

विद्यमान ऐन कानून कार्यान्वयनका लागि सरोकारवाला जिम्मेवार हुनुपर्ने धारणा पनि सहभागीले अघि सारेका छन् ।

छोरी जन्मने वित्तिकै बोझको रुमपा लिने, विद्यालय शिक्षामा छोरा र छोरीबीच विभेद गर्ने, छोराले कमाएर पाल्छ भन्ने मानसिकता बनाउने, छोरीलाई अर्काको घरमा जाने जात भनेर हेला गर्ने, महिनावारी विभेद गर्ने, छोरीको विवाहलाई दायित्वको रुमपा लिने, ऋण लिएरै भएपनि विवाहमा सयौं मानिसलाई भोज खुवाउने प्रवृत्तिले सामाजिक कुसँस्कारलाई बढावा दिएको उनीहरुको ठहर छ ।

राजनीतिक अगुवाले नै खर्चिलो विवाह गर्दा अरुले देखासिकी गरिरहेको उनीहरुले बताएका छन् ।

धार्मिक अगुवाहरुले कुनैपनि धार्मिक ग्रन्थले बाल विवाह, दाइजो प्रथा र फजुल खर्चलाई प्रोत्साहन नगरेको बताएका छन् । उनीहरुले आफूहरुको प्रयासले मात्रै बाल विवाह, दाइजो प्रथा रोक्न संभव नभएको बताउँदै स्थानीय सरकारको सिफारिस लिएर मात्रै विवाह गर्न पाउने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए । त्यसैगरि छोरीलाई पनि छोरा सरह अंश दिन सकेपनि दाइजो प्रथाको समस्या नआउने उनीहरुको तर्क छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष ओम प्रकाश खनालले सामाजिक अपराधको विपक्षमा पत्रकारले सँधै कलम चलाउने गरेको बताए । सफलताका कथाहरुलाई समेत बाहिर ल्याउनुपर्ने बताउँदै उनले बाल विवाह र दाइजो लेनदेन गरेर हुने विवाहलाई सामूहिक बहिस्कार गर्नुपर्ने धारणा राखे ।

परवानीपुर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष इब्राहिम मियाँ धोवी र वडा नं ४ का वडा अध्यक्ष गम्भिरा राउत कुर्मीले बाल विवाह र दाइजो प्रथालाई निरुत्साहित गर्ने काम भइरहेको बताए । खेत बेचेर दाइजो दिनुपर्ने अवस्थाको अन्त्य गर्न सरोकारवालाको साथ आवश्यक रहेको उनीहरुको भनाई छ ।

महिला अधिकारकर्मी बबिता जयसवालले बाल विवाह, दाइजो प्रथा जस्तो सामाजिक र कानूनी अपराधलाई राजनीतिले प्रोत्साहन गरिरहेको बताइन् । २२ वर्षदेखि काम गरेपनि अपेक्षाकृत सफलता नमिलेको बताउँदै उनले स्थानीय सरकारले उमेर पुगेर र बिना दाइजो विवाह गर्ने गराउनेलाई सम्मान गर्नुपर्नेमा जोड दिइन् ।

सामाजिक अभियन्ता प्रकाश थारुले विवाहमा पाएको पाँच हजार रुपैयाँ पनि आगलागी पीडितलाई दिने व्यक्तिहरु समाजमा रहेको बताए । युवा नेता ओम प्रकाश सर्राफले छोरीलाई शिक्षा र सिप दिएर सक्षम बनाउन सके बाल विवाह र दाइजो प्रथा निरुत्साहित हुने बताए । ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक विरेन्द्र साहले बाल विवाह र दाइजो प्रथा विरुद्ध विद्यमान ऐन कार्यान्वयनका लागि दवाव दिन आवश्यक रहेको धारणा राखे ।

वीरगञ्ज महानगरपालिका वडा नं ३० का अध्यक्ष मनोज यादवले छोरीले विद्यालयबाट निःशुल्क शिक्षा पाउन सके दाइजो प्रथामा कमी आउने बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भित्र र बाहिर फरक अनुहार लिएर बाल विवाह, दाइजो प्रथा र विवाहमा हुने फजुल खर्चको अन्त्य नहुने बताएका छन् । भाषणमा भन्दा व्यवहारबाट यस्ता कुसँस्कारहरु नियन्त्रण गर्दै जानुपर्ने प्रजिअ अर्यालले बताए । ‘छोरीको विवाह गर्नका लागि ३ लाख रुपैयाँ ऋण लिएको ३० लाख कागज गरायो भनेर मिटर ब्याजमा उजुरी आउँछ ।’ उनले भने, ‘ सामूहिक प्रयास भयो भने समाजमा विद्यमान कु–प्रथा र विकृतिलाई निराकरण गर्न सकिन्छ ।’

जून २०२३ देखि डिसेम्बर २०२३ सम्मको सात महिने फेलोशिपको अवधिमा पर्सा, बारा र रौतहटका महिला, युवा र सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने १० जना युवा पत्रकारलाई मिडिया फेलोशिप प्रदा नगरिएको थियो । फेलोजहरुले ४४ वटा समाचार बनाएर विभिन्न सञ्चार माध्यममा प्रकाशन एवं प्रसारण गरेका थिए । ती मध्ये ३४ वटा समाचार कथालाई समेटेर अभियानले ‘समाचार संगालो’ किताब प्रकाशन गरेको छ ।

फेलोशिप प्राप्त गरी मधेश प्रदेशमा महिला, युवा र सीमान्तकृतका लागि कार्यरत युवा पत्रकारको सञ्जाल ‘मधेश मिडिया फेलोज नेटवर्क’ र जवाफदेहिताका लागि नागरिक अभियान सञ्जाल समेत गठन गरेको छ ।

मिडिया फेलोशिप संयोजक सलमा खातुनले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता अभियानका कार्यकारी निर्देशक शिवनाथ यादवले गरेका थिए । निर्देशक यादवले बाल विवाह, दाइजो लेनदेन र फजुल खर्च गरेर हुने विवाहलाई बहिस्कार गनुपर्ने बताए । उनले सामाजिक कुसँस्कारलाई नियन्त्रण गर्न नागरिक समाज र सञ्चार क्षेत्र मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताए ।

Previous Post

हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराइने

Next Post

राक्सिराङ्गमा अनौपचारिक शिक्षा लाभदायक

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.