esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

न्यायाधिशको टेबलमा सिन्दुर र मुकुट राखेपछि भयो हङ्गामा

ईसनेश ईसनेश
प्रकाशित २०८२ बैशाख १०, बुधबार १७:४३ बजे
न्यायधिशकै टेबलमा राखिएको सिन्दुर, पोते लगायत सामाग्री
0
SHARES
0
VIEWS

काठमाडौं,

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा बुधबार एउटा अचम्मको घटना घट्यो । १ नं इजलास बस्नु अघि नै एक अपरिचित महिला इजलास छिर्न सफल भइन् , न्यायाधिशको टेबलमा सिन्दुर र मुकुट राखेर गइन् ।  उनको त्यो हर्कतले इजलासको सेवा प्रभावित भयो । सुरक्षाकर्मीकै सामुन्नेबाट अदालत भित्र पसेर बाहिर निस्केकी उनको खोजी प्रहरीले गरिरहेको छ ।

उच्च अदालत अदालतका सूचना अधिकारी सम्मी कपुर साहका अनुसार अदालतका न्यायधिशहरु र कर्मचारीहरु पेशी तोक्नका लागि गोला प्रथा गर्ने कार्यमा व्यस्त रहेको समयमा घटना घटेको बताउँछन् ।

‘ माननीय ज्यूहरु गोला प्रथा गराउनमा व्यस्त हुनुहुन्थ्यो, हामी कर्मचारी प्राविधिक काममा सघाउँछौं ।’उनले भने, ‘ सिसिटिभी क्यामेरामा हेर्दा ८-४० बजे नै ती महिला सुरक्षाकर्मीको आँखा छलेर अदालत परिसर भित्र पसेकी थिइन् ।’ घटना पौने ९ बजेतिर घटेको अनुमान गरिएको छ ।

न्यायधिशकै टेबलमा राखिएको सिन्दुर र मुकुट

अदालत प्रवेश गर्नुअघि सुरक्षाकर्मीले गेटमै चेकजाँच गर्ने गर्छन, प्रवेश गर्नुको कारण समेत उल्लेख गरेर रजिष्ट्ररमा नाम लेख्नुपर्ने हुन्छ, पछिल्लो समयमा अनावश्यक भिड आउन नदिन प्रवेश पास समेत लिनुपर्ने व्यवस्था गरिएको छ । तर उनको हर्कतले अदालतको काम कारबाही करिब डेढ घण्टा प्रभावित भएको छ ।

प्रहरी बोलाएर घटनाबारे अनुसन्धान सुरु गर्न लगाएपछि अदालतको कामकाज सुरु गरिएको सूचना अधिकारी साह बताउँछन् ।

प्रहरीले भने घटनाबारे जानकारी आएपछि ईलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नेतृत्वको टोली पठाएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले श्रीमानले प्रहरी पठाइदिनु भनेपछि प्रहरी निरीक्षक नेतृत्वको टोली पठाएर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

‘ एक जना महिला प्रवेश गरेर ती सामान इजलासमा राखेको जस्तो देखिएको छ ।’ उनले भने, ‘ तनाव, उत्तेजना, भडकाउ केहि कारणले घटना घटाएको हुन सक्छ, सिसिटिभी फुटेजको आधारमा उनको खोजी सुरु गरेका छौं ।’
शंकास्पद महिलालाई पक्राउ गरेपछि मात्रै घटनाबारे थप कुरा खुल्ने उनको भनाई छ ।

 

प्रारम्भिक सूचनामा इजलास कक्षमा अबिर अक्षता छरेका भन्ने जानकारी आएकोमा पछि सिन्दुर र मुकुटको फोटो नै प्राप्त भएपछि सोही अनुसार समाचार शिर्षक परिवर्तन गरिएको छ । भूलभव त्यसो हुन गएकोले पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दछौं । सम्पादक

Tags: उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जजिल्ला प्रहरी कार्यालय पर्सासिन्दुर र मुकुट
Previous Post

राक्सिराङ्ग–९ खैराङ्गलाई ‘एकीकृत पर्यटकीय क्षेत्र’ घोषणा गर्ने तयारी

Next Post

वीरगञ्जको चर्चित नागरिकता मुद्धाको पेशी स्थगित

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.