esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

एक वर्षमा २९ जना महिला पत्रकारले पेशा छोडे

३४ वटा प्रेस स्वतन्त्रतता उलंघनका घटना

ईसनेश ईसनेश
प्रकाशित २०८१ बैशाख २१, शुक्रबार २१:४५ बजे
एक वर्षमा २९ जना महिला पत्रकारले पेशा छोडे
27
SHARES
32
VIEWS

काठमाडौं,
एक वर्षमा नेपालका विभिन्न मिडियामा कार्यरत २९ जना महिला पत्रकारले पेशा छोडेका छन् । मिडिया एक्सन नेपालले शुक्रबार प्रेस स्वतन्त्रता उल्लंघनका घटना समेटिएको प्रतिवेदन सार्वजनिक गर्दै २९ जना महिला पत्रकार पेशाबाट पलायन भएको जानकारी गराएको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा मे २०२३ देखि मे २०२४ सम्म नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका ३४ वटा घटना भएको जानकारी गराईएको थियो । पत्रकार विरुद्धका धम्की, आक्रमण र उत्पीडनका घटनाहरु भएका छन् । शारीरिक आक्रमण, मौखिक दुव्र्यबहार, धम्की, गैरकानुनी गिरफ्तारी र उपकरण जफत समेतका ३४ वटा घटना घटेको मिडिया एक्सन नेपालका मिडिया अधिकार अधिकृत बाल कृष्ण साहले जानकारी दिए ।

एकातिर श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन हुन नसकेको परिस्थितिमा अर्कोतिर पत्रकारमाथि सांघातिक आक्रमणसम्मका घटनाले प्रेस स्वतन्त्रता हनन हुनुको साथै पत्रकारिता पेशामै चुनौती थपिदिएको उनको भनाई छ ।

पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता देखिएको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्वकालमा दर्ता भएका ३९ वटामध्ये पाँच वटामा मात्रै मुद्दा चलाईएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग प्रभावकारी रूपमा न्याय दिन नसक्दा पीडित र तिनका परिवारहरू निराश भएका मिडिया एक्सनले जनाएको छ ।

प्रतिवेदनमा पत्रकारको अधिकार रक्षा गर्न, श्रमजीवी पत्रकार ऐन लागू गर्न र कार्यस्थलमा हुने लैङ्गिक भेदभाव तथा उत्पीडनलाई सम्बोधन गर्न आवश्यक रहेकोमा जोड दिईएको छ ।

प्रतिवेदनले प्रेस स्वतन्त्रतालाई आधारभूत लोकतान्त्रिक सिद्धान्तका रूपमा कायम राख्न, सञ्चारमाध्यम र पत्रकारमाथिको स्वेच्छाचारी प्रतिबन्धबाट टाढा राख्न सुझाएको छ ।

मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रियंका झाले मिडियामा महिला सुरक्षा, प्रेस स्वतन्त्रता र समावेशिताका लागि सबैले मिलेर अघि बढ्नु पर्ने बताइन् । वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले पत्रकार समाजलाई मार्गदर्शन गर्ने तेस्रो आँखा भएको बताए । उनले भावी पुस्तका लागि वातावरण बचाउनुपर्नेमा जोड दिँदै यसमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पत्रकारले आफ्नो अधिकार र दायित्व बुझ्दै जिम्मेवार नागरिकको भूमिका निभाउनुपर्ने बताए । युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रफ्टले स्वतन्त्र प्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने दावी गरे ।

 

Tags: पत्रकार सुरक्षाप्रेस स्वतन्त्रतामहिला पत्रकारविश्व प्रेस स्वतन्त्रता दिवस
Previous Post

‘सुरक्षित गर्भपतन’ बारे सचेतना जगाउँदै युवा

Next Post

दलित युवती भन्छिन : बलात्कारमा परें, प्रहरी जाहेरी दर्ता गर्दैन

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.