esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

लिफ्ट माग्दा शरीर लुछिएको त्यो कहालीलाग्दो घटना ।

ईसनेश ईसनेश
प्रकाशित २०८१ जेष्ठ २२, मंगलवार ०९:५४ बजे
लिफ्ट माग्दा शरीर लुछिएको त्यो कहालीलाग्दो घटना ।

एआई सिर्जित तस्वीर

72
SHARES
85
VIEWS

सुरेश बिडारी
०७८ असार ३१ गते एक महिलालाई बन्धक बनाएर जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ ग¥यो । दुवै जना पर्सा जिल्लाकै बासिन्दा थिए । वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरपालिका– ६ बस्ने २५ वर्षीय शिवबालक महतो । उनीहरु दुवै ट्रक चालक हुन् ।
सिर्सिया (भ) १९ वर्षीया पीडित महिला रुकुम जिल्लाकी थिईन् । सिर्सिया (भ) पीडितको गोपनियताका लागि अनुसन्धानको क्रममा प्रहरीले दिएको नाम हो ।
असार २७ गते बिहान दुई वर्षको छोरासहित सिर्सिया (भ) बुटवल जान काठमाडौें कलङ्की चोकमा सार्वजनिक सवारी साधनको प्रतिक्षा गरी रहेकी थिईन् । त्यसैक्रममा ना.५.ख.२८७० नम्बरको ट्रकलाई हात दिईन् । ट्रक रोकियो । चालक सुनिलले ‘वीरगञ्ज जाने हो ?’ भनी सोधे । उनले ‘नारायणगढसम्म लगि दिनु’ भनिन् । चालक महतोले ‘हुन्छ’ भनेपछि उनी ट्रकमा चढिन् ।

पालैपालो बलात्कार

नारायणगढ पुगेपछि अर्को सवारी साधन चढेर गन्तव्यमा पुग्ने आश उनलाई थियो । तर नारायणगढ नपुग्दै चितवन कुरिनटारमा पहिरो गई बाटो अवरूद्ध भयो, उनीहरु जाममा परे । त्यही रात प¥यो । उनलाई पनि ट्रकमै रात बिताउनुपर्ने बाध्यता आईलाग्यो ।
त्यसैको फाईदा उठाउँदै सुनिलले उनलाई क्याबिनमा जर्बजस्ती करणी गरे । भोलिपल्ट २८ असारमा जाम खुल्यो । चितवनको रामनगर पुगेपछि सुनिलले पोखरिया नगरपालिका–६ बस्ने २५ वर्षीय शिवबालक महतोले चलाएको ना. ६ ख. ३३६९ नम्बरको गाडीमा नारायणगढ लगेर छोडीदिनु भनेर पठाए ।

सुनिल र शिवबालक महतो

तर उनले नारायणगढमा गाडी रोकेनन् । सरासर वीरगञ्जतर्फ लगे । बारा जिल्लामा पर्ने जंगल छेउको सडकमा ट्रक रोकेर दुईपटक जर्बजस्ती करणी गरे । उनी त्यतिमै रोकिएनन, परवानीपुर आएपछि पूनः एक पटक ती महिलाको शरीर लुछे ।
‘सुनिलले तिमी पनि यौन इच्छा पुरा गर, मौका यही हो, उनलाई म तिम्रो गाडीमा पठाईदिन्छु भनेपछि ‘हुन्छ’ भनेको हुँ । र चालक बस्ने सिट पछाडी तीन पटक उनको इच्छा विपरित जर्बजस्ती करणी गरेको हुँ ।’ शिवबालकले स्वीकार गरेका छन् ।

असार ३० गते बिहान ८ बजेतिर आफू ओर्लेर शिवबालकले गाडी सहचालक पोखरिया–६ मै बस्ने २८ वर्षीय इन्दल चौहान भन्ने ईनर प्रसाद चौहानको जिम्मा लगाए । इन्दल र ट्रकमा सवार भोला भन्ने पुरुषले समेत परवानीपुर–ड्राईपोर्ट सडकखण्डमा पालै पालो जर्बजस्ती करणी गरेको पीडितको भनाई छ ।

यसरी खुल्यो पोल

पालै पालो जर्बजस्ती करणीमा परेका कारण उनी शिथिल भइन्, कतै जान नसकी गाडीमा बसेकी थिईन् ।
सिर्सिया सुख्खा बन्दरगाह पुग्दा त्यहाँ खटिएको सुरक्षा गार्डले उनलाई देखे । सोधपुछपछि प्रहरीलाई खबर गरिदिए । त्यसपछि प्रहरी आएर उनको उद्धार गरेको थियो । प्रहरी आरोपी शिवबालक र सुनिललाई पक्राउ गर्न सफल भयो । अरु भाग्न सफल भए ।
शिवबालक र इन्दल विरुद्ध पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्धा दर्तागरी सुनिल विरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दायरका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालिन प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल बताउँछन् । ‘घटनास्थल चितवन भएकोले सुनिललाई चितवन जिल्ला अदालतमा मुद्धा चलाउन मिसिल सहित पठाएका थियौं ।’ उनी सम्झन्छन् ।

शिवबालकलाई ७ वर्ष कैद र २ लाख जरिवाना

नारायाणी अस्पतालमा गरिएको पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा Remnant of Hymen लेखिएको थियो ।
पीडित महिलाको जाहेरी, पीडित, साक्षी तथा प्रतिवादीहरुको बयान, स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रहरीले संकलन गरेको अन्य प्रमाणको आधारमा पर्सा जिल्ला अदालतले ०७९ फागुन ३ गते शिववालकलाई दोषी ठहर ग¥यो ।
इन्दल फरार रहेकोले मुद्धा मुल्तवीमा राखियो । चैत १८ गते अदालतले सिर्सिया (भ)लाई २० हजार रुपैयाँ क्षतिपूर्ति भरायो । शिवबालकलाई ७ वर्ष कैद सजाय र २ लाख रुपैयाँ जरिवाना ठहर ग¥यो । शिवबालकबाट क्षतिपूर्ति शुल्क ८ हजार समेत असुल गरी पीडित राहत कोषमा जम्मा गर्ने आदेश दियो ।

Previous Post

स्वच्छन्द भैरब माविदेखि हवाई विश्वविद्यालयसम्म

Next Post

नारायणी अस्पताल कि पार्किङ स्थल ?

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.