esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

नारायणी अस्पताल कि पार्किङ स्थल ?

ईसनेश ईसनेश
प्रकाशित २०८१ जेष्ठ २२, मंगलवार १४:५५ बजे
नारायणी अस्पताल कि पार्किङ स्थल ?
37
SHARES
43
VIEWS

पछिल्ला दिनमा नारायणी अस्पताल हो कि ? पार्किङ स्थल हो छुट्याउन गाह्रो हुन थालेको छ । सेवा लिन जाने सेवाग्राहीलाई अस्पताल भित्रै सवारी पार्किङ गर्ने सुविधा दिँदा अस्पताल पार्किङ स्थलको रुपमा परिणत भएको हो ।

वीरगञ्ज,

नारायणी अस्पताल संघीय सरकारबाट सञ्चालित अस्पताल हो । वर्तमान स्वास्थ्यमन्त्री प्रदीप यादवको पहलमा यसलाई टर्सरी अस्पताल भनी घोषणा गरिएको थियो । सरकारी अस्पतालको आन्तरिक वातावरण खासै राम्रो देखिँदैन । केहि कर्मचारी मेहनतले काम गर्ने, केहिले कामचोर प्रवृति देखाउने । राजनीति र चाकडी गर्नेलाई विकास समिति र अस्पताल प्रशासनले मान सम्मान दिने प्रचलन पुरानै हो ।

स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउने वित्तिकै मन्त्री यादवले अस्पताल सुधारको जिम्मा डा. एनामुल हकलाई दिएका छन् । सरसफाईको जिम्मा वीरगञ्ज महानगरपालिकाले लिएको छ ।

तर पछिल्ला दिनमा नारायणी अस्पताल हो कि ? पार्किङ स्थल हो छुट्याउन गाह्रो हुन थालेको छ । सेवा लिन जाने सेवाग्राहीलाई अस्पताल भित्रै सवारी पार्किङ गर्ने सुविधा दिँदा अस्पताल पार्किङ स्थलको रुपमा परिणत भएको हो ।

ओपीडी तर्फका खाली ठाउँमा मात्रै हैन । इर्मजेन्सी र प्रसुती सेवा प्रवाह गर्ने ऐश्वर्य प्रसुती भवनतर्फ पनि मोटरसाईकल पार्किङ भईरहेका छन् । इर्मजेन्सी ल्याब, भिडियो एक्स रे कक्ष, निःशुल्क औषधी वितरण गर्ने ठाउँ, एटिएम भएको ठाउँमा समेत सेवाग्राहीको मोटरसाईकल पार्किङ भईरहेको देखिन्छ ।

त्यसो त अस्पतालले पैसा खर्च गरेर बज्र सेक्युरिटी कम्पनीसँग सुरक्षा गार्ड पनि खटाएको छ । पोशाकमा रहेका सुरक्षा गार्डहरु मुख्य गेटमा जम्मा भएर गफ चुटिरहेको देखिन्छ ।

अस्पतालका एम्बुलेन्स चालक वृज मोहन प्रसाद अस्पताल हाताभित्र मोटरसाइकल पार्किङ गरिदिँदा विरामी ल्याउन लान समस्या हुने गरेको सुनाउँछन् । उनी मोटरसाइकल हटाइदिन आग्रह गर्दा सेवाग्राहीले उल्टै दुर्व्यबहार गर्ने गरेको गुनासो गर्छन् । ‘अस्पतालमा सेवा लिन आउने मानिसहरु मोटरसाइकल जथाभावि पार्किङ नगरीदिनुस भन्दा अटेर गर्छन्, उल्टै गाली गलौज र दुर्व्यबहारमा उत्रिन्छन् ।’ उनले भने, ‘अस्पताल हाताभित्र एम्बुलेन्स र विरामी बोकेका साधन बाहेक अन्य सवारी निषेध गर्दा सहज हुन्थ्यो । ’

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. एनमुल हकले हालै जिम्मेवारी सम्हालेकोले त्यतातिर ध्यान दिन नभ्याएको बताए । उनले अव्यवस्थित मोटरसाईकल पार्किङलाई छिट्टै व्यवस्थित गरिने आश्वासन दिए ।

थप तस्वीरहरु हेर्नुहोस

Previous Post

लिफ्ट माग्दा शरीर लुछिएको त्यो कहालीलाग्दो घटना ।

Next Post

सामाजिक सञ्जाल व्यवस्थित गर्न बलियो पत्रकारिता जरुरी

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.