कात्तिक ७ गते साँझ पनि बसन्त पूनः उनलाई भेट्न आए । घुम्न जाउँ भनी फकाए । घर पछाडी खहरे खोलामा लगेर करणी गर्न खोजे । आफूले इन्कार गरेपनि बसन्तले डरत्रास देखाई जर्बजस्ती करणी गरेको किशोरीको भनाई छ ।
वीरगञ्ज,
छोरीले पेट दुख्यो भनेपछि एक आमा ०८१ जेठ १७ गते बिहीबार पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुर स्थित एभरेष्ट पोलिक्लिनिक पुगिन् । भिडियो एक्स–रे गर्दा अकल्पनीय नतिजा देखियो । महिनावारी नै नभएकी १५ वर्षीया छोरीको पेटमा २७ हप्ता २ दिनको गर्भ थियो । आमा छाँगाबाट खसे झै भइन् ।
अविवाहित छोरीको गर्भमा कसरी बच्चा बस्न गयो ? कसको बच्चा हो ? अब के गर्ने ? उनी अन्यौलमा परिन् । कसैले उनलाई वीरगञ्ज स्थित नारायणी अस्पतालमा जान सल्लाह दिए । जेठ १७ गते नै आमाछोरी नारायणी अस्पतालको प्रसुती वार्डमा आइपुगे । त्यहाँ अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को इन्चार्ज समेत रहेकी नर्स हेमा थापासँग भेट भयो ।
नाबालिग किशोरीको गर्भमा बच्चा भएको जानकारी पछि ओसीएमसीमा राखेर मनोपरामर्श गरियो । त्यसक्रममा किशोरीले ठोरी गाउँपालिका–२ हनुमाननगर टोल बस्ने २५ वर्षीय बसन्त वाइवाले आफूलाई जर्बजस्ती करणी गरेको बताइन् । बसन्त गाउँमै मोटरसाइकल ग्यारेज सञ्चालन गर्थे ।
९ कक्षा पढेपछि किशोरीले विद्यालय जान छोडेकी थिइन् । आमालाई घरायसी काममा सघाउँथिन् । किशोरीका अनुसार २०८० असोजमा वडा दशैं पर्व चलिरहेको थियो । चटपटे खान घर नजिकैको चोकमा पुग्दा बसन्तसँग चिनजान र बोलचाल भयो । त्यसपछि कहिलेकाँही हुने भेटमा उसले माया प्रेमका कुराहरु गर्दथ्यो । कात्तिक महिनाको अन्तिमतिर एक साँझ उसले घर पछाडीको खहरे खोलामा लगेर जर्बजस्ती यौन सम्पर्क गरेका थिए ।
कात्तिक ७ गते साँझ पनि बसन्त पूनः उनलाई भेट्न आए । घुम्न जाउँ भनी फकाए । घर पछाडी खहरे खोलामा लगेर करणी गर्न खोजे । आफूले इन्कार गरेपनि बसन्तले डरत्रास देखाई जर्बजस्ती करणी गरेको किशोरीको भनाई छ । किशोरीको आमाछोरीलाई बिहीबार राति माईती नेपाल वीरगञ्ज शाखाको अस्थायी आवास गृहमा राखियो ।
प्रहरीको लापरबाहीले सास्ती
ओसीएमसी इन्चार्ज नर्स थापाले प्रहरीलाई घटनाबारे फोन मार्फत जानकारी गराईसकेकी थिईन् । शुक्रबार साढे ३ बजेतिर ओसीएमसीबाट जिल्ला प्रहरी कार्यालय पर्सामा किशोरीको आमाछोरी नै पुगिसकेका थिए । प्रहरी आरोपी पक्राउ गरेर सोधपुछ पछि मात्रै जाहेरी लिने तरखरमा लाग्यो । प्रहरीले आरोपी बसन्तलाई शुक्रबार साँझ पक्राउ ग¥यो । किशोरीको आमा बसन्त विरुद्ध जाहेरी दिन तयार थिईन् । तर त्यस दिन जाहेरी दर्ता नगरी प्रहरीले ‘भोलि दर्ता गरौंला’ भनेर आफन्त नेपालको अस्थायी सुरक्षित आवास गृहमा पठायो ।
गाउँमा राजनीतिक पहुँच भएका परिवारसँग बसन्तको साइनो रहेछ । उनी पक्राउ परे लगत्तै किशोरीको आमालाई मात्रै हैन, प्रहरीलाई समेत दवाव आउन थाल्यो । प्रहरीले शुक्रबार नै जाहेरी नलिएका कारण बसन्तका नातेदारले पीडित किशोरीको परिवारलाई दवावसँगै प्रलोभनमा पारे । जेठ १९ गते शनिबार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलसँग घटनाबारे जानकारी लिन फोन सम्पर्क गर्दा उनले आफू बाहिर रहेकोले प्रवक्तासँग सोध्न भने । प्रवक्ताको नम्बर ९८५५०२८२८५ मा फोन गर्दा बसन्तलाई सोधपुछका लागि ल्याईएको भनी प्रतिक्रिया दिए ।
‘एउटा नानीसँगको केस छ, उनलाई सोधपुछका लागि भनेर ल्याएका छौं । शनिबार भएकोले सोधपुछ गर्न पाएका छैनौं, अभिभावकले जाहेरी पनि दिएका छैनन् ।’ उनले भने ‘मेडिकल गराउन बाँकी रहेकोले केहि भन्न सक्ने अवस्था छैन ।’
यस्ता घटनामा प्रहरी प्रतिवेदन आर्कषित नहुने भन्दै उनले पीडितले बोल्न नसके आफन्तले जाहेरी दिनुपर्ने बताए । संवेदनशील केसमा प्रहरीले कसैको दवाव र प्रभावमा काम नगर्ने उनको भनाई थियो ।
दवावमा परेपछि जाहेरी दिन अस्वीकार
बार एशोसियसन पर्साका एक अधिकारीका अनुसार जाहेरी दिन उमेर हद तोकिएको छैन, जुनसुकै घटनामा पनि प्रहरी प्रतिवेदन मार्फत मुद्धा दर्ता गर्न सकिन्छ । प्रहरीले जाहेरी खोजेर अनुसन्धानमा ढिलाई वा आलटाल गर्दा प्रतिवादीले चलखेल गर्न समय पाउँछन् ।
प्रहरीले बसन्तलाई गाउँबाट पक्राउ गर्ने वित्तिकै घटनाबारे गाउँमा हल्ला भयो । आरोपित पक्षले समय पाएकै कारण किशारीको परिवारलाई जाहेरी नदिन दवाव दिए । जाहेरी दिन तयार भएकी किशोरीको आमालाई आफन्त नेपालमै रहँदा शनिबार बिहान घरबाट छोराको फोन आयो । जाहेरी दिएको खण्डमा घर छोडेर जाने धम्की समेत उसले दियो । बिहीबार एक रात माईती नेपालमा राखेर उनीहरुलाई दोस्रो दिन आफन्त नेपाल लगिएको थिए ।
त्यसपछि आमाले जाहेरी दिन्न भन्न थालेका थिलिन् । ‘म पैसामा बिक्ने मानिस हैन, गाउँ ठाउँको कुरा हो, त्यहि समाजमा बस्नुपर्छ, एकपटकलाई माफ दिउँ भनेर हो ।’ उनले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा भनिन्, ‘छोरी आँखा अगाडि रहन्छिन । उनीहरुले औषधिमूलो गरिदिन्छु भनेका छन्, २० वर्ष नहुँदासम्म घरमै राख्छु ।’
उनी आफ्नो अडानमा कायम रहिन् । आफन्त लिएर प्रहरी कार्यालयमा आएर छोरी फिर्ता लैजान्छु भनी दवाव दिईरहिन् । उनको निर्णयले पीडितले न्याय पाउन भनेर प्रयास गरिरहेका ओसीएमसी, माइती नेपाल र आफन्त नेपालका कर्मचारी नै तनावमा परे । प्रहरी प्रशासनमा घटना व्यवस्थापनका लागि पटक पटक बैठक बस्यो ।
बार एशोसियसन पर्साका एक अधिकारीका अनुसार जाहेरी दिन उमेर हद तोकिएको छैन, जुनसुकै घटनामा पनि प्रहरी प्रतिवेदन मार्फत मुद्धा दर्ता गर्न सकिन्छ । प्रहरीले जाहेरी खोजेर अनुसन्धानमा ढिलाई वा आलटाल गर्दा प्रतिवादीले चलखेल गर्न समय पाउँछन् ।
आफन्त नेपाल वीरगञ्ज शाखा प्रमुख सुनिता सापकोटाका अनुसार मुद्धा दर्ता नगर्न परिवारमा दवाव आएपछि आमा जाहेरी दिनबाट पछि हटेकी थिईन् । त्यसपछि न्यायका लागि प्रक्रिया अघि बढाउन अप्ठेरो भयो । ‘ गाउँ समाजबाट घरमा दवाव आयो होला, उनले जाहेरी नदिने भनेपछि हामीलाई गाह्रो भयो ।’ उनले भनिन्, ‘जसका लागि गरेको हो उसले नै नबुझिदिएपछि समस्या हुने रहेछ ।’
तर बेलैमा जाहेरी दर्ता हुन नसक्दा किशोरी सुरक्षित गर्भपतन सेवाबाट वञ्चित भएकी छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा जर्बजस्ती करणीबाट रहन गएको गर्भ महिलाको मञ्जुरीमा २८ हप्तासम्म गर्भपतन गराउन पाउने व्यवस्था छ ।
ओसीएमसीले जेठ २३ गते बिहिबार घटना विवरण खुलाएको पत्रसँगै पीडितको नामबाट जाहेरी पठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक भारतीले अदालतबाट म्याद अनुमति लिएर घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।
‘ २४ गते अदालतमा पेश गरेका थियौं, ५ दिनको म्याद अनुमति पाएका छौं, घटनाबारे अनुसन्धान भईरहेको छ ।’ उनले भने ।
तर बेलैमा जाहेरी दर्ता हुन नसक्दा किशोरी सुरक्षित गर्भपतन सेवाबाट वञ्चित भएकी छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा जर्बजस्ती करणीबाट रहन गएको गर्भ महिलाको मञ्जुरीमा २८ हप्तासम्म गर्भपतन गराउन पाउने व्यवस्था छ ।
आफन्त नेपालको वीरगञ्ज शाखाको अस्थायी आवास गृहमा राखिएको पिडित किशोरीलाई शुक्रबार आमाले लिएर घर गएकी छन् ।
Discussion about this post