esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

सरसफाई सम्झौता विरुद्ध परेको रिटमा उच्च अदालतले दिएन स्टे अर्डर

वीरगञ्ज महानगरलाई सरसफाई सम्झौता कार्यान्वयन गर्न बाटो खुल्यो,

ईसनेश ईसनेश
प्रकाशित २०८१ कार्तिक १२, सोमबार १९:०५ बजे
सरसफाई सम्झौता विरुद्ध परेको रिटमा उच्च अदालतले दिएन स्टे अर्डर
18
SHARES
21
VIEWS

वीरगञ्ज,

वीरगञ्ज महानगरपालिकाले सरसफाईका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत गरेको सम्झौता कार्यान्वयनको बाटो खुलेको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय निर्मला शाक्य र भरत लम्सालको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश (स्टे अर्डर) जारी गर्नु नपर्ने आदेश गरेसँगै सम्झौता कार्यान्वयनको बाटो खुलेको हो ।

महानगरले एन.के.इन्टरनेशनल कन्स्ट्रक्सन प्रा.ली.सँग ३२ वटै वडा सरसफाईका लागि सम्झौता गरेको थियो । सम्झौता कार्यान्वयन नगर्न माग गर्दै रामचन्द्र प्रसाद कानु सहितले  असोज १५ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज रिट दायर गरेका थिए ।

रिट दायर गरेको भोलीपल्टै अदालतले ‘सम्झौता कार्यान्वयन नगर्नु’ भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेकोले अब फोहोरमैला व्यवस्थापनका लागि गरिएको सम्झौता कार्यान्वयनमा सहजता भएको नि.प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले जानकारी दिए ।

अदालतमा महानगरको तर्फबाट अधिवक्ता विरेन्द्र प्रसाद यादव, प्रमोद प्रसाद साह, कमलमोहन पोखरेल र इश्वर बराल तथा एन.के.इन्टरनेशनलको तर्पmबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईले बहस गरेका थिए । भने निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिपकराज भण्डारी, नेपाल वार एशोसिएसनका उपाध्यक्ष सुधिर कर्ण र अधिवक्ता नेजामुद्धिन राउत गद्दीले बहस गरेका थिए ।

 

 

Previous Post

पर्सामा ‘सेफ हाउस’ स्थापना गर्ने निर्णय

Next Post

एक महिनामा अनुभूति हुनेगरि परिवर्तन हुन्छ : प्रजिअ गणेश अर्याल

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.