esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

औद्योगिक विकासका लागि सहकार्य गर्ने बारे उद्योग वाणिज्य महासंघ र नास्ट बीच छलफल

ईसनेश ईसनेश
प्रकाशित २०८१ पुष २४, बुधबार २०:०३ बजे
औद्योगिक विकासका लागि सहकार्य गर्ने बारे उद्योग वाणिज्य महासंघ र नास्ट बीच छलफल
0
SHARES
0
VIEWS

काठमाडौं,
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का बीचमा औद्योगिक विकासका लागि सहकार्य गरिने भएको छ ।

नाष्टसँग महासंघले विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधी शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने भएको हो ।

मंगलवार महासंघ सचिवनालयमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बा नेतृत्वको टोलीले अध्यक्ष चन्द्र प्रसाद ढकालसँग छलफल गरेको थियो । नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ्ग, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक संघ संस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धतवृत्ति जस्ता कार्यक्रमहरुको सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक योगदान मार्फत साझेदारको भूमिका गर्न सक्ने विषयमा छलफल भएको थियो ।

महासंघको आर्थिक सहयोगमा नास्टबाट वैज्ञानिक अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रर्वतनमा सहकार्य गर्न सकिने नास्टको टोलीको धारणा छ ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नास्टले महासंघसंग गर्न खोजेको सहकार्य स्वागतयोग्य भएको बताए । उनले यस सम्बन्धमा थप अध्ययन गरेर सहकार्य गर्न सकिने क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखे । “निश्चय नै अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना देशको समग्र विकासका लागि आवश्यक छ, सहकार्य गर्ने महासंघ सकारात्मक नै छ । थप अधध्ययन र छलफल गरेर ठोस काम गर्न सकिन्छ । ” उनले भने ।

(नास्ट)का उपकुलपति प्रा.डा.दिलीप सुब्बाले नास्टले दुई संस्थाबीच अनुसन्धान र विकासका क्षेत्रमा सहकार्य गर्न सके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने बताए ।

“हामीसंग वैज्ञानिकहरुको टिम छ । देश विदेशमा रहेका अन्य वैज्ञानिकहरु पनि सम्पर्कमा हुनुहुन्छ । सबैको ज्ञानलाई अनुसन्धान तथा विकासमा लगाउन सकिन्छ । सहकार्य गर्नका लागि महासंघ नै उर्पयुक्त संस्था हो भन्ने हाम्रो ठहर छ ।’ उनले भने ।

Tags: नेपाल उद्योग वाणिज्य महासंघनेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)
Previous Post

पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्ने बारे छलफल

Next Post

दलित, अल्पसंख्यक तथा सिमान्तकृतको मुद्धा प्राथमिकता राख्ने मुख्यमन्त्री सिंहको प्रतिबद्धता

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.