वीरगञ्ज
वीरगञ्जमा १ सय २५ जनाको आँखा जाँच गरिएको छ । नेपाल अपाङ्ग संघ पर्साको आयोजनामा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो ।
माट्रिका आई फाउन्डेसन नेपाल वीरगञ्जको प्राविधिक सहयोगमा गीता मन्दिरमा आँखा शिविरको आयोजना गरिएको थियो । शिविरमा आँखा जाँच गराएका मध्ये २० जनामा मोतिया विन्दुको समस्या देखिएको अपाङ्ग संघका अध्यक्ष शम्भु प्रसाद पासवानले जानकारी दिए ।
नारायणी अस्पतालका अध्यक्ष धिरज गुप्ताले आँखा शिविरको उद्घाटन गरेका थिए ।
Discussion about this post